माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
गृहमन्त्री रामबहादुर थापाले भारतले दुई मुलुकबीचको सन्धि–सम्झौता उल्लंघन गर्दा सीमा क्षेत्रका नेपाली भूमि डुबानमा परेको बताएका छन् । सीमामा समानान्तर संरचना बनाई नेपालबाट जाने नदीलाई छेकेर निकास रोकेको भन्दै उनले भारतले आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा भएको बैठकमा थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा तराईमा भएको डुबानको सन्दर्भमा कुराकानी भए पनि कार्यान्वयन नभएको बताए ।
सांसदहरूले भारतले सीमामा एकतर्फी रूपमा बनाएको संरचनाले नेपाली भूभाग डुबानमा पर्ने गरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले भारतसँग कूटनीतिक वार्ता नगर्ने हो भने भविष्यमा डुबान समस्या झन् विकराल बन्ने बताएका थिए ।
यसको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भारतले सन्धि–सम्झौता नमान्ने गरेको बताएका हुन् । कोसी बाँध मर्मतको जिम्मेवारी भारतीय पक्षको भए पनि कार्यान्वयन नभएको उनको भनाइ थियो ।
यसैबीच, समितिले भारतले एकलौटी रूपमा सीमा क्षेत्रमा बनाएका बाँध, तटबन्ध र सडक हटाएर डुबान कम गर्ने उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति शशि श्रेष्ठले बाढीपहिरो पीडितको राहत, उद्धार र पुनःस्थापनामा ध्यान दिन सरकारलाई निर्देशन दिइन् । कान्तिपुर दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...