×

NMB BANK
NIC ASIA

नेपालमै पहिलो पटक एचबीओका च्यानलहरू मोबाइल एपमा, डिशहोमका प्रयोगकर्ताले निःशूल्क हेर्न पाउने

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘डिशहोम गो’ अर्थात ‘डीएच गो’ नामक मोबाइल एप ल्याएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही एपमा अब नेपालमै पहिलो पटक मोबाइलमा एचबीओका च्यानलहरु हेर्न सकिने भएको हो । ‘नेपालमा उपलब्ध टेलिभिजन सेवा प्रदायकका ओटीटी एपमा एचबीओका च्यानल उपलब्ध भएको यो नै पहिलो पटक हो,’ डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘यो सेवा शुक्रबारबाट शुरू भएको छ । यसमा एचबीओका सम्पूर्ण च्यानल उपलब्ध भएका छन् ।’


Advertisment
Nabil box
Kumari

डिशहोमले डीएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको छ । ती २० वटा च्यानलमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश भएका छन् ।

Vianet communication
Laxmi Bank

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुन सुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शूल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशूल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा शुरू गरिएको कम्पनीले जनाएको छ । ‘कुनै दिन प्रयोगकर्ता घरबाट बाहिर बस्नु परेको अवस्थामा पनि उनीहरुले डिशहोमसँग जोडिन सकुन भन्ने हाम्रो योजना हो,’ आचार्यले भने, ‘यो सेवाले डिशहोमका प्रयोगकर्तालाई अझ नजिक ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।’

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् । डिशहोमका ग्राहकबाहेक अन्य प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x