×

NMB BANK
NIC ASIA

सौर्य सडकबत्ती निष्प्रभावी भएपछि तिलोत्तमा नगरपालिकाको ‘सिक्स लेन’ सडकमा विद्युतीय बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सडकबत्ती बलेसँगै रातिमा ‘सिक्स लेन’को ड्राइभर टोल–कोटिहवा खण्ड झिलिमिली देखिने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रातिमा सडक भएर यात्रा गर्ने अधिकांशले सडकको झिलिमिली आफ्नो मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् । सडकको झिलिमिली हेर्न साँझ भएपछि सडकमा मानिसहरू देखिन्छन् । 


Advertisment
Nabil box
Kumari

'सिक्स लेन’ सडकको उत्तरी खण्डमा राखिएका सौर्यबत्ती निष्प्रभावी भएपछि तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रको बाँकी सडकमा विद्युतीय सडकबत्ती राख्न सम्बन्धित सडक आयोजनालाई आग्रह गरेको थियो ।

Vianet communication
Laxmi Bank

नगरपालिकाले विद्युत् प्राधिकरणसँग विद्युत् महशुल तिर्ने सम्झौता गरेपछि मात्र सिक्स लेन सडकमा विद्युतीय सडक बत्ती सम्भव भएको हो । तिलोत्तमाको योेगीकुटीदेखि ड्राइभर टोलसम्म र कोटिहवा दक्षिणको बाँकी भागमा पनि विद्युतीय सडक बत्तीको जडान हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

बुटवल–बेलहिया ‘सिक्स लेन’ सडकमा २ वर्षअघि जडान गरिएका सौर्यबत्ती बल्न छाडेका छन् । १० वर्षको लागि भनेर जडान गरिएका सोलार बत्ती सडक निर्माण पूरा नहुँदै बिग्रिएपछि विद्युतीय सडक बत्तीको अवधारणा आएको हो । ‘सिक्स लेन’ सडकको डिभाइडर र दुवै तर्फको सर्भिस लाइनमा विद्युतीय बत्ती जडान गरिएका छन् । 

मुख्य डिभाइडरमा ३०/३० मिटरको अन्तरमा पोल राखिएको भने सर्भिस लेनमा विद्युत्कै पोलमा बत्ती जडान गरिएको छ । एउटा पोलको दायाँबायाँ १५० वाटका २ वटा बल्ब राखिएका छन् । ‘सर्भिस लेन’मा ४० वाटका बल्बहरू राखिएका छन् ।

सडकको डिभाइडरमा बल्ने बत्तीको महशुल नगरपालिका र सर्भिस लेनमा बल्ने बत्तीको महशुल सम्बन्धित टोल विकास संस्थाले व्यहोर्ने छन् । २ वर्षसम्म सडक बत्तीको मर्मत–सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीले लिएको नगरपालिकाले जनाएको छ ।  

डिभाइडरको लागि ५ तथा सर्भिसलेनको लागि १५ स्थानमा विद्युत् कन्ट्रोलर राखिएको छ । स्वचालित सडक बत्ती अँध्यारो भएपछि सेन्सरले बल्ने र उज्यालो भएपछि आफैं निभ्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x