×

NMB BANK
NIC ASIA

गुल्मीमा चुनावी कर्मचारी खटनपटनमा ‘राजनीति’, न्यायाधीश र सीडीओको जुँगाको लडाई

मंसिर १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ मंसिर – दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा गुल्मीमा कर्मचारी खटनपटनमा विवाद देखिएको छ । कर्मचारी खटनपटनमा ‘राजनीति’ गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएपछि निर्वाचन हुने/नहुनेमा शंका बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कर्मचारी खटनपटन गर्दा अधिकांश ठाउँमा एमाले र माओवादीका कर्मचारीको मात्रै टिम बनाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिँजोसम्म कर्मचारी खटनपटनमा कांग्रेस निकट कर्मचारी युनियनले मात्रै आपत्ति जनाएको थियो । आज चाहिँ उक्त विषय राजनीतिक मुद्दा बनेको कांग्रेसका एक नेताले बताए । 


Advertisment
Nabil box
Kumari

गुल्मी कांग्रेसले २ सय ५१ ठाउँ मध्ये २२ भन्दा बढी ठाउँमा निर्वाचन अधिकृतदेखि कार्यालय सहयोगीसम्म वाम गठबन्धनमा आस्था राख्ने कर्मचारीलाई खटाइएको आरोप लगाएको छ । तर वाम गठबन्धनले चाहिँ संयोगले त्यस्तो हुन पुगेको भएपनि निर्वाचनलाई प्रभावित गर्ने गरी राजनीतिक गतिविधि अघि नबढाउन आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

केही ठाउँमा कांग्रेसका मात्रै कर्मचारी परेको भएपनि आफूहरुले आपत्ति नजनाएको बाम गठबन्धनका निर्वाचन परिचालन कमिटि सदस्य बुद्धि जिसीले बताए । ‘शंका लागेका ठाउँहरुमा अनुगमनको पाटोलाई थप मजबुत बनाउँ भनेर हामीले आग्रह गरेका छौं,’ उनले भने, ‘कुन कर्मचारी कुन पार्टीको भनेर पत्ता लगाउने विषय गाह्रो हो । त्यो सम्भव नै हुँदैन ।’ तर कांग्रेसले चाहिँ कर्मचारी खटनपटनमा संशोधन हुनुपर्ने बताएको छ । 

कर्मचारी खटनपटनलाई संशोधन नगर्ने हो भने एकलौटी रुपमा चुनाव गरेर देखाउन कांग्रेसले चुनौती समेत दिएको छ ।

खटनपटनको विवाद

गुल्मीमा २ सय ५१ वटा मतदान केन्द्र तोकिएको छ । त्यसका लागि हरेक ठाउँमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत तोकिएको छ । 

प्रमुख निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले गोलाप्रथाको आधारमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत छानेका हुन् । निर्वाचन अधिकृत तथा सहायकहरुको तालिम सम्पन्न भइसकेको छ । निर्वाचनमा खटिने केहीले नियुक्ति लिएर बसेका छन् भने केहीले नियुक्ति लिने क्रममा विवाद भएको हो । 

मतदान अधिकृत र सहायक अधिकृत बाहेकका कर्मचारी चाहिँ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको समूहले गठन गरेको उच्च्स्तरीय कर्मचारी मण्डलले छानेको हो ।

तर गोलाप्रथा र कर्मचारी छनौटमा ‘राजनीति’ गरेर बुथ नै क्याप्चर गर्ने कोशिश गरिएको आरोप कांग्रेस नेताहरुले लगाएका छन् । २२ ठाउँमा वाम गठबन्धनमा आस्था राख्ने कर्मचारीको मात्रै समूह बनाएर निर्वाचन प्रभावित गर्न खोजिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले निर्वाचन अधिकृत एमाले कर्मचारी भएको ठाउँमा सहायक कांग्रेस निकट कर्मचारी र सहायक एमाले निकट कर्मचारी भएको ठाउँमा अधिकृत कांग्रेस निकट कर्मचारी हुनु पर्ने माग गरेको छ ।

मुख्य निर्वाचन अधिकृतले वापन्थीहरुको प्रभावमा परेर कर्मचारी खटनपटनमा गडबढ गरेको आरोप कांग्रेसले लगाएको छ । 

अड्कियो नियुक्ति बाँड्ने काम

कर्मचारी खटनपटनमा कांग्रेसले आपत्ति जनाएपछि थप नियुक्ति बाँड्ने काम अवरुद्ध भएको छ । 

आजसम्ममा नियुक्ति बाँडेर कर्मचारीलाई गाउँमा नपठाएमा निर्वाचन गर्न÷गराउन समस्या हुने कर्मचारीहरु बताउँछन् ।

जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले कर्मचारी खटनपटनमा केही विवाद देखिएको र त्यसलाई मिलाउनको लागि आफूहरुले कोशिश गरिरहेको बताए ।

‘हामीलाई कुन पार्टीको कर्मचारी को भन्ने कुरा थाहा हुने कुरा भएन,’ उनले भने, ‘कर्मचारी खटाउँदा आफ्नो गाउँ पनि नपरोस र टाढा पनि नपरोस भन्ने हिसावले राखिएको हो ।’ उनले आज दिउँसोसम्ममा नियुक्ति बाँडेर कर्मचारीलाई गाउँ पठाउने गरी तयारी भइरहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले खटन पटनमा केही विवाद देखिएको भएपनि त्यसलाई मिलाउनको लागि आफूले सहजिकरण गरिरहेको बताए । ‘मुख्य निर्वाचन अधिकृतज्यूले खटनपटन तोक्नुभएको हो, केही विवाद देखिएको छ,’ उनले भने, ‘मैले सहजिकरणका लागि काम गरिरहेको छु ।’

न्यायाधीश र सीडिओको जुँगाको लडाईं

कर्मचारी खटन पटनमा दलगत भन्दा पनि मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको जुँगाको लडाईं देखिएको छ । स्रोत भन्छ– यी दुई हाकिमबीच पहिलेदेखि नै खासै सौहार्दपूर्ण वातावरण थिएन ।

लामो समयसम्म सीडिओ बनेर कानून सेवामा छिरेका न्यायाधीश न्यौपानले आफूलाई सीडिओको काम कर्तव्य र अधिकारको बारेमा थाह भएको भन्दै वर्तमान सीडिओलाई वाइपास गर्न खोज्छन् । 

लामो समय निर्वाचन आयोगमा काम गरेका सीडिओ अर्यालले चाहिँ निर्वाचन कसरी गर्नुपर्छ र कसरी गराउनुपर्छ भनेर आफूलाई राम्रोसँग थाहा भएको आफू निकटहरुलाई सुनाउँछन् । 

यी दुईको जुँगाको लडाईंले गर्दा खटन पटनको विवाद उत्कर्षमा पुगेको जानकारहरु बताउँछन् । कर्मचारी खटन पटनमा सीडिओ र न्यायाधीशको स्वाथ्र्य बाँडिएपछि अहिले समस्या देखिएको हो ।

‘नियतवस’ पारियो धेरै ठाउँमा कम्युनिष्ट कर्मचारी

कांग्रेसले नियतवसनै धेरै ठाउँमा वाम निकटका कर्मचारी राखिएको आरोप लगाएको छ । एमाले निकट कर्मचारी संगठनको कुरा सुनेर न्यायाधीशले कर्मचारी खटन पटनमा गडबड गरेको आरोप कांग्रेसले लगाएको छ । 

कांग्रेसका तर्फबाट क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभा सदस्य उम्मेदवार चन्द्र केसीले खुलेरै ४० ठाउँमा निर्वाचन अधिकृत र सहायकको भूमिका हेरफेर हुनुपर्ने बताएका छन् ।

यसरी खटाइएका कर्मचारीले निश्पक्ष निर्वाचन गर्छन् भन्नेमा आफूहरुले विश्वास  गर्न नसक्ने कांग्रेसको तर्क छ ।  एमाले र माओवादीले चाहिँ निर्वाचन सौहार्दपूर्ण तरिकाले सपन्न गर्नको लागि मिलेर जानका लागि कांग्रेससँग आग्रह गरिरहेको छ । 

स्रोतहरुका अनुसार न्यायाधीशले कर्मचारी खटन पटन गर्दा केही गडबढ गरेको र यसलाई आधार बनाउँदै सीडिओले न्यायाधीशलाई ‘साइज’मा ल्याउन खोजेका छन् । जसका कारण गुल्मीको निर्वाचन अनिश्चित बन्दै गएको चर्चा जिल्लामा चलिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x