कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सरकारी सेवाको क्रममा २५–२६ महिना यातायात मन्त्रालयको सचिव भएर काम गर्ने अवसर पाए । यातायातको सचिव हुँदाका मेरा केही अनुभव अहिले यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट तोड्ने प्रयासजस्तै छन् ।
सरकारले जब–जब यातायात क्षेत्रमा सुधार ल्याउन खोज्यो, तब–तब व्यवसायीहरु झन बलिया भए । भाडादर निर्धारण गर्न पनि सरकारले व्यवसायीको भनेको मान्नुपर्ने अवस्था थियो । भाडादर निर्धारण गर्न खोज्दा पनि व्यवसायीहरुले आफ्नो प्रस्ताव ल्याउँथे, सरकारले त्यसमा छाप लगाउने मात्रै काम गर्दथ्यो ।
यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट हाटउन जसरी अहिले सरकार अगाडि बढेको छ, २०५५ सालतिर पनि यस्तै प्रयास भएको थियो । म त्यतिबेला रुपेन्देहीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिए । भैरहवाबाट काठमाडौंसम्म गाडी चलाउने भन्दै केही व्यवसायीले आधुनिक सुविधासहितका २०–२२ वटा गाडी ल्याए ।
समिति दर्ता गरी चलाउन भनेर उहाँहरुले प्रशासनमा आवेदन दिनुभयो । त्यो कुरा तत्कालीन जलस्रोत मन्त्री शैलेजा आचार्यले पनि सुन्नुभएछ । उहाँलाई यातायात क्षेत्रमा सिन्डिकेट छ भन्ने पनि थाहा थियो । उहाँले सिन्डिकेट तोड्न भनेर ठूलै जोडवल गर्नुभयो । उहाँ र मेरो फोनमा कुरा भइरहन्थ्यो ।
नयाँ गाडीलाई सहज रुपमा दर्ता गरी चलाउन दिनुपर्ने उहाँको अडान थियो । सिन्डिकेट जसरी पनि तोड्नुपर्छ भन्ने अडानकै कारण उहाँले मन्त्री पदबाट राजीनामा दिने अवस्थामा नै आइपुगेको थियो ।
०००
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुँदै थियो, २०५५ सालमा । २–३ महिनादेखिको तयारीले लुम्बिनीमा भव्यताका साथ बुद्ध सम्मेलन सम्पन्न पनि भयो । बौद्ध सम्मेलनको तयारीका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला एक हप्तासम्म लुम्बिनीमै बस्नुभएको थियो । प्राय सबै मन्त्रीहरु लुम्बिनीमा बस्नु भएको थियो । मन्त्रिपरिषद बैठक समेत लुम्बिनीमै बसेको थियो ।
रुपन्देहीको सिडिओको रुपमा बौद्ध सम्मेलन सम्पन्न गर्न मेरो पनि भूमिका थियो नै । सम्मेलन सकिएको दिन लुम्बिनीको होटेल हुक्केमा गिरिजा बाबुले मसँगै करिब आधा घण्टा जिल्ला र राष्ट्रिय समस्याका बारेमा बुझ्न खोज्नुभयो ।
मैले यातायात क्षेत्रमा देखिएको सिन्डिकेट सबैभन्दा ठूलो समस्या रहेको बताए । २०५६ सालको चुनाव नजिक आउँदै थियो, मैले सिन्डिकेट हटाउन सके चुनावमा पनि त्यसले सकरात्मक प्रभाव पार्ने कुरा बताए । गिरिजाबाबुले सिन्डिकेट हटाउने कुरामा दृढता व्यक्त गर्नुभयो ।
मलाई योजना बनाएर ४ दिनपछि काठमाडौं आउन भन्नुभयो । केही तयारी गरेर म काठमाडौं गए । सिन्डिकेट हटाउँदा सरकार नै ढल्ने अवस्था थियो, त्यतिबेला । काठमाडौंको भेटमा मैले सरकारका मन्त्रीले नै सिन्डिकेट हटाउन अवरोध गर्नसक्ने कुरा गिरिजाबाबुलाई सुनाए । उहाँले त्यसको सामना गर्न आफू तयार रहेको सुनाउनुभयो ।
मैले योजना सुनाए, ७ दिनसम्म सिन्डिकेट पक्षधर व्यवसायीका गाडी चल्न नदिने । त्यतिबेलासम्म भारतबाट गाडी ल्याएर चलाउने योजना सुनाए । भारतबाट गाडी ल्याउन त्यहाँका डीएमदेखि प्रदेश र केन्द्र सरकारसँग कुरा भइसकेको थियो । उहाँहरुले पूर्ण सहयोग गर्ने बचन दिनुभएको थियो ।
तर हामीले काम शुरु गर्न नपाउँदै पश्चिम नेपाल बस ब्यवसायी संघसँग आवद्ध व्यवसायीले बुटवलको चौराहामा ल्याएर गाडी तेस्र्याइदिए । म रुपन्देही फर्किसकेको थिए ।
चोकमा अवरोध गर्ने व्यवसायीमाथि बल प्रयोग गर्ने निर्णयमा पुग्यौं । डोजर, स्काभेटर र क्रेनहरु लगेर बुटवल चोकतर्फ लाग्यौं । त्यतिबेला बुटवलको डिएसपी जयबहादुर चन्द हुनुहुन्थ्यो । उहाँलाई सबै प्रहरी फोर्सलाई तयार राख्न निर्देशन दिए ।
सडक अवरोध गर्न तेस्र्याइएका गाडी डोजर लगाएर हटाउने भनेर सबै तयारी भइसकेको थियो ।
त्यतिबेला यातायात मन्त्रालयको सचिव हिरण्यलाल रेग्मी हुनुहुन्थ्यो । काम विशेषले उहाँ पनि सोही दिन आफ्नो बुटवलस्थित घर आउनुभएको रहेछ । यातायात व्यवसायीहरुले उहाँलाई घरमै बन्दी बनाइदिए ।
चारैतिर यातायात ठप्प भयो । मुग्लिनमा ४–५ वटा नयाँ बसहरु जलाइए । यस्तो अवस्थामा पनि हामी पछि हड्ने अवस्थामा थिएनौं । तर गिरिजाबाबुले फोन गरेर ‘ब्याक’ हुने कुरा गर्नुभयो । देशको प्रधानमन्त्रीले नै ब्याक हुने भनेर भनिसकेपछि एकजना सिडिओले के गर्न सक्थ्यो र ?
पछि ती नयाँ गाडीहरु कौडीको भाउमा पश्चिम नेपाल बस व्यवसायी संघका व्यवसायीले नै खरिद गरे ।
त्यतिबेला एमालेसहितको सरकार थियो । गिरिजाबाबुबाहेक त्यतिबेला कांग्रेस र एमालेका सबै मन्त्रीहरु सिन्डिकेटको पक्षमा थिए । कतिपय मन्त्रीका त बस नै थिए ।
०००
गिरिजाबाबु नेतृत्वको तत्कालीन सरकार र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबीच धेरै फरक छ । सँगै चुनाव लडेको वाम गठवन्धनको आफ्नै स्पष्ट बहुमत भएकाले सरकारलाई काम गर्न धेरै सजिलो छ ।
तर अहिले पनि सिन्डिकेट हटाउन सजिलो भने छैन । गिरिजाबाबुले तत्कालीन अवस्था सिन्डिकेट हटाउन खोज्दा अबरोध गर्नेहरु पनि अहिलेको मन्त्रिपरिषदमा छन् । प्रधानमन्त्री ओली कै मान्छेहरु सिन्डिकेट पक्षधर छन् ।
गृहमन्त्री बादलजीले सिन्डिकेट हटाउन भनेर कम्मर कस्नुभएको छ । तर उहाँको पार्टीका अध्यक्ष प्रचण्डजीलाई सिन्डिकेट नहटाउन भनेर दबाब आइसकेको होला । प्रचण्डका नजिकका मान्छे सिन्डिकेट पक्षधर छन् ।
अहिलेसम्म यातायात व्यवसायीहरुले सडकमा समानान्तर सरकार नै चलाइरहेका थिए । उनीहरुले राज्यले निर्माण गर्ने नीति नियमको धज्जी उडाइरहेका थिए । राज्यका नीति नियम आफूले भनेजस्तै हुनुपर्ने उनीहरुको भनाइ थियो ।
यदि यातायात क्षेत्रको सिन्डिकेट मात्रै हट्ने हो भनेपनि नागरिकहरुले ठूलो राहतको महसूस गर्नेछन् ।
कुराकानीमा आधारित
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...