×

NMB BANK
NIC ASIA

कोटेश्वरको महाजाम

काठमाडौंको ट्राफिकलाई व्यंग्य : जाम छल्न पैदल हिँड्दै पूर्वप्रधानमन्त्री !

चैत २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २० चैत- मंगलवार बिहान ९ : ३५ बजेको समयमा एकजना भीआईपी काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका थिए । मुखमा कालो मास्क लगाएर फूटपाथमा हिँडिरहेका ती भीआईपीलाई धेरैले चिनेनन् ।

Muktinath Bank

अगाडि–पछाडि रहेका सुरक्षाकर्मीका कारण कतिपयको ध्यान भने उनीतर्फ आकर्षित भयो । उनी थिए चारपटक देशको प्रधानमन्त्री भइसकेका राप्रपा नेता लोकेन्द्रबहादुर चन्द । कोटेश्वरको जामका कारण पैदल हिँड्दै थिए उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सवारी जामका कारण हिँड्दै आएको हुँ, अगाडि गाडी छ,’ पूर्वप्रधानमन्त्री चन्दले लोकान्तरसँग भने । कार्यालय समयमा मंगलवार पनि कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्म पुगेको थियो । 


Advertisment
Nabil box
Kumari

भक्तपुरको लोकन्थली बस्दै आएका पूर्वप्रधानमन्त्री चन्द जाम पर्‍यो भने अरु बेला पनि हिँडेरै कोटेश्वर पार गर्छन् । कार्यालय समयमा हुने जामका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

Vianet communication
Laxmi Bank

लोकेन्द्रबहादुरको घर भएकै कारण सुदूरपश्चिम क्षेत्रबाट राजधानी आएकाले पनि भक्तपुरको लोकन्थली आसपास डेरा बस्न रुचाउँछन् । 

तर पछिल्ला वर्षमा कोटेश्वरको जामका कारण सबै मानिसहरू भक्तपुरमा डेरा बस्न हिचकिचाउन थालेका छन् । मुग्लिन–नारायणगढ सडकखण्डको विस्तारका कारण काठमाडौंदेखि पूर्वीनेपालतर्फ जाने सवारीहरू बीपी राजमार्ग हुँदै चल्न थालेपछि कोटेश्वरमा ट्राफिक जाम बढेको छ । 

गृहमन्त्री रामबहादुर थापाले सोमवार सिंहदरबारमा आयोजित कार्यक्रममा काठमाडौंको ट्राफिक जाम अनेक बेथितिको परिणाम भएको बताएका थिए । केही समयमै नेपाललाई जाममुक्त बनाउने प्रतिबद्धता जनाएका उनले ट्राफिक जामकै कारण देशको विकास हुन नसकेको पनि उल्लेख गरेका थिए । 

हरेकपटक फेरिने गृहमन्त्री, प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखले काठमाडौंको उपत्यकाको जाम हटाउने प्रतिबद्धता जनाउने गरे पनि सर्वसाधारणले भने त्यसको अनुभूति गर्न पाएका छैनन् । 

सरकारी कार्यालयमा सहगोयीको काम गर्ने गट्ठाघरकी कमला भट्टराईले जामका कारण हैरानी व्यहोर्नु परेको बताइन् । ‘समयमा अफिस नपुग्दा जहिले पनि हाकिमको खप्की खानु परेको छ,’ उनले गुनासो गरिन्, ‘कार्यालय सकेर घर फर्किँदा बच्चा निदाइसकेका हुन्छन् ।’

जनसंख्या र सवारीको चापका कारण कोटेश्वर क्षेत्रमा विदाको दिनमा पनि सवारी जाम हुने गरेको छ । सवारी व्यवस्थापनमा खटिएका प्रहरीहरू पनि जाम र धूलोका कारण प्रताडित बनेका छन् । 

याे पनि पढ्नुहाेस्,

कोटेश्वरको जामले रेकर्ड तोड्यो, धपेडीले ट्राफिकका कमाण्डर ढले

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x