शपथका लागि हेलिकप्टर चार्टर गरेर सुर्खेत पुगे प्रदेश ६ का प्रमुख र २७ सांसद

Photo : raranews.com

काठमाडौं, ७ माघ- प्रदेश नम्बर ६ प्रमुख दुर्गाकेशर खनाल तथा २७ जना प्रदेशसभा सदस्य शपथ ग्रहणका लागि हेलिकप्टर चार्टर गरेर सुर्खेत पुगेका छन् । प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगर पुग्नका लागि उनीहरुले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् ।

सो प्रदेशका ४० मध्ये समानुपातिकतर्फका सांसद प्रमाणपत्र बुझ्नका लागि काठमाडौं आएका थिए । प्रत्यक्षतर्फ निर्वाचित केही पनि काठमाडौंमै थिए ।


Advertisement

बिहीबार विमानको टिकट लिएकोमा काठमाडौं-नेपालगञ्ज उडान अवरुद्ध हुँदा उनीहरु काठमाडौंमै रोकिएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्