×

NMB BANK
NIC ASIA

सात दिन पनि टिकेन अडिटको मुख्य गेट

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ मार्गभित्रको गेट फुटेको दुई दिन भइसक्दा पनि प्राविधिक जाँच हुन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

सुरुङमा पानी हालेर परीक्षण थालिएको सात दिन नपुग्दै मंगलबार हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटको मुख्य गेट (गेट नम्बर १७) फुटेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन्दरीजल पुग्ने मेलम्चीको सुरुङसँग जोडिएको अम्बाथान अडिट फुटेर फर्किएको बाढीले क्षतिग्रस्त बनेका हेडवर्क्सस्थल र अडिटजस्ता संरचनामा बुधबार दिनभरको वर्षाले थप क्षति पुर्‍याएको छ । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले घटना कसरी भयो भन्नेबारे प्राविधिकले जाँचबुझ गरेपछि मात्रै भन्न सकिने बताए । ‘कसरी अम्बाथान गेट फुट्यो भन्नेबारे म पनि अनभिज्ञ छु, प्राविधिकको टोली बिहीबार आएर सबै जाँचबुझ गरेपछि मात्रै यथार्थ कुरा आउनेछ,’ उनले भने । उनका अनुसार अम्बाथानमा जस्तै महत्त्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल र सिन्धुमा पनि बनाइएका छन् ।


Advertisment
Nabil box
Kumari

खानेपानी मन्त्रालयले ६ सदस्यीय प्राविधिक टोली छानबिनका लागि बिहीबार मेलम्ची पठाउने जनाएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मन्त्रालयमा बुधबार भएको छलफलमा सुरुङको ढोका फुट्नुको कारण पत्ता लगाउन सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा ६ सदस्यीय टोली गठन गरेको हो । समितिले स्थलगत अनुगमन गरेर बिहीबारबाटै काम सुरु गर्ने छ । बैठकमा मन्त्री मगरले के कारण यस्तो भएको हो भन्दै आयोजनाका प्राविधिकसँग जानकारी मागेकी थिइन् ।

Vianet communication
Laxmi Bank

आयोजनाले बुधबार बिहानैबाट मुख्य सुरुङको मुख बन्द गरी बाँधस्थल खोलेर खोजी तीव्र पारेको थियो । बेपत्ता दुईमध्ये एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ ।

आयोजनामा कार्यरत सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

सुरुङभित्र गेट नम्बर १७ मा पानी पठाएलगत्तै पानीको चाप र प्रेसर परीक्षण गर्न बा१झ १७६४ नम्बरको स्कोरपियो गाडी लिएर गएका दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक बाढीले बगाएर बेपत्ता भएका थिए । ‘परीक्षण सकेर फर्किएका चारै जनालाई अडिटको मुख्य गेट फुटेर आएको बाढीले बगाएको हो,’ प्रमुख खत्रीले भने ।

इन्जिनियर गोहितको शव भेटिएको स्थान वरपर प्रहरीले मगरको पनि खोजी गरिरहेको छ । घाइते भएका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्ला दिन आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम भइरहेको थियो । मुख्य टनेललाई फिलिङ गर्दै लगेर अन्य काम अगाडि बढिरहेको थियो ।

सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने अन्य तीनवटा गेटजस्तै गेट नम्बर १७ लाई पनि बलियोसँग लगाउनका लागि तीन साता लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको थियो ।

आयोजनास्थलमा कार्यरत केही प्राविधिकको अनुमानअनुसार गेट नम्बर १७ मा आवश्यकताभन्दा बढी चापको पानी पठाएकाले (बालुवा थिग्य्राउने गेट) फुटेर अडिट सुरुङतर्फ नै पानी फर्किएको हो । सुरुङभित्रको गेटसम्म पुगेर वेगसँग अम्बाथान अडिटबाट फर्किएको बाढीले बाहिरको हेडवर्क्सस्थल लगायतका वरिपरिको अधिकांश संरचना ध्वस्त बनाएको छ । बाढीमा डुबेका सबै उपकरण निकालेर सुरक्षित गरिएको आयोजनाका कर्मचारीले बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट जोड्ने गेट फुटेपछि मुहानस्थल र सुरुङको निरीक्षणमा पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५ सय मिटर भागमा जताततै पानी चुहिएर बाहिर निस्केको देखिएको बताए । ‘भित्री सुरुङ पनि कमजोर छ, गेट मात्रै होइन, सुरुङ नै भत्केको हो कि जस्तो देखिएको छ, यसबारे गहन अनुसन्धान होस्,’ उनले भने ।

काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सीएमसी) ले मापदण्डविपरीत अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथि रहेको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको थियो । इन्जिनियरिङ स्पेसिफिकेसनअनुरूप अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तल भएको सिमेन्ट मात्रै प्रयोग गर्न सकिनेछ । ‘त्यसबेला सीएमसीले मापदण्डविपरीतको सामग्री प्रयोग गरेर बनाएको थियो, त्यसैले पनि सुरुङ कमजोर बनेको हुन सक्छ,’ अध्यक्ष शेर्पाले भने । कान्तिपुर दैनिकमा अनिश तिवारीले खबर लेखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x