×

NMB BANK
NIC ASIA

कालीगण्डकीमा टिप्पर खस्दा चालक बेपत्ता

असार ३१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मंगलवार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् ।

Muktinath Bank

गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिप्परसहित चालक म्याग्दीको मंगला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए । साँघुरो सडकमा लोड भएको टिप्परको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिप्पर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । 


Advertisment
Nabil box
Kumari

यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रवार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । 

Vianet communication
Laxmi Bank

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ । 

यसैगरी गत शुक्रवारदेखि अवरुद्ध भएको सदरमुकाम बेनीदेखि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक मंगलवार सञ्चालनमा आएको छ । प्रशासन र प्रहरी कार्यालयको पहलमा पूर्वाधार विकास कार्यालय, सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीले सडकको पहिरो पन्छाएर सडक खुलाएका हुन् ।

बेनी नगरपालिका–४ र मंगला–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरो हटाउन बागलुङबाट आएको गण्डकी प्रदेश प्रहरीको विपद् व्यवस्थापन गुल्मको टोलीले काम गरेको थियो । 

धवलागिरि र मालिका गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको अध्ययन र व्यवस्थापनमा सघाउन जान लागेको टोली पहिरो पन्छाउँदै दरवाङ पुगेको छ । दरवाङदेखि ताकम, बिम र मराङ जोड्ने सडक मर्मतका लागि पनि पहल गरिएको छ । सडक, विद्युत्, सञ्चार सेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुनर्वासको काममा अप्ठ्यारो भएको छ । पहिरोको जोखिम अध्ययनका लागि प्रहरीको विपद् व्यवस्थापन टोलीले ड्रोन क्यामेराको समेत सहयोग लिने प्रनाउ कुँवरले बताए ।

पहिरो प्रभावितहरुको व्यवस्थापन, बेपत्ताको खोजी र थप क्षतिको अध्ययनका लागि प्रहरी सहायक निरीक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ । विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x