मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले दक्षिण चीन सागरमा बेइजिङको दाबी अवैध रहेको भनी दिएको बयानले युद्धतर्फ नाटकीय पाइला चालेको भनी केही मानिसले बताएका थिए । तर यो गफ मात्र हो किनकि अमेरिकालाई अहिले सैन्य कारवाही चलाउन सकिँदैन भन्ने थाहा छ ।
नाइन–ड्याश लाइन नीतिअन्तर्गथ चीनले दक्षिण चीन सागरको ३५ लाख वर्ग किलोमिटर क्षेत्रमा दाबी गर्ने गरेको छ । अहिले विद्यमान जलक्षेत्र र टापुमाथि दाबी गर्नुका साथै उसले कृत्रिम टापु बनाएर त्यसलाई सैन्यीकरण गर्दै उक्त क्षेत्रमा आफ्नो दह्रो उपस्थितिका बारेमा संसारलाई जताएको छ ।
फिलिपिन्स, भियतनाम, ब्रुनाई, मलेसिया र ताइवानले चीनको दाबीमा विवाद गरेका छन् र अनेकौं मुद्दा दायर गरेका छन् । तीमध्ये केहीलाई संयुक्त राष्ट्रसंघको मध्यस्थता निकायले सही ठहर गरेका छन् ।
पोम्पेओको बयान आउनुअघि अमेरिकाको आधिकारिक नीति चीनको दाबीप्रति तटस्थ रहने हो । अहिले आएर चाहिँ अमेरिका चीनविरुद्ध नाटकीय रूपमा अघि आएको छ । पोम्पेओको बयान शून्यमा आएको हैन ।
केही दिनअघि अमेरिकी जलसेनाले फ्रीडम अफ नेभिगेसन अभ्यास गर्दै चीनलाई दक्षिण चीन सागरमा भूभाग विस्तार गर्नबाट रोक्न खोजेको छ । दुईवटा युद्धपोत तैनाथ गरेर अमेरिकाले सैन्यशक्ति प्रदर्शन गरेको छ ।
अनि अमेरिकाको सबभन्दा निकटतम साझेदार बेलायतले उक्त क्षेत्रमा नयाँ विमानवाहक युद्धपोत तैनाथ गर्ने योजना बनाइरहेको बताएको छ । जोधाहा बन्दै गएको चीनलाई रोक्न यसो गरेको उसको भनाइ छ ।
चीनले पनि हालैका महिनामा आफ्नौ सैन्य हतियारहरूको सार्वजनिक प्रदर्शन गरेको छ । विशेषगरी डीएफ–२१ र डीएफ–२६ लाई युद्धपोत विनाशक नाम दिइएको छ ।
दक्षिण चीन सागर चिनियाँ जनमुक्ति सेनाको अधीनमा रहेको र अमेरिकाको कुनै पनि विमानवाहक युद्धपोतको गतिविधिलाई नियन्त्रण गर्ने ग्लोबल टाइम्स पत्रिकाले लेखेको छ ।
अमेरिकी जलसेनाका सूचना प्रमुख रीयर एडमिरल चार्ली ब्राउनले आफूहरू चिनियाँ धम्कीका बावजूद त्यहाँ रहिरहने भनी ट्वीट गरे ।
एडमिरल ब्राउनले गफ दिए पनि डीएफ–२१ र डीएफ–२६ जस्ता क्षेप्यास्त्रले सामुद्रिक युद्धको दिशा नै परिवर्तन गरेका छन् र अमेरिकी युद्धपोतलाई असान्दर्भिक बनाइदिएका छन् ।
यो कुरा मरिन कोर्प्सका कमान्डान्टले जारी गरेको नयाँ निर्देशिकामा पनि प्रतिबिम्बित छ । उसले जल र स्थलमा आक्रमण गर्न सक्ने आफ्नो क्षमतालाई पुनः संरचना गर्न निर्देशन दिएको हो ।
‘लामो दूरीका क्षेप्यास्त्र, माइन र अन्य अत्याधुनिक हतियारहरूको वृद्धिका कारण उत्पन्न भएका वास्तविकतालाई हामीले स्वीकार गर्नुपर्छ र यस्ता जोखिमबाट पार पाउनका लागि नयाँ उपायहरू पत्ता लगाउनुपर्छ,’ जनरल डेभिड बर्गरले बताए ।
कमान्डान्टको निर्देशिकाको महत्त्व छ किनकि यो यथार्थमा आधारित छ, कुनै सिद्धान्तमा हैन । मरिन कोर्प्सले अहिले भिडन्तको व्यवस्थापन र क्षमतामा व्यापक परिवर्तन ल्याइरहेको छ । उसले भारी हातहतियार र सैन्य प्रहरीको पुरानो क्षमता त्यागेर लामो दूरीको आक्रमण क्षमताको उपयोग गर्न खोजिरहेको छ ।
केही टिप्पणीकारहरूले पोम्पेअका शब्दबाट बेइजिङविरुद्ध सैन्य शक्ति उपयोगको कानूनी आधार स्थापना भएको भने पनि मरिन कोर्प्स र अमेरिकी जलसेना दुवैसँग आजका मितिसम्म चीनलाई दक्षिण चीन सागरमा सफलतापूर्वक परास्त गर्न सक्ने क्षमता छैन । यस्तो क्षमता उसले आर्जन गर्छ अझै वर्षौं लाग्छ ।
पोम्पेओको बयानको असंगति यहीँ देखिन्छ । शक्ति देखाउन सक्नुहुन्न भने बोल्नु मात्रको कुनै अर्थ रहन्न ।
आरटीमा प्रकाशित स्कट रिटरको विश्लेषण
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...