×

NMB BANK
NIC ASIA

मुभी, माउन्टेन र मेडिटेसन अर्थात् ‘३ एम्’ मै जिन्दगी बित्ने भो : निशा अधिकारी

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
प्रकाश आस्था

 एक दशकअघि टेलिभिजन स्क्रिनमा प्रवेश गरेपछि आम दर्शकमाझ चिनिएकी निशा अधिकारी यतिखेरकी जल्दोबल्दो नायिका हुन् । उनी आम नायिकाभन्दा यसकारण फरक छिन् कि उनी चलेको विषयभन्दा फरक विषयमा चलचित्र खेल्न रुचाउँछिन् । आफूलाई ‘अहिले सिङ्गल’ बताउने कुनै बेलाकी चकलेटी ‘घरबेटीबाकी प्यारी’ निशाले लोकान्तरसँग निर्धक्क आफ्ना कुरा खोलिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत २९ वर्षीय नायिकाले लोकान्तरका लागि ‘खुलेरै’ केही ग्ल्यामरस तस्वीर शूट समेत गराइन् ।

Muktinath Bank

यात्रा मिस इन्टरनेसनलबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म त्यतिखेर भर्खर ‘ए लेबल’ सकेर बसेको थिएँ । मेरो बाबाले मलाई एउटा तहको परीक्षा सकेपछि केही समय ब्रेक लिएर बसेको राम्रो हुन्छ भन्नुभयो । त्यतिनैखेर मैले ‘मिस इन्टरनेसनल नेपाल ब्युटी पेजेन्ट’का बारेमा थाहा पाएँ । यसलाई एउटा अवसर मानेर भाग लिएँ । नभन्दै म आफैंले त्यो सुन्दरी प्रतियोगिताको ‘टाइटल’ जित्न सफल भएँ ।
Nisha-Adhikari (8)



Advertisment
Nabil box
Kumari

यसअघि मलाई सुन्दरी प्रतियोगिताको उपादेयता भनेको ‘तक्मासक्मा’ पहिरने, पुरस्कार जितेपछि रोनाधोना गर्ने, अंगालो हाल्ने र मिडियाबाजी मात्र हो भन्ने लाग्थ्यो तर उक्त प्रतियोगितामा भाग लिएपछि मैले यस्ता प्रतियोगिताको धेरै मूल्य हुन्छ भन्ने बुझें ।

Vianet communication
Laxmi Bank

सुन्दरताको मार्केटिङ गरौं

मिस इन्टरनेसल नेपाल टाइटल जितेपछि म मिस इन्टरनेसनलमा भिड्न म जापान गएँ । त्यहाँ गएपछि मेरो ज्ञानको सीमा झनै बढ्यो । त्यहाँ पुगेपछि मैले थाहा पाएँ कि सुन्दरी प्रतियोगितामा के दम छ भन्ने कुरो ।

सो प्रतियोगितामा भाग लिन आएका अन्य देशका सहभागीहरूले भारतीय प्रतियोगी रैशाली देसाईको प्रतीक्षा गरेर बसेका थिए र त्यहाँ रहेका प्रायः सबैको अनुमान के थियो भने भारतकी प्रतियोगी अवश्य नै सुन्दरी छिन् ।

सम्भवतः यसअघि सुन्दरी प्रतियोगिताका अनेक टाइटल जितेका ऐश्वर्या राय र सुस्मिता सेनका कारण त्यो प्रभाव पारेको हुनसक्छ । यहाँबाट पनि मलाई लाग्यो कि सुन्दरीहरूकै कारण पनि कुनै देशको प्रवर्द्धन हुने रहेछ । हुन पनि यसमा के खराबी छ ? देशका राम्रा सुन्दरीहरूलाई विदेशका विभिन्न प्रतियोगितामा पठाउँदा अन्त्यमा त्यसले हाम्रै देशको प्रवर्द्धन गर्छ । फलानो देशका महिलाहरू सुन्दर छन् भन्ने कुराले हाम्रो चर्चा चल्छ र त्यसले पर्यटनसमेत प्रवर्द्धन हुन्छ । यसर्थ यस्ता प्रतियोगितालाई सरकारले नै सहयोग गर्नु राम्रो । अरू देशमा सरकारले सुन्दरी प्रतियोगितालाई धेरै लगानी गर्छ किनभने यसमा प्रतिफल पनि छ ।

सुन्दरी प्रतियोगिताहरूमा अनेक टाइटल जितेकै कारण ‘ल्याटिनो’हरू सुन्दरी हुन्छन् भन्ने छाप छ । यसर्थ, सुन्दरताको मार्केटिङ गर्न सके नेपालमा धेरै पर्यटक आउनेछन् । अहिले पनि किन आउँछन् पर्यटक नेपाल ? यसर्थ कि यहाँ प्राकृतिक सुन्दरता टन्न छ र नेपालीहरू सहृदयी छन् ।

निशा जब भएँ मनीषा
Nisha-Adhikari (7)

जापानबाट फर्केपछि कान्तिपुर टेलिभिजनमा विभिन्न कार्यक्रम चलाउन थालें । पछि ‘घरबेटी’ नामको शृंखलामा काम गर्न थालेपछि त मैले राम्रो ‘पब्लिक अटेन्सन’ पाउन थालें ।

बाटोमा समेत धेरैले मनीषा भनेर बोलाउँथे । एक्कैचोटि त्यो खालको ‘हाइप’ हुँदा रमाइलो लाग्थ्यो ।

तीन वर्ष जर्मनीवास

जन्मनलाई म पाल्पामा जन्मेको, मामाघरमा । तर मेरा बाबा युनाइटेड मिसन भन्ने अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने भएका कारण स्कुले जीवन र शिक्षा चाहिँ धेरै ठाउँमा भयो । म १० वर्षकै उमेरमा जर्मनी बस्न पुगें । जर्मनीमा तीन वर्ष बसेका कारण म अहिले पनि राम्रो जर्मन भाषा लेख्नसक्छु । बोल्नपनि ठीकै बोल्छु । मेरी आमा चाहिँ पहिले अंग्रेजी पढाउनुहुन्थ्यो । अहिले पनि बच्चाहरूलाई पढाउनुहुन्छ । शिक्षकहरू जीवनभर नै शिक्षक नै हुन रुचाउने ! आमा शिक्षक भएकाले पनि होला, गोदाई खाएरै पढियो । एचसिएफ र एलसिएमले रुवाउँथ्यो । झुक्किने त्यसमा ।

तर मैलेभन्दा दाइले नै शिक्षालाई बढी जोड दिनुभयो र सोही कारण दाइ पढाइमा अब्बल हुनुभयो । अहिले मेरा दाइ अमेरिकामा राम्रो म्यानेजरियल तहमा काम गर्नुहुन्छ ।

गाउँको सम्झना

मलाई गाउँले जीवनको एकदमै राम्रो अनुभव छ । करीब डेढ वर्षजति म मेरो पुख्र्यौली थलो लमजुङमा बस्न जु¥यो । आमा बा अति व्यस्त भएका कारण म आमोइसँग बसें गाउँमा नै । सोही कारण पनि अहिले कतिखेर बिउ रोप्ने, धान रोप्ने, दाइँ गर्ने भन्ने कुरा मलाई ख्याल छ ।

लमजुङमा हुँदा मेरो प्रायः काम हुन्थ्यो चील धपाउने । चीलले कुखुरा टिपेर लाने भएका कारण आक्रमणबाट कुखुराका चल्ला बचाउन नधपाई भो ? मलाई त्योमात्र होइन, गाउँमा चितुवा आएको समेत सम्झना छ । अँ, अर्को कुरो, मलाई दाउरा बटुल्न समेत भनिन्थ्यो । कति रमाइलो लाग्थ्यो, ती सबै गाउँले काम गर्न ।Nisha-Adhikari (6)

दिनभर हामी साना बच्चा हरायौं, कसैले थाहा पाएन

त्यही बेला हो । हाम्रो ‘बालटिम’मा म मात्र केटी थिएँ । सम्भवतः हाम्रो टिम घरखेत हुँदै ओरालो लाग्यो । तलतिर जाँदा त घिर्सिंदै गइयो । जानलाई कठिन भएन ।

हामी त्यतिखेर पानी अमला र खनियो (पहाडका कन्दमूल र फल) खानकै लागि तलतिर झ¥यौं क्यार । हामी तीनजना थियौं । तल त गइयो । माथि आउन सकस प¥यो । जति गर्दा पनि चिप्लेर तलका तलै । हामी हद्दु भयौं ।

हामीलाई कसरी घर आइपुग्ने भन्ने त छँदै थियो डर पनि उत्तिकै । रुँदै–रुँदै रातमा घर आइपुग्यौं तर कसैले पनि हाम्रो बारेमा ख्याल गरेनछ । त्यसै बखत हुनुपर्छ, गाउँमा मलाई बाँदरले समेत लखेटेको थियो ।

दशैं र बेंसीशहर

घरतर्फको हजुरआमा जीवित हुँदा हामी वार्षिक रूपमा लमजुङ जान्थ्यौं । गाउँमा गएर दशैं मनाउनुको स्वाद नै बेग्लै । गाउँभरका मान्छे आउँथे हाम्रो बुढोघरमा । त्यतिखेर सदरमुकाम बेंसीशहरमा पनि दुई चारवटा पसल थिए । बेंसीशहर वास्तवमा गाउँजस्तो थियो । मेरा बातर्फको हजुरआमा दुईजना थिए । अहो ! कति रमाइलो हुन्थ्यो दशैं । दशैंको टीका लगाउन भनेर यो घर र त्यो घर गर्दै दौडन्थें म । यो जात र ऊ जातको हामी बच्चालाई के मतलब ? दक्षिणाका रूपमा पाइने १–२ रुपैयाँले खुबै लोभ्याउँथ्यो ।

खेतबारीका गरागरा हाम फाल्यो । गाउँमा सुन्तला त कति खाइन्थ्यो, खाइन्थ्यो । रुख त कति चढियो, चढियो । अहिले पनि फिल्म सुटिङतिर जाँदा म निष्फिक्री रुख चढ्छु । सम्भवतः त्यही खुवाइले मेरो भौतिक र मानसिक विकासमा पनि धेरै प्रभाव पारेको होला । विदेशतिर मान्छे बुढ्यौली र निवृत्तिमा शहर छाडेर गाउँघर जान्छन् । तर हाम्रोमा उल्टो हुँदैछ ।

मगरहरूका घरमा समेत छिरेर हामी टीका लगाउँथ्यौं । आखिर त्यही बुझाइ नै शाश्वत हो भन्ने लाग्छ अहिले । के जात–के भात ? कति उत्साह हुन्थ्यो त्यतिखेर । शायद बचपना भएर पनि होला । तर अहिले प्रतिस्पर्धा र बढ्दो शहरीकरणले गाउँको ‘इसेन्स’ म-यो । मौलिकता हरायो । गाउँका रोटेपिङ हाल्ने, खट्खटे (लङ्गुरबुर्जा) खेलाउने र लिङ्गो गाड्ने युवाहरू कता गए ? माच र टौवा बनाउने युवाशक्ति खै ? खुर्पेटो कता गयो ? त्यो नै नेपालको मौलिकपना थियो । सबै धन कमाउने प्रतिस्पर्धामा मात्र दौडेपछि कसले कायम राख्ने चाडबाडको मौलिकता ?

म नेपाली चलचित्र हेर्छु

कतिपय नेपाली चलचित्रका नायक÷नायिकलाई नेपाली चलचित्र नहेरेको आरोप लाग्छ । तर नेपाली चलचित्र हेर्छु । पछिल्लोपटक ‘कालोपोथी’ र ‘छक्कापञ्जा’ हेरें । तर ‘कट्टर राष्ट्रवादी’ भएर चलचित्र हेर्दिनँ । कतिपय चलचित्र त चिनजानका आधारमा समेत हेर्नुपर्ने बाध्यता हुन्छ । विषय र ट्रेलर मन परेमा पनि चलचित्र हेर्छु । फिल्म हेर्न जाँदा आमालाई लिएर जान मन पराउँछु । तपाईंलाई बताऊँ एउटा कुरा ? साथीहरूको आग्रह टार्न नसकेर कतिपटक मैले निदाई–निदाई पनि फिल्म हेरेको छु । (हाँसो..) चलचित्र हेर्दाहेर्दै बीचमा छाडेर भने कहिल्यै हिँड्दिन म ।

नेपालको ‘सेलिब्रिटीहुड’ रमाइलो
Nisha-Adhikari (4)

विदेशमा भन्दा नेपालमा सेलिब्रिटी हुनुको मज्जा छ । यहाँ एकैपटक निजी र सार्वजनिक जीवन जिउन पाइन्छ । अरूले विरलै तपाईंको जीवनमा अवरोध गर्छ यहाँ । सेलिब्रिटी भएकै कारण चौतर्फी मान्छेले घेरेर समस्या हुँदैन ।

कहिलेकाहीँ डिपार्टमेन्ट स्टोरमा पुग्दा भने त्यहाँका स्टाफहरूले आफूले खेलेको मुभीको गीत बजाइदिन्छन् । पहिला–पहिला यस्तो कुराले अल्लि अप्ठ्यारो लाग्थ्यो, अहिले सामान्य

। उपत्यकाबाहिर जाँदा त अहिले पनि कुरो बेग्लै हुन्छ । मान्छे झुम्मिन्छन् । तर त्यसको रमाइलो बेग्लै ।

म आफूलाई सौभाग्यशाली ठान्छु । मन लागेको काम गर्न पाएको छु । अनेक रोजाइहरू छन् । कमाइ पनि छँदैछ । करीब एक दशक भयो टेलिभिजन र चलचित्रमा भिजेको । एक दिन पनि काम ग¥या जस्तै लाग्या छैन । मैले त खेलीखेली पैसा कमाएँ । ‘आउटडोर पर्सन’ भएकाले मलाई मुभी र माउन्टेनले नै तान्यो । म मेडिटेसनमा पनि निकै रमाउँछु । विपश्यना ध्यान गर्छु । मुभी, माउन्टेन र मेडिटेसन अर्थात् ‘३ एम’मै जीवन जान्छ कि झैं लाग्छ ।

सगरमाथाको चुचुरोमा

मैले २०१२ मा नेपाल पर्वतारोहण संघमा पथप्रदर्शक र पर्वतारोहणको ४५ दिने तालिम लिएँ । त्यो तालिमले ममा झनै आत्मविश्वास बढाइदियो । उसो त म बच्चैदेखि अल्लि सुरो केटी हुँ । रुख, पहाड र भीर मन पर्ने । आखिर मैले २०१३ मे १ मा सगरमाथा चढिछाडें । यो ‘सोलो समिट’ थियो । तर मलाई ज्यानै फालेर सगरमाथा जाऊँ भन्ने चाहिँ कहिल्यै थिएन ।Nisha-Adhikari (3)

मेरो अमूल्य जीवनभन्दा हिमाल चढ्नु महत्वपूर्ण हुन सक्दैन । अप्ठ्यारो केही आयो भने बीचबाट फर्कन्छु भन्ने लागेको थियो ।

कतिपय पर्वतारोहीहरू ‘यहाँसम्म आइपुगियो अब किन फर्कनु’ भन्दै डरलाग्दो चुनौतीसँग जुध्छन् र उनीहरूको ज्यान समेत जाने गरेको छ ।

जनावरप्रेम, ध्यान र शाकाहारी जीवन

म मासु खान्थें तर पनि मलाई जनावरको माया लाग्थ्यो । मैले घरमा कुकुर पालेको छु ।

भूकम्पको समयमा मैले एउटा भूकम्पपीडित परिवारलाई सहयोग हुन्छ भनेर मैले एक जोडी कुखुरा किनेर ल्याएँ र घरमा पालें । ती कुखुरा र कुकुरमा मैले कुनै फरक पाउन सकिनँ । आफूलाई पाल्नेप्रति दुवै पशुपञ्छीले उत्तिकै पछ्याउने र माया गर्ने । कुकुर र कुखुरा दुवैमा डर, भोक र मायाको भाव – सबै उस्तै । अनि मैले सोचें – हामी कुकुरलाई माया गर्ने तर कुखुरालाई चाहिँ किन काटेर खाने ?

विगत दुई वर्षदेखि यिनै कुराहरू सोच्दा पनि आफूले मासु खाएकोमा ‘अपराध’ महसुस हुँदै आएको थियो । पहाडतिर जाँदा साना पाठा बोकेर ‘माया’ प्रकट गर्ने, तस्वीर खिच्ने तर भोजमा छिरेपछि तिनै पाठाको मासु खाने ! पशुको साहै्र माया लाग्ने तर मासुको स्वाद पनि छाड्न नसक्ने ! बिस्तारै म आफैंले अपनाएको दोहोरो मापदण्डप्रति दिक्क लागेर शाकाहारी जीवन अपनाउने निचोडमा पुगें । एक वर्षजति भयो म शाकाहारी भएको ।

उसो त ध्यान गर्दा पनि माछामासु नखान भनिन्छ । त्यसको कारणले गर्दा पनि सहजै शाकाहारी जीवन अपनाउन खोजें । ध्यानबाट मैले बुझेको कुरा त्यही हो कि सबै प्रकारका खुशी र आनन्द हाम्रै शरीरभित्र छ । ध्यानले त्यसको सत्वबोध गरायो । हरेक वर्ष विपश्यना ध्यानका लागि म ध्यान शिविर जान्छु । त्यहाँ सिकाइने पञ्चशील र अष्टशीलका कुराले मान्छेको जीवन धन्य हुन्छ । भगवान् गौतम बुद्धले ज्ञानप्राप्तिका लागि प्रयोग गरेको ध्यानविधि हो यो । यो ध्यान सबै धर्म र सम्प्रदायका मान्छेले गर्न सक्छन् ।

सिके राउतलाई भेट्न पुगें

म आफैं राजनीतिशास्त्रको विद्यार्थी । मैले यो देशको राजनीतिमा के भइरहेको छ, बुझ्नु आवश्यक छ । इशान नाम गरेका एउटा अभियन्ताले गरेको हिंसारहित विरोधको शैली मन प¥यो र उनैमार्फत राउतलाई भेट्न पुगें । अहिलेका धेरै युवाहरू आक्रोशित हुने, विरोध मात्रै गर्ने र धेरै शिकायत गर्ने गर्छन् तर इशानको शैली भिन्न छ । उनको ‘साइलेन्ट रिभोलुुसन’ले मलाई छोयो ।

इशान राज्यको नीति मन नपरेका कारण ‘सिंहदरबारलाई रातो रङ्गले पोत्ने’ अभियानमा थिए । तराई—मधेशमा पुगेर मधेशीहरूसँग भेटघाट गर्ने र त्यही सन्दर्भमा ‘स्वतन्त्र मधेश’ को माग गर्ने भनेर चिनिएका सिके राउतलाई पनि भेट्ने कार्यक्रम रहेछ उनको । मैले इशानलाई फोन गरें । उनले आफू भोलिपल्ट मधेश जान लागेको बताए । म आफैं उनीसँगै तराई मधेश गएँ । आफैंले गाडी चलाएँ । हामी जनकपुर पुग्यौं । मसँगै चलचित्र नायक कर्मा पनि गएका थिए ।
Nisha-Adhikari (5)

हामीले राउतलाई शान्तिपूर्ण आन्दोलनमा लाग्न आग्रह ग-यौं र हामी पहाडे समुदायका कारण उहाँहरूमाथि अन्याय भएको छ भने ‘माफी माग्छौं’ भन्यौं ।

हामीले त्यस अवसरमा थुप्रै तराईवासीलाई भेट्यौं, जो नाकाबन्दीका समयमा अत्यन्तै पीडित भएका थिए । हामीले त के पायौं भने बहुसंख्यक तराई–मधेशवासीले नै नाकाबन्दीको समयमा धेरै दुःख पाएछन् । तिनको रोजीरोटी खोसिएछ ।

उनीहरू त नाकाबन्दीको विरोधमा पो रहेछन् । धेरै मधेशी जनताले हामीलाई मधेशी नेताहरूले तराईका जनतालाई दुःख दिएको बताए । नेताको कारण नाकाबन्दी भएको उनीहरूको बुझाई थियो । तराई आन्दोलनका कारण कमाइ खाने साइकल र टोकरी फ्याँकिएकाहरूलाई समेत हामीले भेटेर ‘हामीले गल्ती गर्न पुगेका छौं भने हामीलाई माफी दिनुस्’ भन्यौं ।

विवाह र प्रेम

म अहिले सिङ्गल छु र मलाई घरबाट विवाह गर भन्ने दबाब छैन । फेरि विवाह भन्नेबित्तिकै हाम्रोमा ‘सेटल डाउन’ बुझिन्छ । मलाई त्यस कुरामा चासो छैन । विवाह गरेर बालबच्चा पाउनैपर्छ भन्ने छैन । बच्चाको रहर भए ‘एडप्ट’ गरेर पाल्दा पनि त हुन्छ । हाम्रो समाजको समस्या भनेकै ‘अरूले के भन्छ’ भनेर निर्णय गर्ने हो । अरूले के भन्छ भनेर विवाह गर्ने, बच्चा पाउने आदि ।

कतिपय अवस्थामा त चित्त नबुझ्दा–नबुझ्दै पनि मन नपरेको मान्छेसँग बस्नु पर्ने अवस्था छ हाम्रोमा । त्यस्तो हुँदा घरमा प्रत्येक दिन मनोमानिल्य र झगडा हुन्छ । त्यस्तो परिवारमा हुर्कने बच्चाको मानसिक स्थिति कस्तो होला ? सम्बन्ध विच्छेद भएका परिवारमा बच्चाहरूको अवस्था कस्तो होला ? यसर्थ, अहिले बिहेमा मलाई रुचि छैन । मलाई अहिले त धेरैभन्दा धेरै मुभी गर्नुछ । अहिले ‘कुम्भकरण’ र तिहारपछि ‘रमिता’को सुटिङ हुँदैछ । व्यस्त छु, बिहेको बारेमा मैले सोच्ने मौकै पाएको छैन ।

Nisha-Adhikari (2)Nisha-Adhikari (1)Nisha-Adhikari (9)

 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x