×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचनमा उपेन्द्र यादवसँग विनाशर्त सहकार्य गर्न तयार छौं : शरतसिंह भण्डारी [अन्तर्वार्ता]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

असोज २ गते सम्पन्न स्थानीय तहको चुनाव पछि तरार्इको राजनीतिक समीकरणमा केही फेरबदल आएको विश्लेषण हुन थालेको छ । मधेस केन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भन्दा संघीय समाजवादी फोरम पहिलो दल बनेपछि प्रदेश र प्रतिनिधि सभाकाे चुनावमा मधेस केन्द्रित दलले चुनावी तालमेलको तयारी शुरु गरेका छन् । साेही विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीसँग लोकान्तरका प्रदेश नम्बर २ प्रतिनिधिअजय अनुरागीले कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

हालै सम्पन्न प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको नतिजालाई कसरी विश्लेषण गर्नुभएको छ ?

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीले भाग लिन सकेनौं । सरकारले हामीलाई बाहिर राख्यो । अहिले सम्पन्न तेस्रो चरणको निर्वाचनका लागि हामीसँग अत्यन्त कम समय थियो । आन्तरिक समस्याका बावजुद हामी निर्वाचनमा आयौं । मतदाताहरुको सहयोग र सदभाव राजपा नेपाललाई संतोषजनक नै रहयो ।
नेकपा एमालेले जे दम्भ र अहंकार देखाएको थियो, उसले जे दृष्टिकोण राखेको थियो त्यसलाई मधेसका जनताले कडा जवाफ दिएका छन् । अहिलेको प्रदेश नम्बर २ को निर्वाचनबाट मधेसका जनताले प्रष्ट के सन्देश दिएका छन् भने मधेसको दुईवटा शक्ति राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल अलग अलग लड्नु हुन्थेन । मधेस र मधेसका एजेण्डा प्रति जनताले विश्वास देखाएका छन् । मधेसका शक्तिहरुलाई प्रोत्साहित गरेका छन् । हामी दुवै शक्ति मिलेर जान तयार छौं ।

प्रदेश नम्बर २ मा नेपाली कांग्रेस नै ठूलो पार्टी बन्यो, तपाईहरु किन कांग्रेस भन्दा धेरै पछाडी पर्नुभयो ?

नेपाली कांग्रेस र माओवादीले अहिले सरकारको नेतृत्व गरिरहेको छ । बैशाख ३१ गते देखि नै उनीहरु चुनावको तयारीमा लागेका थिए । उनीहरुसँग पर्याप्त समय थियो । तर पनि कांग्रेस, एमाले र माओवादी केन्द्रले गरेको प्रक्षेपण अनुसार परिस्थिति निर्माण हुन सकेन । धेरै बाध्यात्मक स्थितिमा हामीले चुनाव लड्नु परेको हो । ६ वटा पार्टीहरु बीच प्राविधिक रुपले एकिकरण भएपनि आपसी अन्तरघुलन तथा तालमेल ग्राउण्ड लेभेलमा हुन सकेन । धेरै कम समयमा उम्मेदवारहरुको टिकट वितरण सम्बन्धि निर्णय लिनु पर्यो । एउटा पदका लागि १०र१० जना आकांक्षीहरु थिए । स्थिति फरक थियो ।

नयाँ नगरपालिका र गाउँपालिकाहरुमा जसरी जसरी नयाँ नयाँ गाउँहरु समायोजन गरिएको थियो त्यस अनुसार गाउँको समिकरणमा पनि परिवर्तन भयो । वडाहरुमा पनि समस्या आयो । त्यसकारण हाम्रै कतिपय साथीहरु असंतुष्ट हुनुभयो । कतिपय बागी भए । कतिपय अन्य पार्टीमै गए । कतिपयले पार्टीमा रहँदा रहँदै पनि अन्तरघात गर्यो । त्यसकारण हामी राजपाकै कारण हारेका छौं, कतिपय स्थानमा । जे भएपनि हामीलाई एउटा प्रष्ट सन्देश दिएको छ यो निर्वाचनले कि ठोक्कर खाएर पनि सम्हलिनुपर्दछ ।

तेस्रो चरणको निर्वाचनमा मिलेर जाऔं, गठबन्धन बनाएर जाऔं भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तपाईहरुलाई पटक पटक आग्रह गरेका थिए । तर, तपाईहरु त उपेन्द्र यादवलाई गद्दारको संज्ञा दिँदै एक्लै चुनावमा जाने अहंकार र दम्भ देखाउनु भयो भन्ने टिप्पणी सुनिन्छ नि ?

हामीले कसैलाई निषेध गर्ने वा दम्भ देखाउने कुनै कुरा छैन । संघीय समाजवादी फोरम त पहिलो चरणको चुनाव देखि नै परिचालित थियो । दोस्रो चरणमा पनि सहभागी भयो । र, तेस्रो चरणको चुनावको तयारीका लागि उसँग पर्याप्त समय थियो । हामीले सरकारसँग शर्त राखेका थियौं कि संविधान संशोधन प्रस्तावको टुङ्गो नलागुन्जेल चुनावमा सहभागी हुन सक्दैनौं । हामीसँग बाध्यता थियो । हामीलाई चुनावमा जाने बाटोनै बन्द गरिएको थियो । उता तर्फ फोरम चुनावमा गईसकेको थियो । अन्ततः राजपाको गठन भएपछि राजपाको केन्द्रिय समिति र पदाधिकारीको बैठकहरुबाट संशोधन प्रस्तावलाई अगाडी वढाउने निचोडमा पुग्यौं । र, हामी चुनावमा आयौं ।

विगतमा हामीले फोरमसँग तालमेल गर्न सकेनौं । जनताले पनि हामीलाई जवाफ दिईसकेको छ । त्यसकारण उपेन्द्रजीसँग सहकार्य गर्न अब हामी खुल्ला छौं । यति मात्र होईन मधेसका एजेण्डा मिल्ने सबै दलहरुसँग सहकार्य, गठबन्धन गरेर आगामी विधानसभा र संघीय संसदको निर्वाचनमा जान तयार छौं । हामीले विना शर्त कुनै रिजर्भेसन नराखि सहकार्य गर्न तयार छौं ।

फोरम कसरी मधेसको ठुलो शक्तिको रुपमा फेरी उदाउन सफल भयो ?

फोरम र राजपाको ट्याक्टीकल मुभमेन्ट नै फरक थियो । हामी एक हिसावले प्रतिबद्धता साथ निर्वाचनमा जान सकेनौं । फोरम पुरा तयारीका साथ चुनावमा आएको थियो । त्यसकारण उ ठुलो पार्टीको रुपमा स्थापित भएको छ ।

कांग्रेस ठुलो पार्टी बन्नुको मुख्य कारण के हो ?

हामी धेरै दुखि छौं । चिन्तित पनि छौं । अलिकति संतुष्टि पनि छ । तर, अहिलेको निर्वाचन प्रणाली र प्रद्धतिको विषयमा भने धेरै प्रश्नहरु उठेका छन् । जनताको सेन्टिमेन्ट हामीसँग कायमै छ । तर, जसरी निर्वाचनमा गैरराजनीतिक चलखेल भएको छ, ठुलो पार्टीहरुले सत्ता र शक्तिको दुरुपयोग गरेर मधेसको भोट बैंकलाई दुरुपयोग गरेका छन्, सम्पति र धनको दुरुपयोग गरेर जाती र सम्प्रदायलाई हतियार बनाएर चुनावमा मनि र मसलको प्रयोग गरेका छन् त्यसले लोकतन्त्रलाई नै धज्जी उडाएको छ । त्यसकारण तिनीहरु ठुलो पार्टी बनेका छन् । तर, अहिले पनि जनताको सेन्टिमेन्ट भनेको राजपासँग छ ।

अध्यक्ष मण्डलका सदस्यहरुको स्थानीय तहमै राजपा हारेको छ । सेन्टिमेन्ट तपाईहरुसँग रहेको भए अध्यक्ष मण्डलका गृह जिल्लाका गाउँपालिका तथा नगरपालिकामा राजपाको यस्तो विजोक किन ?

मेरो पैत्रिक गाउँ महोत्तरीको औरही नगरपालिकामा हामीले मेयर हारेपनि उपमेयर जितेका छौं । औरहीमा के भएको थियो भने व्यालेट पेपरमा साईकलको तल रिक्सा राखिएको थियो । हामीले मेयरमा बल्वा सरपल्लो नगरपालिकामा ५२ भोटले हार्यौं तर त्यहाँ रिक्सालाई ३ सय मत गएको थियो । त्यसैगरी औरहीमा साढे ३ सय मत रिक्सामा गएको थियो । त्यसैले कतिपय ठाउँहरुमा हामी प्राविधिक रुपले हारेका छौं । पार्टी अध्यक्षको गाउँमा पनि हाम्रैमा ठुलो अन्तरघात भएका छन् । पार्टी भित्र र पार्टी बाहिरकाले पनि अध्यक्ष भएको ठाउँमा अन्तरघात गर्नु स्वाभाविक हो ।

जहाँसम्म महोत्तरीको बर्दिवासको कुरा हो हामी त्यहाँ प्रत्यक्ष लड्यौं, त्यो पनि ठुलो कुरा हो । राजपाले १८ सय मत प्राप्त गरेको छ । अब त्यो हाम्रो बेस बनेको छ । त्यहाँबाट हामीले आफ्नो संगठन विस्तार गर्ने हो । बर्दिवासमा त सरकारका मन्त्रीहरुले राता रात बोरा खोलेर नै पैसा बाँटे । त्यसकारण सत्ताको धेरै दुरुपयोग भएको छ । अब त राजनीति सेवाको लागि हो वा लिलामीका लागि भन्ने हिसावले अगाडी वढेको छ । तै पनि महोत्तरीमा कतिपय स्थानमा हामी आआफना कमि कमजोरीका कारण पनि चुनाव हारेका छौं । तर, महोत्तरीका जनताले प्रष्ट रुपमा के सन्देश दिएको छ भने जनताको सेन्टिमेन्ट राजपासँग छ । महोत्तरीमा राजपालाई नै ठुलो पार्टीको रुपमा स्थापित गरेको छ । र, सबैभन्दा ठुलो कुरा महोत्तरीका जनताले एमालेलाई पता साफ गरेर दण्डित गरेका छन् ।

विरगञ्ज महानगरपालिकामा तपाईकै कारण विमल श्रीवास्तवलाई टिकट दिइएन भन्ने राजपाभित्र चर्चा छ, सोही कारण विरगञ्जमा राजपा पछाडि परेको भन्ने कुरा छ । त्यसको जिम्मेवारी तपाईले लिने कि नलिने ?

विरगञ्जमा हारको जिम्मेवारी यदि मैले लिनुपर्छ भने जनकपुरको जितको श्रेय मलाई दिने कि नदिने ? प्रश्न त्यो होईन । मधेस आन्दोलनको रणभूमि रहेको, आन्दोलनको केन्द्र रहेको विरगञ्जमा आन्दोलनमा कहिल्यै पनि नदेखिएका तर अत्यन्त धनाड्य व्यापारीलाई आन्दोलनकारी पार्टीबाटै टिकट दिईन्छ भने त्यहाँ परिस्थिति फरक हुन्छ नै । राजपा त्यहाँ पनि सम्मानजनक स्थितिले लडेकै हो । अब त चुनावमा धेरै ठुलो विकृति आईसकेको छ । यसरी नै मनि र मसलको हत्कण्डालाई दुरुपयोग गरी चुनाव लड्ने हो भने अधिकार र पहिचानको लडाई संकटमा पर्छ ।

अबको प्रदेश र संसदको चुनावमा राजपाले को संग सहकार्य गर्छ ?

राजपाको राजनीतिक समितिको बैठक प्रारम्भ भएको छ । त्यो विषयले प्रवेश पाएको छ । जो जोसँग एजेण्डा मिलिरहेका छन् ती सबै शक्तिसँग आगामी निर्वाचनका लागि सहकार्य गर्ने कुरा उठेको छ । स्थानीय तहमा गठबन्धन भयो वा भएन त्यसले त्यति अर्थ राख्दैन । तर, अब संघीय संसदको चुनाव र विधानसभाको चुनाव भनेको अधुरो रहेको संविधानलाई पुर्णता दिनका लागि संविधान संशोधनको पक्षमा संख्या जुटाउन पनि आवश्यक छ ।
आपसमा मत विभाजन हुनु गलत कुरा हो । त्यसैले हामी फोरमसँग मात्र होइन संविधान संशोधन पक्षधर सबैशक्तिहरुसँग सहकार्य गरी दुई तिहाई बहुमत जुटाउन ओपन छौं । त्यसका लागि अब सम्वादका क्रमहरु विभिन्न राजनीतिक दलहरुसँग अगाडी वढ्ने छ ।

राजपा एउटा पार्टी भएर अगाडी जान्छ वा टुक्रा टुक्रा भएर विभाजन हुन्छ ?

यो स्थानीय तहको निर्वाचनबाट बल्ल राजपा एउटा पार्टीको रुपमा स्थापित भएको छ । हिजोसम्म हामी आन्दोलनमै थियौं । सडकमै थियौं । केही संख्यामा सदनमा पनि थियौं । तर, ग्रासरुटमा भने हामी थिएनौं । बल्ल एउटा राजनीतिक शक्तिको रुपमा मधेसका गाउँ गाउँ टोल टोलमा स्थापित भएका छौं । राजपा विभाजन हुने कुनै सम्भावना छैन । हिजो ६ जना व्यक्तिको ६ वटा अलग अलग पार्टी थियो । तर, अब हामी साँच्चिकै अर्थमा राजनीतिक पार्टीका रुपमा रुपान्तरित भएका छौं । अब पार्टी महत्वपूर्ण भएको छ, व्यक्ति होईन । त्यसैले अब पार्टी टुक्रा हुने होईन कि एक्ताबद्ध भएर अगाडी वढ्ने छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x