कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
साउन १, २०७७
संघीय संसद्का पदाधिकारी (सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष एवं उपाध्यक्ष)को स्वकीय सचिवालयका कर्मचारीलाई दिइएको अतिरिक्त भत्तामा प्रश्न उठाएको छ ।
महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले संसद्का पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीलाई तलबको अतिरिक्त प्रोत्साहन भत्ता, महंगी भत्ता र खाजा र खानाको नाममा खर्च गरिएको २३ लाख ८७ हजार दिन नमिल्ने उल्लेख छ ।
यो विषयमा संघीय संसद्का कर्मचारीहरूले समेत असन्तुष्टि जनाएका थिए । ‘संसद्को बैठक र समितिका बैठक बस्नु परेकाले सचिवालयमा कार्यरत कर्मचारीलाई अतिरिक्त भत्ता दिइएको थियो, सोही आधारमा पदाधिकारीको घरमा काम गर्ने र खाना पकाउनेलाई समेत कर्मचारीसरह भत्ता दिइनु अन्यायपूर्ण भनेर हामीले आवाज उठाएका थियौं, महालेखाले प्रश्न उठाइदिएछ,’ सचिवालयका एक कर्मचारीले लोकान्तरसँग भने ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ५ र २२ मा पदाधिकारी र अन्य सदस्यलाई दिइने सुविधाबारे उल्लेख छ । ऐनमा सभामुख र अध्यक्षले राप प्रथम श्रेणीको १, द्वितीय श्रेणीको १ तृतीय श्रेणीको १, कम्युटर अपरेटर १, सवारी चालक र कार्यालय सहयोगी २ जना तथा १२ जना सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरिएको छ ।
‘स्वीकय सचिवालयका कर्मचारीले शुरू स्केलअनुसारको तलब मात्र पाउने उल्लेख भएकोमा तलबका अतिरिक्त प्रोत्साहन भत्ता, महंगी भत्ता र खाजा/खाना खर्च २३ लाख ८७ हजार भुक्तान भएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सचिवालयले संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ६ अन्तर्गत गठित सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयानुसार उक्त रकम भुक्तानी दिएको बेहोरा जनाएतापनि ऐनमा उल्लेख भएभन्दा बढी सुरक्षा दिनेगरी निर्णय गर्न मिल्ने आधार देखिएन ।’
सचिवालयमा ३ सय ८३ जना कर्मचारी छन् । महालेखाले संसद् सचिवालयको नाममा १५ लाख ५५ हजार बेरुजु देखिएको जनाएको छ । सोमध्ये ५ लाख २० हजार कर्मचारीको पेश्की बाँकी रहेको महालेखाले जनाएको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...