कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
विगत २४ घन्टामा तालिबानी समूहले देशमा गतिविधि तीव्र बनाएकोले झन्डै १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकू रहेको अधिकारीहरूले बताएका छन्।
सशस्त्र समूहले बिहीबार दिउँसो उत्तरी बलुन प्रान्तको दौलतबाद जिल्लामा सुरक्षा चौकीहरूमा गरेका पछिल्ला हिंसात्मक आक्रमणमा दर्जनौँ लडाकू मारिएका उत्तरी क्षेत्रका सैनिक प्रवक्ता मोहम्मद हनीफ रेजाईले बताए।
रेजाईका अनुसार तालिवान समूहले दिलतबाद जिल्लाको केही भागमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सुरक्षा चौकीहरूमा ठूलो आक्रमण गरेका थिए। तर सरकारी सेनाले सैन्य विमानहरूको सहयोगमा गरेको प्रतिकारमा दर्जनौँ लडाकू मारिएका र एक दर्जनभन्दा बढी घाइते भएपछि लडाकूहरूलाई पछि हटेका थिए।
सरकारी सेनाले विद्रोहीहरूको खोजी गरिरहेको जनाएको छ।
तालिबानी विद्रोहीले बिहीबार बिहानै पनि दौलतबाद जिल्लाका सुरक्षा चौकीहरूमा यस्तै आक्रमण गर्दा कम्तीमा ८ सुरक्षाकर्मीलगायत १६ व्यक्तिको मृत्यु भएको छ।
कतारको दोहामा फेब्रुअरीमा भएको संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौताका लागि सहमति गरिएको थियो। अन्तर–अफगान वार्तालाई सहमति गर्न चलिरहेको शान्ति प्रयासबीच सुरक्षा अधिकारीका अनुसार तालिवान समूहले विगत दुई महिनादेखि गतिविधि अघि बढाइरहेको छन्।
जिल्लाका गभर्नर मोहम्मद हैदर शरीफीका अनुसार बिहीबार तालिवान समूहले बग्घिस प्रान्तको कादिस जिल्लालाई कब्जा गर्ने असफल प्रयास गरेका र उक्त झडपमा कम्तीमा १३ लडाकू मारिएका छन्।
सेनाले दिएको विज्ञप्ति अनुसार कान्दाहार प्रान्तकोे मिवान्ड जिल्लामा बुधवार २७ लडाकूको मृत्यु भएको छ।
रक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्तिमा भनिएको छ कि गत २४ घण्टामा भएका भिडन्तमा सारी पुल, हरात, वार्ड र पाष्टिका प्रान्तमा २८ व्यक्तिको मृत्यु भएको थियो।
अफगानी पर्यवेक्षकका अनुसार तालिवान विद्रोहीहरूले अफगान सरकारसँगको शान्ति वार्ताको अगाडि देशका धेरै क्षेत्रमा आक्रमणका घटनालाई वृद्धि गरी आफ्नो प्रभावको दावी गरी सरकारसँगको वार्तामा आफूलाई अव्वल सावित गर्ने उद्देश्यले गतिविधि बढाएका छन्।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...