×

NMB BANK
NIC ASIA

सात नम्बर प्रदेशमा दिव्येश्वरीले दिलाइन् शपथ, थारु सांसदले आफ्नै भाषामा लिए

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ७ माघ– प्रदेश नं. ७ का प्रदेश सांसदहरुले आज (आइतवार) शपथ ग्रहण गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सांसद दिब्येश्वरी शाहलाई शपथ ग्रहण गराएपछि बाँकी सांसदहरुलाई शाहले शपथ ग्रहण गराएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीको उत्तरबेहडीस्थित प्रदेश सचिवालयमा पदभार ग्रहण कार्यक्रम भएको थियो भने सांसदहरुको शपथ ग्रहण कार्यक्रम धनगढीको मेनरोडस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो । 


Advertisment
Nabil box
Kumari

शपथग्रहण कार्यक्रममा ५३ जना सांसदमध्ये ५२ जना सांसद उपस्थित भएका थिए । शपथग्रहण कार्यक्रममा उपस्थित नहुने सांसदमा नेपाली काँग्रेस डोटी बाट निर्वाचित सांसद भरत खड्काले लिन बाँकी छ । 

Vianet communication
Laxmi Bank

यसैबीच आठ जना थारु सांसदहरुले आफ्नै मातृभाषा ‘थारु भाषा’ मा सपथ लिएका छन् । सांसद वीरमान चौधरी, नेपालु चौधरी, कृष्णबहादुर चौधरी, कुलवीर चौधरी, बिनिता चौधरी, श्यामलाल राना, मालामति राना, चुनकुमारी चौधरीले आफुहरु आफ्नै मातृ भाषामा शपथ लिएको जानकारी दिए । प्रदेश प्रमुख मल्लको शनिबार हवाइमार्गबाट धनगढी आउने कार्यक्रम रहेको भएपनि प्रतिकूल मौसमका कारण उडान हुन नसकेपछि उनी स्थलमार्ग हुँदै आज आइतबार धनगढी आएका थिए । 

ढिला गरी धनगढी आएका प्रदेश प्रमुख मल्लले दिउँसो अढाई बजे आफ्नो पदभार ग्रहण गरेका थिए भने तीनबजे ज्येष्ठ सांसद शाहलाई शपथग्रहण गराएका थिए । 

पदभार ग्रहण गर्दै प्रमुख मल्लले संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै ७ नम्बर प्रदेशको विकासनिर्माणका दत्तचित्त भएर लाग्ने बताए । उनले भने –सरकारले आफूलाई भरोसा गरी प्रदेश प्रमुखको जिम्मेवारी दिएकोले पदीय मर्यादामा रही आफ्नो जिम्मेवारी बहन गर्नेछु ।’ त्यस्तै उनले आफू संविधानको संरक्षक, मुख्यमन्त्रीको प्रमुख सल्लाहकारको भूमिका पनि निर्वाह गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x