×

NMB BANK
NIC ASIA

निष्कर्षविहीन ओली–प्रचण्ड वार्ता, अयोध्यामाथि अर्काे विवाद

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

Muktinath Bank

राजीनामा प्रकरणपछि दुई अध्यक्षबीच संवाद नै हुन छोडेपछि पार्टीका दोस्रो तहका नेताहरुको दबाबमा अध्यक्षद्वयको बीचमा वार्ताले निरन्तरता पाउँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड गृहजिल्ला चितवनमा ३ दिन बिताएर फर्किएपछि पुनः ओली र प्रचण्डबीच मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । छलफलका क्रममा सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निष्कर्षसहित छलफल सकिएको प्रचण्डको सचिवालयले बताएको छ ।


Advertisment
Nabil box
Kumari

स्थायी कमिटीको बैठक जारी रहेको बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भारतले आफ्नो सरकारलाई हटाउन लागेको विषय सार्वजनिक गरेपछि पार्टीभित्रैबाट ओलीको राजीनामा मागिएको थियो । बैठकमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने पक्षमा दबाब बढेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्ड सहमति खोज्न वार्तामा जुटेका हुन् । अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गरेका छन् ।

Vianet communication
Laxmi Bank

मंगलवारको वार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको बताइएको छ । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दूरी कम भएको र बिहीबारको बार्तामा निष्कर्ष दिने गरी गृहकार्य भइरहेको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार अब धेरैपटक वार्ता भइसकेकाले निकास दिनुपर्ने पक्षमा अध्यक्षद्वय ओली प्रचण्ड पुगेका छन् । सकेसम्म दुवै अध्यक्ष एकले अर्कोलाई गलाएर बढी शक्ति लिने नीतिअन्तर्गत वार्तामा जुटेको बताइएको छ । बालुवाटारमा अध्यक्षद्वय ओली र दाहालबीच करीब सवा घण्टा वार्ता भएको थियो । गृहजिल्ला चितवन पुगेर अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुन नदिने अभिव्यक्ति दिएपछि तत्कालका लागि नेकपाभित्रको आन्तरिक संकट टरेको छ ।

यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् । उनले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विवाद उत्पन्न गरेको बताउदै ओलीले उक्त अभिव्यक्ति फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने बताए ।

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार २९ गते वालुवाटारमा आयोजित एक कार्यक्रमा रामको जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तीखो प्रतिक्रिया उत्पन्न गरेको छ ।

‘केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ,’ गौतमले भने, ‘उहाँले उठाउनुभएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारले सार्वजनिक गर्नुपर्दथ्यो ।’

भगवान् रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिस्टहरूका निम्ति केही फरक नपर्ने बताउँदै उनले रामका भक्तहरू नेपाल र भारतमा ठूलो संख्यामा रहेकाले नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रशंसा गरिरहने बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

‘संसारमा धेरै धर्महरू छन्, धेरै धार्मिक सम्प्रदाय छन् र तिनका अनुयायी करोडौंको संख्यामा रहेका छन् । उनीहरूको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसै गरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरू धर्म निरपेक्ष हुन चाहन्छौं,’ उनले भने ।

उपाध्यक्ष गौतमले प्राविधिक तथा इतिहासविद्को टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अनुरोध पनि गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x