×

NMB BANK
NIC ASIA

बुुटवलमा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ पशुु बधशाला बन्ने

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा पशुु बधशाला निर्माण हुुने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बुटवल उपमहानगरपालिका–१० रामनगरमा केही संरचना निर्माण भएरपनि सञ्चालनमा आउन नसकेको बधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ३ बिघा क्षेत्रफलमा अत्याधुनिक पशु बधशाला निर्माण हुनेछ ।


Advertisment
Nabil box
Kumari

यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि नयाँ बनाउन लागिएको हो । बधशाला २२ करोड १३ लाख ३५ हजार ९९६ रुपैयाँको लागतमा निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । निर्माण शुरू भएको १६ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो ।

Vianet communication
Laxmi Bank

बुधवार एक समारोहबीच मुख्यमन्त्री शंकर पोखरेलले बधशालाको शिलान्यास गरे । त्यसक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्नुपर्ने कुरामा सचेत बन्दै बधशाला निर्माणमा बजेटको अभाव हुन नदिने बताए । ४पी मोडल अनुसार बधशाला सञ्चालन गरिनेछ ।

अहिले निर्माण शुरू भएको बधशालामा पहिलो चरणमा खसी र बोका मात्रै बध गर्न मिल्ने बनाइने छ । प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले गरिरहेको छ । 

बुटवलमा बधशाला निर्माणको पहल झण्डै २० वर्ष अघिदेखि भएको थियो । शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माणको ठेक्का लिएको छ । बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरपालिकाको ३ करोड गरी आव २०७६/७७ मा कूल १० करोड बजेट विनियोजन भइसकेको छ ।

क्रमागत रुपमा बहुवर्र्षीय योजनाको रुपमा परियोजना संचालन गरिने बुटवलका प्रमुख सुवेदीको भनाइ छ । परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा १ करोड २२ लाख, भवन निर्माण तथा सिभिलवर्कमा ६ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा ६ करोड ६२ लाख, अन्य उपकरण तथा औजार ३ करोड ५७ लाख, सञ्चालन पूर्व खर्च तथा कन्टिजेन्सी २ करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इन्जिनियर एवं परियोजनाका साइट इन्चार्ज इन्जिनियर गौतम रौनियारले बताए । 

यस्तो बन्नेछ बधशाला

दैनिक १ हजार खशी बोका बध गर्न मिल्ने गरी बधशाला बन्नेछ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उधान र बगैंचा निर्माण गरिने छ ।

यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकालिने छ भने पानीलाई पुनप्रयोग गर्न मिल्नेगरि प्रशोधन गरिने छ । बधशालामा दैनिक ५०० देखि १ हजारसम्म खसीबोकाको बध गर्न सक्ने संरचना तयार गरिने छ । 

साझेदारीको मोडल

एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो । बधशाला निर्माण तथा संचालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौता अनुसार बधशाला निर्माणपश्चात उत्पादक किसानहरू र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बधशाला सञ्चालन गर्नेछ ।  

नेपाल सरकारद्वारा विगत लामो समयदेखि नै उपभोक्तालाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुल्ला वध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पीडारहित बधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिकाहरू जारी गरिँदै आएको छ । तथापि पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको २ दशक बितिसक्दा पनि हालसम्म यसको कार्यान्वयन हुन सकिरहेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x