फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
अर्थमन्त्री डा युवराज खतिवडाले विश्वभर फैलिएको कोभिड-१९ले पर्यटन र यातायात क्षेत्रमा बढी असर गरेको बताएका छन्।
दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव र त्यसलाई कम गर्ने उपायका विषयमा बिहीबार यहाँ आयोजित एक कार्यक्रमलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल सरकारले गरेका प्रयास तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे जानकारी गराए।
विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रका उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व बैंकका पदाधिकारी बीच आज उक्त विषयमा छलफल भएको हो।
छलफलमा मन्त्री डा खतिवडाले नेपालको सन्दर्भमा शुरुआती चरणमा पदयात्रा र पर्वतारोहण जस्ता कम भीडभाड, न्यून जोखिममुक्त र तुलनात्मक रुपमा सुरक्षित स्थानबाट पर्यटन प्रवद्र्धन गर्न उपयुक्त हुने धारणा राखेका अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रेस संयोजक यमन पौडेलले जानकारी दिए।
कोभिड–१९ को असरबाट पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न पर्यटक आगमनका स्रोत मुलुकहरुमा विविधिकरण गरी व्यवस्थित र सुरक्षित बनाउने, पर्यटक आगमन सङ्ख्या र गुणस्तर बढाउँदै मूल्य अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने र नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान, विकास तथा पर्यटन उपजमा विविधिकरण गर्नुपर्नेमा उनले जोड दिए।
उनले पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय यातायातलाई कम खर्चिलो, सहज, सुरक्षित, गुणस्तरीय र विश्वसनीय बनाउँदै क्षेत्रीय सहयोग र सहकार्यको रुपमा पर्यटन व्यवसायलाई एक अर्काको परिपूरकको रुपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे।
मन्त्री डा खतिवडाले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने उल्लेख गर्दै पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले पर्यटन पूर्वाधार र सेवा सुविधामा विविधिकरण गरी कोभिड–१९ का कारण लगानी र पूँजी क्षय हुन नदिई बेमौसमी पर्यटन प्रवद्र्धन जरुरी रहेको आवश्यकता औँल्याए।
उक्त छलफलमा विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, भुटानका श्रम मन्त्री उग्गेन दोर्जी, बङ्गलादेशका विदेश राज्य मन्त्री मोहम्मद आलम, विश्व आर्थिक मञ्चका क्रिस्टोफ उल्फलगायत अर्थशास्त्री एवं निजी क्षेत्रको सहभागिता थियो।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...