×

NMB BANK
NIC ASIA

फलोअप : प्लटिङको पर्खाल भत्कँदा निधन भएका विद्यार्थीका परिवारले पाए क्षतिपूर्ति, अदालतमा मुद्दा चल्दै

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
गत बर्ष स्कूलनजिकैको पर्खाल भत्केपछि
काठमाडौं, २७ साउन– एक बर्षअघि ललितपुरको गोदावरीस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलका दुई विद्यार्थीको स्कूलसँगै जोडिएर गरिएको प्लटिङको पर्खाल भत्कदा ज्यान गएको थियो ।

गत वर्ष असार १७ गते स्कूलको पछाडि जग्गा प्लटिङ गरिएको पर्खाल भत्किएर तीन कक्षामा अध्ययनरत कृपा राई र अन्जली पुनमगरको ज्यान गएको थियो । जसमा तीन र आठ कक्षाका गरी १९ विद्यार्थीहरु घाइते भएका थिए ।

उक्त घटनाको छानवीनको लागि गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरिएको थियो ।

मापदण्द विपरीत ८ फीटको पर्खाल बनाएका कारण उक्त घटना घटेको भन्दै प्लटिङ व्यवसायी दोषी भएको निष्कर्ष समितिले निकालेको थियो ।

छानबीन समितिको उक्त निष्कर्षपछि जग्गा प्लटिङ व्यवसायीले मृतक परिवारलाई १०/१० लाख क्षतिपुर्ति दिएका थिए ।
नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।

घटनापछि ललितपुर जिल्ला प्रहरी कार्यालयले जग्गाधनी कर्मा वाङदेल लामा र उनका साथीहरु नारायण थापा, नरेश ब्रजाचार्य र प्रदीप कार्कीमाथि भवितब्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । र गत मंसिर १५ गते अदालतको आदेश अनुसार तारेखमा रिहा भएका थिए । यस मुद्दामा अदालतको फैसला अहिलेसम्म आएको छैन् ।

नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।


संखुवासभा घर भएका राजेन्द्र राईकी छोरी हुन् कृपा राई । कृपा बहिनीसँगै दाजु प्रज्वल राई पनि पुष्पाञ्जली स्कूलमै पढ्ने गर्थे । उक्त घटनापछि भने दाजु प्रज्वल गोदावरी रिसिडेन्टल स्कूलमा अध्ययन गरिरहेका छन् । उनको विद्यालयस्तरसम्मको सम्पूर्ण पढाई खर्च पुष्पाञ्जली स्कूलले व्यहोर्ने भएको छ ।

प्यूठान तोरबाङकी अन्जना गोदावरीस्थित आमाघरमा बस्दै आएकी थिइन् । पाँच बर्षको उमेरमै बुबा गुमाएकी उनको आमा र भाइ प्यूठानै बस्दै आएका छन् ।
पर्खाल भत्केर बिग्रेको कक्षा कार्यक्रम हलका रुपमा परिणत

भत्केको कक्षा कोठालाई पुष्पाञ्जली स्कूलले कार्यक्रम हलका रुपमा परिणत गरेको छ । भत्केको पर्खालबाट आठ मिटर पछाडि सर्दै विद्यालयले प्रि फाइभबाट हलको निर्माण गरेको छ । उक्त कक्षालाई कक्षाकै रुपमा सञ्चालन गर्दा विद्यार्थीमा मानसिक रुपमा नराम्रो प्रभाव पर्न सक्ने कारण कार्यक्रम हलको रुपमा विकास गरेको शिक्षक कुलप्रसाद चापागाइँले जानकारी दिए ।
नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।

विद्यालय प्रशासनले स्कूल नजिकैको अर्को जग्गामा प्रि फाइभको दुई तल्ले भूकम्प प्रतिरोधी भवनको निर्माण गरेको छ । जसमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु अध्ययन गर्छन् ।

विद्यालयले मृतक विद्यार्थीहरु कृपा राई र अन्जनाको संयुक्त नाममा कृपाञ्जली नाम राखेर अक्षय कोषको स्थापना गरेको छ । यस्तै प्राकृतिक विपत्तिका कारण विद्यार्थीलाई कुनै समस्या परेमा सहयोग गर्ने उदेश्यले दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको विद्यालय प्रशासनले जानकारी दिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x