चैत ६, २०८०
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
माघ ९, २०७४
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्रीका प्रबल दावेदारका रुपमा चर्चामा छन् । संविधानसभाका पूर्वसदस्य समेत रहेका राउतलाई चुनावको समयमा मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रचार गरिएको थियो । फोरम नेता राउतसंग लोकान्तरका लागि अजय अनुरागीले समसामयिक विषयमा कुराकानी गरेका थिए, प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
केन्द्रमा र अन्य ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्दैछ, प्रदेश नम्बर २ मा फोरम र राजपाको बहुमत देखिन्छ, कस्तो बन्छ प्रदेश सरकार ?
केन्द्रमा वाम गठबन्धन र यहाँ राजपा र फोरम गठबन्धनको सरकार बन्ने भएपछि सन्तुलन मिलाउन निकै नै चुनौतीपूर्ण हुनेछ । किनभने प्रदेशका लागि पनि साधन र स्रोतको वितरण आखिर केन्द्र सरकारले नै गर्नुपर्ने हुन्छ । २ नम्बर प्रदेशलाई जसरी हामीले मधेश प्रदेश भनेका छौं, हाम्रो प्रदेश आर्थिक रूपले पनि धेरै नै पछाडि परेको छ ।
मानव विकास सूचकाङ्कमा पनि हामी शिक्षा, स्वास्थ्य, रोजगारी, विकास आदिको दृष्टिकोणले पनि हामी अन्य प्रदेशको तुलनामा निकै नै पछाडि छौँ । त्यो पिछडापनको सामना हामीले गर्नुपर्ने हुन्छ । र, त्यसका लागि हामी तयार छौँ ।
हामी आन्दोलनबाट स्थापित भएका शक्ति छौँ । यदि केन्द्र सरकारले हामीसंग बेइमानी गर्यो भने हामीसंग बाँकी भनेको सडक नै हुन्छ । प्रदेशका जनताको समर्थनबाट फेरि पनि हामी सडकबाटै हाम्रो लडाइँलाई जारी राख्नेछौँ ।
प्रदेशमा राजपा नेपाल र फोरमबीच सरकारमा सिटको बाँडफाँड कसरी गर्नुहुन्छ ?
प्रदेश सरकार निर्माणका लागि राजपा र फोरमका नेताहरु बीचमा संवाद जारी छ । यो प्रदेशमा फोरम ठूलो पार्टी भएकोले स्वाभाविक रूपमा सरकारको नेतृत्व फोरमले गर्नेछ । यसमा कुनै विवाद हुने कुरै भएन । र, रह्यो बाँकी सिट बाँडफाँड त त्यो पनि आपसी सहमतिका आधारमा हामी तय गर्छौं ।
तपाईँ यदि मुख्यमन्त्री बन्नुभयो भने प्रदेशका लागि के कस्ता काम गर्नुहुनेछ ?
अहिलेको परिस्थितिमा सबैभन्दा महत्वपूर्ण मुद्दा भनेको विकासका मुद्दा नै हुनेछ । विगतमा मधेशी समुदायहरू सधैँदेखि नै अवसर पाउनबाट बञ्चित हुँदै आएको छ । राज्य सत्तामा कसरी मधेशी समुदायको प्रतिनिधित्व गराउन सकिन्छ, राज्य सत्तामा मधेशी समुदायको उपस्थिति र पहुँच कसरी बढ़ी भन्दा बढी गराउन सकिन्छ भन्ने कुरामा नै मेरो बढी जोड रहनेछ ।
तपाईँ भन्दा अन्य नेता मुख्यमन्त्री बन्न सक्ने कुरा पनि फोरममा भइरहेको बाहिर आइरहेको छ नि !
मुख्यमन्त्री को बन्ने हो भन्ने विषयमा पार्टीले अहिले तय गरेको छैन । रह्यो कुरा मुस्लिमको त हाम्रो पार्टीमा त्यस्तो धर्म र सम्प्रदायको आधारमा कुनै पनि भेदभाव छैन । अशोक राईजीको संघीय समाजवादी पार्टीसंग एकता हुनुभन्दा पहिले पनि म पार्टीमा उपाध्यक्ष थिएँ र पार्टी एकीकरण पछि पनि म उपाध्यक्ष छँदैछु । यदि धर्मको आधारमा विभेद हुने कुरा आउँथ्यो भने म उपाध्यक्ष नरहन पनि सक्थेँ । त्यसैले हाम्रो संसदीय दलको बैठक बसेर ती सबै कुराको चाँडै नै टुङ्गो लाग्नेछ ।
प्रदेश नम्बर २ मा के कस्ता सम्भावना, अवसर र चुनौतीहरू छन् ?
नेपालका सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ सबैभन्दा बढी पिछडिएको क्षेत्र हो । मधेश आन्दोलनका कारण जनताको धेरै नै अपेक्षाहरू बढेका छन् । सहीदहरूको जे जति इच्छा र आकांक्षाहरू थिए ती सबै पूरा गर्नुपर्ने हुन्छ । साधन श्रोतको एकदमै कमी छ । तर पनि ती सबै परिस्थितिका बावजुद् मधेशमा शहीदहरूले आफ्नो बलिदानी दिए ।
शहीदहरूको सपना पूरा गर्नु नै सबैभन्दा ठूलो चुनौती अहिले हाम्रो सामु रहेको छ । चुनैती संगसंगै फेरि हामीलाई अवसर पनि प्राप्त भएको छ । पहिलोपटक यो देशमा मधेशी समुदायले आफ्नै सरकार, आफ्नै शासन, आफ्नै प्रशासन बनाउने ठूलो अवसर प्राप्त गरेको छ ।
२ नम्बर प्रदेशको नामाकरण के हुनेछ ?
त्यो त प्रदेशसभाले तय गर्ने कुरा हो । तर, मेरो निजी विचारमा मधेश प्रदेश नाम राख्नु नै उपयुक्त हुन्छ ।
आठवटा जिल्ला मात्रै मधेश हो र ?
मधेशलाई हामी त्यो ८ वटा जिल्लामा मात्रै सिमित राख्ने छैनौँ । अहिले पनि यो सीमाङ्कनलाई हामीले स्वीकार गरिसकेका छैनौं, पूर्वी मधेश र पश्चिमी थरुहट मधेश प्रदेश त हामीले भनि नै रहेका छौँ । तपाईँलाई थाहा नै होला संविधान सभामा मैले फरक प्रस्ताव नै दर्ता गराएको थिएँ । आज पनि हाम्रो पार्टी अहिलेको सीमाङ्कनमा सहमत छैन । त्यो लड़ाईँ जारी नै रहनेछ । संविधान संशोधन गरी सीमाङ्कनको खाका सच्याउनुपर्छ भन्ने हाम्रो अडान त यथावत छ ।
प्रदेशको स्थायी राजधानी कुन ठाउँमा बनाउनुहुन्छ ?
संविधानमा नै के व्यवस्था छ भने प्रदेशसभाको दुई तिहाई बहुमतबाट स्थायी राजधानी तोकिनेछ । प्रदेशसभामा त्यसको छलफल गरेर टुङ्गो लगाइनेछ । अहिले नै त्यस विषयमा बोल्नु उपर्युक्त हो जस्तो मलाई लाग्दैन ।
तपाईँ पर्सा जिल्लाको वीरगञ्जको जनप्रतिनिधि पनि हुनुहुन्छ, वीरगञ्जमा किन राजधानीको माग राखेर आन्दोलन हुँदैछ ?
मेरो प्रयास स्थायी राजधानी वीरगञ्ज बनाउनु हुनेछ । किनभने म वीरगञ्जबाट प्रतिनिधित्व गर्छु । त्यहाँको मान्छेले मलाई भोट दिएर जिताएको हो । त्यसैले पनि मैले आफ्नो ठाउँको जनताको चाहना पूरा गर्नु पर्ने मेरो दायित्व हुन्छ । जनताको चाहनाविपरीत म जाँदिन । तर, पनि स्थायी राजधानीको कुरा प्रदेश सभाको बैठकले नै निर्धारण गर्ने कुरा हो ।
वीरगञ्जको आन्दोलन स्वाभाविक पनि हो । महानगर छ, श्रोत र साधन पनि त्यहीँ छ, मधेश आन्दोलनमा पनि ठूलो योगदान वीरगञ्ज ले दिएकै छ ।
वीरगञ्जलाई त आर्थिक राजधानी बनाउने कुरा पनि छ नि !
आर्थिक राजधानी प्रदेशको मात्र होइन पूरै देशकै पनि आर्थिक राजधानी भनेको वीरगञ्ज नै हो । सबैभन्दा बढी राजश्व वीरगञ्जबाटै आउँछ । गेट वे अफ नेपाल हो । त्यसैले ती सबै कुरालाई म्यानेज गर्नुपर्ने हुन्छ । वीरगञ्जको दाबीलाई नजरअन्दाज गर्न मिल्दैन ।
अहिले वीरगञ्जमा आन्दोलन कसले चलाइरहेको छ ?
म कुनै पार्टीको नाम लिन चाहन्नँ । तर, हारेका नेताहरूले बढी जोड़ दिइरहेका छन् । कांग्रेस, एमाले, माओवादीका नेताहरूले जनता लडाउन चाहेको देखिन्छ ।
प्रदेशको सरकारी कामकाजको भाषा के हुनेछ ?
सरकारी कामकाजको भाषा पनि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । मेरो विचारमा प्रदेशको बहुसंख्यक सबै मातृभाषाहरू सरकारी कामकाजको भाषा रहनेछन् ।
प्रदेश सरकारमा कांग्रेस, एमाले, माओवादीहरुलाई पनि साथ लिनुहुन्छ वा तपाईँहरूको गठबन्धनको मात्र सरकार बन्नेछ ?
त्यो आउने दिनमा कस्तो परिस्थिति हुन्छ, त्यसमा निर्भर रहन्छ ।
तपाईं पार्टीको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, त्यसैले बताइदिनुस् तपाईँको पार्टी केन्द्रीय सरकारमा जान्छ कि जाँदैन ?
सरकारमा जाने कि नजाने भन्ने कुराको पार्टीमा अहिले कुनैपनि निर्णय भएको छैन ।
तर, सरकारमा जाने कुरालाई लिएर एमाले अध्यक्ष केपी ओलीले उपेन्द्र यादवसंग कुरा गरेको भनेर माओवादी अध्यक्ष प्रचण्डले भन्नुभएको थियो नि ?
राजनीतिक दल हो भने कुराकानी हुनु स्वाभाविक हो । कांग्रेसले पनि कुरा गरेको छ । तर, सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीमा कुनै निर्णय भएको छैन ।
चुनावअघि वाम तालमेल भइरहँदा तपाईँको पार्टी पनि जाने कुरा चलेको थियो, त्यसैले फेरि पनि वाम सरकारमा जाने सम्भावना यथावत रहेको कुरा बाहिर आइरहेको छ नि ?
वामपन्थीहरू मात्र नभएर अन्य राजनीतिक शक्तिहरू पनि हामीसंग छन् भनेर उहाँहरुले देखाउन खोजेको मात्र हो । फोरम पनि एउटा राजनीतिक शक्ति हो, त्यो पनि हामीसंग छ भनेर दुनियाँलाई देखाउन खोज्नुभयो, तर हामी उता त गएनौँ नि !
केन्द्र सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा राजपा र फोरमको गठबन्धनले साझा निर्णय गर्ला ?
हाम्रो प्रयास त्यही रहनेछ ।
राजपा र फोरमबीच एकताको कुरा पनि उठेको थियो, एकता प्रक्रिया कुरा कहाँ पुग्यो ?
कुराकानी चलि नै रहेको छ । अहिले तत्काल गठबन्धनमा सँगै काम गर्दै जाँदा एकताको कुरा पनि सम्भव हुनसक्छ ।
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...