×

NMB BANK
NIC ASIA

मुख्य जिम्मेवारीमै प्रहरी कमजोर, एक वर्षमा जम्मा २९ प्रतिशत मात्र उजुरी फर्छ्यौट

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अपराध नियन्त्रणमा प्रहरी कमजोर देखिएको छ । 

Muktinath Bank

अपराधका घटनाहरू बढ्दै गएतापनि घटनालाई समयमा टुङ्गो लगाउन नसक्दा अपराधका उजुरी फर्छ्यौटमा प्रहरी कमजोर देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनलाई हेर्ने हो भने प्रहरीले आव २०७४/०७५ भन्दा आव २०७५/०७६ मा घटनाको अनुसन्धान टुङ्गो लगाउने प्रतिशत अर्थात् उजुरी फर्छ्यौट प्रतिशतमा कमी आएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७४/७५ मा ३९ हजार ३१५ वटा अपराधका घटनामध्ये ८ हजार ९८२ वटा अर्थात् ३५ प्रतिशत मात्रै घटनाको अनुसन्धानलाई टुंगो लगाउन सकेको थियो । ६५ प्रतिशत भने किनारा लगाउन सकेको थिएन । 

Vianet communication
Laxmi Bank

आव २०७५/०७६ मा यो दर अझ घटेको देखिन्छ । अघिल्लो वर्षको भन्दा ६ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ४३ हजार ४७ वटा अपराधका घटनामध्ये १२ हजार ४३४ वटा अपराधका घटनालाई किनारा लगाएको देखिन्छ, यो समग्र अपराधको २९ प्रतिशत मात्रै हो ।

अघिल्लो वर्षको तुलनामा ज्यानसम्बन्धी अपराध ९ प्रतिशत, चोरी ७६ प्रतिशत, संगठित तथा आर्थिक अपराध १३ प्रतिशत, बलात्कारसम्बन्धी अपराध २६ प्रतिशत, सवारीसम्बन्धी अपराध ९ प्रतिशत र अन्य अपराध २ सय १० प्रतिशत बढेकोमा सामाजिक अपराध २२ प्रतिशत घटेको महालेखाको प्रतिवेदनमा उल्लेख छ  ।

पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने प्रहरी अझ कमजोर देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा अपराधका घटना फर्छ्यौटको प्रतिशत ६७ थियो तर पछिल्लो आव २०७५/७६ मा यो निकै कम भएर जम्मा २९ प्रतिशतमा झरेको छ ।  

यता अपराधको संख्यामा भने वृद्धि हुँदै गएको देखिन्छ । प्रत्येक वर्ष औसतमा १० देखि १५ प्रतिशतमा अपराधका संख्याहरू बढ्दै गएका छन् ।

पछिल्लो ३ आर्थिक वर्षलाई लिने हो भने आर्थिक वर्ष २०७३/७४ मा १०.२६ प्रतिशतबाट थियो भने आर्थिक वर्ष २०७४/७५ मा झण्डै १५ प्रतिशतले बढेर २४.९६ प्रतिशत भएको थियो । आव २०७५/०७६ मा पनि अपराधका घटना साढे ९ प्रतिशतले बढेको देखिन्छ । तर फर्छ्यौटको प्रतिशत भने २९ प्रतिशत मात्रै छ । यसरी हेर्दा अपराधको घटना फर्छ्यौटमा प्रहरीले पछिल्लो आर्थिक वर्ष मात्रै १ सय १० प्रतिशत बढाउनुपर्ने देखिन्छ ।

अपराधका घटनाहरू प्रत्येक वर्ष बढ्दै गएपनि अपराधका घटनामा कमी नआउनुले प्रहरीले प्रभावकारी कार्यक्रमहरू सञ्चालन नगरेको देखिएको छ ।

आपराधिक क्रियाकलाप बढ्नुको कारण पत्ता लगाई अपराध नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

अपराध अनुसन्धान गर्ने, अपराध नियन्त्रण गर्ने तथा शान्ति सुव्यवस्था कायम राख्ने प्रहरीको मुख्य काम हो ।

केन्द्रीय अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो, महिला बेचबिखन अनुसन्धान ब्युरो, साइबर ब्युरो, लागूऔषध नियन्त्रण ब्युरोलगायत सम्पूर्ण प्रहरी संगठन क्रियाशील रहे तापनि अपराध नियन्त्रण र अनुसन्धानमा अपेक्षित रूपमा प्रभावकारी काम गर्न नसकेको र अपराधका घटनालाई टुंगो लगाउन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

निर्मला हत्या भएको २ वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मला हत्या प्रकरण सुल्झाउने भनेर २ जना आईजीपीले वचन दिए, तर सुल्झाउन सकेनन् ।

निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले प्रत्यक्ष घटनाको अनुसन्धान गरेकाले उनले सुल्झाउलान् भन्ने अपेक्षा थियो तर उनी एकपटक पनि फाइल नपल्टाइ गए ।

नयाँ आईजीपीको रूपमा व्यावसायिक र इमान्दार मानिने शैलेश थापा क्षेत्री आएका छन्, उनले सुल्झाउँछन् कि सुल्झाउँदैनन् समयले बताउला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x