मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कर्णाली प्रदेश सरकारले हरेक महिना १ र १५ गते ‘श्रम दिवस’ मनाउने निर्णय गरेपछि शुरू–शुरूमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैं कुचो बोकेर सडक र नाली सफाइमा सहभागी भए तर पछिल्लो समय मुख्यमन्त्री शाही श्रम दिवसका गतिविधिबाट टाढिँदै गएका छन् ।
मुख्यमन्त्री शाहीले जेठ १ गते श्रम दिवसमा सुर्खेतको वीरेन्द्रनगरस्थित सरकारी जग्गामा मकै छरे तर उचित रेखदेख नहुँदा मकैबारीमा फौजी कीराको आक्रमण भयो । त्यसपछि लोकान्तरमा ‘मुख्यमन्त्रीले छरेको मकैमा फौजी कीराको आक्रमण, गोडमेल गर्न श्रम दिवसको पर्खाइ’ समाचार प्रकाशित भयो ।
बिहीवार साउन १ गते श्रम दिवसकै अवसरमा मकैबारीमा गोडमेल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अग्रसरतामा भएको गोडमेलमा मन्त्री विमला केसी लगायत मन्त्रालयका कर्मचारीले सहभागिता जनाएका छन् ।
मुख्यमन्त्री टाढिँदै गए पनि श्रम दिवसलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान्दै आएको छ । कृषि मन्त्रालयले कर्णालीमा उत्पादन बढाउन र बाँझो जमिन नराख्न भन्दै कर्णालीका ७९ वटै पालिकालाई गत आर्थिक वर्षमा १७ लाख ४ हजारका दरले रकम पठाइसकेको छ ।
मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कर्णालीमा साढे ८०० हेक्टर बाँझो जमिनमा खेती गर्न मन्त्रालयले पालिकालाई रकम पठाएको बताए । ‘कर्णालीमा भारतबाट हजारौं नागरिक भित्रिएका छन् । अब भारत लगायत अन्य देशमा जाने युवाहरूको संख्यामा कमी आउनसक्छ र त्यसले खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्ने ठानेर पालिकामा रहेका बाँझो जमिनमा खेती गर्न भनेर रकम पठाएका छौं । हामीले पठाएको रकमबाट ८५० हेक्टर बाँझो जमिनमा खेती भएको तथ्यांक आएको छ,’ उनले भने, ‘त्यसबाट कम्तिमा ८०० मेट्रिक टन खाद्यान्न बाली, २०० मेट्रिक टन नगदेबाली र अन्य फलफूल गरी १ हजार २०० मेट्रिक टन उत्पादन हुने अपेक्षा गरेका छौं ।’
कोरोनाका कारण कृषि क्षेत्रमा प्रभाव पारेको बताउँदै उनले उत्पादन र उत्पादकत्वमा कमी आउन सक्ने अनुमानका कारण कृषिमा लगानी आवश्यक रहेको बताए ।
नागरिकलाई कृषितर्फ आकर्षित गर्न राज्यले नै गरेर देखाउनु आवश्यक रहेको मन्त्री केसीले बताइन् । ‘जहाँबाट नागरिकले सिकून् । ५० वर्षभन्दा अघिदेखि बाँझो रहेका जमिन प्रयोग गरेर उत्पादन गर्न सकिन्छ भनेर देखाउन आफैं खेती गरेर उत्पादनको काम शुरू गरेका हौं । कृषि कर्म मन्त्री, सचिवले गर्छन् भने यो पेशा सम्मानित पेशा हो भन्ने देखाउन पनि खेती गरेका हौं ।’
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...