×

NMB BANK
NIC ASIA

हृदयेशलाई फेरि पनि ढाल्छु : कलवार, यो चुरीफुरी केही दिनलाई मात्र : हृदयेश [भिडियो अन्तर्वार्ता]

मंसिर १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

(गोपीगञ्ज) नवलपरासी, मंसिर १२ - मधेस केन्द्रीत दल राजपा परित्याग गरेर स्वतन्त्र राजनीतिक समूह मार्फत नेकपा एमालेको सूर्य चुनाव चिह्न सापटी लिएर चुनावी मैदानमा रहेका हृदयशे त्रिपाठीलाई यसपटकको चुनावमा पनि कडा टक्कर दिइरहेका छन्, नेपाली कांग्रेसका देवकरण कलवारले । 

Muktinath Bank

सूर्य चिह्न लिएर त्रिपाठी चुनावी मैदानमा आएपछि नवलपरासी क्षेत्र नम्बर १ को चुनावी नतिजालाई उत्सुकतापूर्वक हेरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पटक पटक नवलपरासीबाट चुनाव जित्दै आएका त्रिपाठीलाई गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका कलवारले पराजित गरेका थिए । यसपटक राजनीतिक समीकरण फेरिएको छ । 


Advertisment
Nabil box
Kumari

विगतमा सद्भावना र तमलोपाबाट चुनाव लडेका त्रिपाठीलाई वामपन्थी गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रको समर्थन छ । 

Vianet communication
Laxmi Bank

‘म एक हिस्सा मात्र हो, मैले हारे वामपन्थी गठबन्धनले हार्छ, एमाले र माओवादीले पनि हार्छ’ त्रिपाठीले सोमवार लोकान्तरसँग कुरा गर्दै भने, ‘वामपन्थी दलको समर्थन रहेका कारण चुनाव मैले जित्छु ।’ 
उनले आफ्ना प्रतिस्पर्धि कलावरले यस पटक चुनाव हार्ने र त्यसपछि उनको चुरीफुरि सेलाउने दाबी गरे ।

पटक पटक सांसद र मन्त्री बनेका त्रिपाठी यो क्षेत्रका बलिया नेता मानिन्छन् । राजपाले यो क्षेत्रमा उम्मेदवार नै उठाएको छैन भने संघीय समाजवादी फोरमका तर्फबाट नरेन्द्र गिरी र नयाँ शक्ति पार्टीका कृष्णप्रसाद गौतम चुनावी प्रतिष्पर्धामा छन् । 

२०७० सालको संविधानसभा चुनावमा हृदयेशको विरासत ढालेका कलवार भने यसपटक पनि आफूले चुनाव जित्ने दाबी गर्छन् । 

‘पटक पटक मधेस आन्दोलन गरेर पहाडी मुलका नागरिकलाई अपशव्द बोलेर आएका त्रिपाठीलाई एमालेका कार्यकर्ताले पत्याएका छैनन्, मधेशवादीले त पत्याउने कुरै भएन्’ कलवारले लोकान्तरसँग भने, ‘हृदयेशलाइ केही ठानेको छैन, यसपटकको चुनावमा पनि ढाल्छु ।’

स्थानीय तहको चुनावलाई हेर्ने हो भने यो क्षेत्रमा वामपन्थीको भन्दा नेपाली कांग्रेसको भोट बढी छ । बर्दघाट नगरपालिकाको भोटले हृदयेशको भविष्य निर्धारण गर्ने स्थानीयहरु बताउँछन् ।

प्रदेश सभातर्फ एमालेका दीपेन्द्र अधिकारी र अजय शाही उम्मेदवार छन् । नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका लागि विक्रम खनाल र मुकुल आचार्य चुनावी प्रतिष्पर्धामा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x