कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मंसिर १७, २०७४
भैरहवा, १७ मंसिर– रुपन्देहीको क्षेत्र नम्बर तीनमा वाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता घनश्याम भुसालले आफ्ना प्रतिस्पर्धीले चुनाव जित्न पैसा बाँडिरहेको आरोप लगाएका छन् ।
भुसालले आफूसँग प्रतिस्पर्धा गरिरहेका राप्रपाका नेता दिपक बोहोराले मतदाता प्रभावित गर्न पैसा बाँडिरहेको आरोप लगाएका हुन् ।
‘पोल बाँड्ने काम समेत भएको थियो, त्यो त अहिले रोकिएको छ,’ भुसालले भने, ‘तर अहिले पैसा बाँड्ने काम भइरहेको छ भनेर मैलै सूचना पाएको छु ।’
उनले आफूले चुनाव जित्ने बलियो आधार रहेपनि बोहोराले गैह्र राजनीतिक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाए ।
‘कांग्रेसले मैदान छोडेको अवस्थामा अहिले हामीले सजिलै चुनाव जित्ने अवस्था रहेको छ,’ भुसालले लोकान्तरसँग भने, ‘मेरा प्रतिस्पर्धी मण्डले समूहका हुन् । उहाँले लोकतन्त्रको विउ मास्नका लागि हिँजो विहान हरेक प्रकारका गतिविधि गर्नुभएको हो ।’ तर २१ औं शताब्दिका मतदाताले ४२ सालको मानसिकतामा पैसा बाँड्ने नेता भोट दिँदैनन् भन्ने विश्वास आफूमा रहेको भुसालले बताए ।
उनले आजको दिनमा पैसाले मतदाता किन्न सक्ने अवस्था नरहेकोले आफूले सहजै चुनाव जित्ने बताए । स्थानीय चुनावमा पाएको मतका आधारमा एमाले एक्लै पनि अरु भन्दा अघि रहेको र अहिले माओवादीसँग पनि सहकार्य भएकोले आफूले चुनाव जित्ने उनले दाबी गरे ।
भुसालले चुनाव जितेसँगै आफूले राष्ट्रिय एकताको सुदृढिकरण, सम्बृद्ध मुलक र स्थानीय स्तरमा भौतिक विकास तथा मानविय विकासका लागि काम गर्ने बताए । लुम्बिनीलाई अवसरको रुपमा लिएर सोही अनुरुप विकास गर्ने समेत उनले बताए ।
दीपक बोहराको आफ्नै दाबी
उता नेपाली कांग्रेसको पनि साथ पाएका राप्रपाका नेता दीपक बोहरा भने यसपटकको चुनावमा आफूले जित निकाल्ने दाबी गर्छन् । २०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका बोहरा यसपटक नेपाली कांग्रेसको साथ पाएपछि उत्साही छन् ।
उनले वामपन्थी गठवन्धन हौवा मात्र भएका कारण पनि वाम गठवन्धनका उम्मेदवारले जित्न नसक्ने तर्क गरेका छन् ।
बोहोराले भैरहवा आसपासको क्षेत्र आफूले देख्न लायक बनाएको दावी गर्छन् ।
‘२०३७ सालदेखि यो क्षेत्रको विकासका लागि निरन्तर खटिएको छु, यो क्षेत्रमा बनेका बाटो, पुल र सिंचाइका नहर मेरै योगदान हुन्’ बोहोराले दावी गरे । उनले वामपन्थी गठनबन्धनका कारण आफूले दवाव महसुश नगरेको दावी गरे ।
‘वामपन्थी गठबन्धन हौवा मात्र हो, फेरिपनि कांग्रेस पहिलो पार्टी बन्छ र लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ हेर्दै जानुहोला’ बोहोराले दाबी गरे ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...