×

NMB BANK
NIC ASIA

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी, आफ्नै प्यानलले बाजी मार्ने दावी

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आसन्न चुनावमा आफ्नो प्यानलले बाजी मार्ने दावी गरेका छन् ।

Muktinath Bank

मंगलवार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै यस्तो दावी गरेका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कठिन अवस्थामा रहेको महासंघलाई एकढिक्का बनाउन आफ्नो टिमले हरसम्भव प्रयास गर्ने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

निजी क्षेत्रको हक तथा अधिकारका निम्ति निरन्तर सम्वाद तथा अन्य कार्य गर्नुपर्ने बताउँदै उनले अबको नयाँ नेतृत्वले महासंघलाई नयाँ दिशामा लैजानुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘सम्वाद गरेर हक खोज्नुपर्छ , अधिकार खोज्नुपर्छ । हाम्रो टिमले यी काम गर्नेछ ।’

मुलुकको समृद्धिका लागि अझै पनि औद्योगिक वातावरण तयार गर्नुपर्ने अवस्था रहेको बताउँदै ढकालले भने,‘औद्योगिक वातावरण बनाउन थुप्रै काम बाँकी छन्, हामी त्यो पूरा गर्छौं ।’

आगामी तीन वर्षका लागि साउनमा हुने नेपाल उद्योग वाणिज्य महासंघको उम्मेदवारी घोषणापछि  सामूहिक एक्यबद्धता जनाउँदै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षमा रामचन्द्र संघई,उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारीलगायत ।

उनले महासंघ ठूला व्यवसायीको मात्र नभई साना तथा मझौला व्यवसायको पनि साझा चौतारी बनाउने बताए ।

उनले भने, महासंघ ठूला व्यवसायको मात्र हैन साना तथा मझौला व्यवसायको पनि साझा चौतारी हो । हामी यो पूरा गर्न लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’  

ढकालले आफ्नो समूहले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने नभइ आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

आफ्नो टीम अनुभवले भरिएको भन्दै उनले  व्यवसायीलाई दुःख परेको बेला आफ्नो टिम नजिक हुने र समस्यालाई नीति निर्माता कहाँ पुर्‍याएर समाधान खोजिदिने स्पष्ट पारे ।

उनले भने,‘हामी चुनाव जितेपछि तपाईंहरूको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तिमा हाम्रो टिमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टिमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो ।’ 

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि आफ्नो समूहले मोडल बनाउने दावी गरे ।

उद्यमशीलता विकासका तालिम दिने,  एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरी लागू गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहने उनले बताए  ।

त्यसैगरी जिल्लाका नापतौल, अनुगमन, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने  उनको भनाइ छ ।

ढकाल समूहबाट जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी उठेका छन् भने वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका  छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x