असार १, २०८०
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेल पहिलो पटक गृहजिल्ला बाग्लुङबाट चुनावी प्रतिष्पर्धामा छन् ।यसअघि नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिएको बाग्लुङमा यसपटक तीनवटा वामपन्थी दल मिलेर चुनाव लड्दैछन् । नेकपा एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चाको गठवन्धने कांग्रेसलाई परास्त गर्ने दाबी पौडेलको छ । लोकान्तरका लागि विमल गौतम र सुशील पन्तले पौडेलसँग कुराकानी गरेका थिए ।
पहिलो पटक गृहजिल्लाबाट चुनाव लड्दै हुनुहुन्छ, कांग्रेसको गढमा चुनाव जित्न कतिको सहज ठान्नु भएको छ ?
खासगरी तीनवटा पार्टीहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चा एउटै गठबन्धनबाट चुनाव लडेका कारण हामीलाई चुनाव जित्न सहज छ । अलग अलग ढंगले चुनाव लडेको भए यहाँले भनेजस्तो कांग्रेसको गढ जस्तो मानिथ्यो होला । हामी तीन पार्टी मिलेको, कार्यकर्तामा उत्साह भरिएको र देशभरि पनि वामपन्थीहरुको बाहुल्यता रहेका कारणले जनतामा एक किसिमको भावना पैदा भएकोले चुनाव जित्ने कुरालाई सहज रुपमा ग्रहण गरेको छु ।
मतदाताहरु राजनीति दल र नेताहरुप्रति आक्रोसित भएको पाइन्छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताहरु उत्साहित देखिएका छन् । हामीले जति ठाउँमा कार्यक्रम गर्यौं, मतदाताको उत्साहप्रद सहभागित रह्यो । हामी घरदैलो र सभामा छौं । सबैतिर बुझ्दाखेरि यो क्षेत्रको राज्यसंगको प्रतिनिधित्व र पहुँच संगसंगै विकासका कुरा जोडेर ल्याउनुस् भनेर सबैतिर अत्यन्त सद्भाव भएको मैले पाएँ ।
तपार्इंले चुनावको मुख्य एजेण्डा के बनाउनु भएको छ ?
मध्यपहाडी लोकमार्ग पनि यही क्षेत्रमा परेको हुँदा यसलाई स्तरीय बनाउने । बुर्तिवाङ, खर्वाङ र हटिया बजारलाई व्यापारीक केन्द्रको रुपमा र भोलि सुविधा सम्पन्न शहरको रुपमा विकसित गर्ने र यी ठाउँहरुमा स्वास्थ्य चौकी र अस्पताल निर्माण, पर्यटकीय क्षेत्रहरुको विस्तार, कृषि र जलविद्युत विकास, विस्तार लगायत सालझण्डी ढोरपाटन बाटोलाई स्तरउन्नती गर्ने अनि साखा बाटाहरु पुराएर यो क्षेत्रमा सामाजिक विकासका कामहरु बढाउने गरी हामीले लक्ष बनाएका छौं ।
एमाले र राष्ट्रिय जनमोर्चाले तपाइँलाई भोट हाल्छन् भन्ने के आधार छ ?
हामी तीनवटै दल संगै हिडिरहेका छौं । जिल्लामा ६ वटा सीट –प्रतिनिधि सभाका २ र प्रदेशका ४ मध्ये) बराबर बनाएका छांै । प्रष्ट छौ, हामी एकले अर्कोलाई सघाएर सम्मानजनक रुपमा मत हालेर सबै उम्मेदवारलाई जिताउने निर्णय गरेका छाैं ।
तपाईले अघि सारेका विकास निर्माणका कुरा त तपाइँका प्रतिष्पर्धीले पनि भनिरहेका छन् । बाग्लुङका जनताले तपाईँलाई नै किन भोट दिने ?
प्रतिष्पर्धीले भनेपनि वामपन्थीको सरकार बन्ने कुरा निश्चित छ । भोलि प्रतिपक्षमा बस्नेले धेरै काम गर्न सक्ने सम्भावना नभएकोले मतदाताले हामीलाई विश्वास गरेका छन् । मेरो प्रतिष्पर्धामा रहेका साथीलाई साथमा लिएर यस क्षेत्रको विकासको काम गर्ने हो ।
कांग्रेस उम्मेदवारलाई कम आक्नु भएको त होइन ?
हामी भण्डै दश हजार मतले अगाडि भएको आंकडा आउँछ । २०७० को संविधानसभा चुनाव र हालैको स्थानीय चुनावका मतदाताको संरक्षण गरियो भनेमात्रै पनि हाम्रो उल्लेख्य मत आउने कुरा प्रष्ट छ । विपक्षीहरुपनि आफ्नो कार्यक्रममा सक्रिय भएर आएको हुँदा उहाँको सक्रियतालाई सम्मान गर्छौं तर उहाँहरुले जित्ने र अप्ठेरो पार्ने सम्भावना मैले देखेको छैन ।
तर कांग्रेस नेताहरु तीन दल मिलेपनि आफ्नो गढ ढाल्न नसक्ने बताइरहेका छन नि !
यसपटक बाग्लुङमा वामपन्थी उदाउँदैछन् । वामपन्थी जनमतका पक्षधरहरुपनि अत्यन्तै खुसी छन् । कतिपय कांग्रेस बृत्तभित्रपनि भोलि वामपन्थीको सरकार बन्ने भएकोले हामीहरुलाई सहयोग गर्न तत्पर देखिएका छन् ।
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...