माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
काठमाडौं –१४औं महाधिवेशन आउन करीब १८ महिना बाँकी रहँदा नेपाली कांग्रेसभित्र भावी नेतृत्वका लागि गृहकार्य शुरू भएको छ ।
कोइराला परिवारका सदस्यहरूले नेतृत्वका लागि अग्रसरता लिएसँगै कांग्रेस वृत्तमा तरंग पैदा भएको छ । कोइराला परिवारका सदस्यले देउवाविरुद्ध महागठबन्धन बनाउने समेत बताउँदै आएका छन् । विगतमा आन्तरिक विवादमा रहेको भनिएका कोइराला परिवारका सदस्यबीच पछिल्लो समय लगातारजस्तो भेटवार्ता भइरहेको छ ।
बल्लतल्ल सभापति निर्वाचित शेरबहादुर देउवाले आफ्नो कार्यकाल लम्ब्याउन चाहेमा विधान बाधक हुने छैन । कांग्रेस विधानमा महाधिवेशन एक वर्ष पछाडि लैजान सक्ने व्यवस्था छ । अवस्था अनुकूल भएन भने देउवाले महाधिवेशन एक वर्ष पछाडि सार्न सक्छन् । आफू दोहोरिने सम्भावना रह्यो भने उनले समयमै अर्थात् २०७६ सालको फागुनमै महाधिवेशन गराउने छन् ।
गत मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेस इतिहासकै कमजोर बनेको छ । तर इतर समूहमा देखिएको विभाजनका कारण गुटगत रूपमा सभापति देउवा भने बलियो बन्दै गइरहेका छन् । तर कार्यकर्तामाझ देउवा अलोकप्रिय बनेका छन् । चुनावमा पार्टीलाई लज्जास्पद् पराजयबाट बचाउन नसकेको आरोप उनीमाथि छ ।
देउवाइतर समूहले ‘देश कम्युनिस्टले कब्जा गर्न थाले, पार्टी कब्जा गर्न छाड्नुस्’ भनेर दबाब सिर्जना गर्न थालेका छन् भने देउवाले ‘मसँग होइन सरकारको निरंकुशताविरुद्ध लड्नुस्,’ भनेर भनेका छन् ।
निकटस्थहरूका अनुसार पद र शक्तिमा बसिराख्नु देउवाको शोख हो, आमनेपाली नेताहरू सरह । पार्टीभित्र नेतृत्व परिवर्तन र शीघ्र महाधिवेशनको माग भए पनि देउवाले सुनेकोनसुन्यै गरेका छन् ।
पटकपटक प्रधानमन्त्री बने पनि पार्टी सभापतिको तृष्णा देउवामा मेटिएको छैन । त्यसैले देउवा तत्काल पार्टीको नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । पार्टीको नेतृत्वमा रहिरहन विधान नै संशोधन गर्ने यसअघिको नेतृत्वले स्थापित गरिदिएको परम्परा हो ।
नेतृत्वमा फेरि त्रिपक्षीय भिडन्त ?
२०७२ सालमा सम्पन्न १३औं महाधिवेशनमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएको थियो । संस्थापन पक्षका तर्फबाट तत्कालीन कार्यवहाक सभापति राममन्द्र पौडेल, देउवा तथा पार्टीमा तेस्रो धारको निर्माण भन्दै कृष्ण सिटौला र गगन थापा समूह नेतृत्वका लागि भिडेका थिए ।
सिटौला पहिलो चरणबाटै बाहिरिए भने सिटौलाको साथ पाएर देउवाले रामचन्द्रलाई पराजित गरे । महाधिवेशनको समयमा बनेको कांग्रेसको तेस्रो धार अहिले शिथिलप्रायः छ । बरु कोइराला परिवारका शेखर र शशांकले तेस्रो धार निर्माणको गृहकार्य गरिरहेका छन् ।
संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवालाई चुनौती दिएका गणेशमान पुत्र प्रकाशमान सिंहले पनि नेतृत्वको दाबीसहित देश दौडाहा र कार्यकर्तासँगको भेटवार्तालाई बाक्लो बनाएका छन् ।
उनले केहीदिन पहिले सुदूरपश्चिमका जिल्लाको भ्रमण गरेका थिए ।
कोइराला परिवारका नेतात्रयमध्ये सुजाता मुख्य नेतृत्वको दाबी गर्ने हैसियतमा छैनन् । शेखर र शशांकले कसलाई नेता स्वीकार्लान्, त्यसको फैसला भइसकेको छैन् । कार्यकर्तामाझ र जनतामाझ शेखरको लोकप्रियता बढ्दो देखिन्छ । कोइराला परिवारका सदस्य नेतृत्वका लागि तयार भएमा पूराना नेता केबी गुरुङ समूहको समेत समर्थन हुनसक्ने सम्भावना छ ।
केपी ओली नेतृत्वको सरकारविरुद्ध आक्रामक अभिव्यक्ति तथा पार्टीभित्र सभापतिलाई चुनौती दिएर शेखरले कांग्रेसका एकथरी कार्यकर्ताको मन जितेका छन् । शशांक भने देउवाले १५औं महाधिवेशनमा आफूलाई नेतृत्व दिन्छन् कि भन्ने आशमा छन् ।
दोस्रो पुस्ताका नेताको अवकाश ?
आशन्न १४औं महाधिवेशनबाट दोस्रो पुस्ताका नेताले अवकाश पाउने सम्भवना छ । देउवा र पौडेल समूहका नेता एकले अर्कोलाई स्वीकार्ने अवस्थामा छैनन् ।
शेरबहादुर देउवा टीममा देउवा मात्र सर्वसम्मत छन् । तर देउवाको कोर टीमका विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा. प्रकाशशरण महतले एकले अर्काको अस्तित्व भने स्वीकार्दैनन् ।
पौडेल समूहमा पनि त्यो समस्या बाँकी छ ।
आगामी महाधिवेशनबाट कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, महेश आचार्यजस्ता हस्ती नेताहरू नेतृत्वमा आउन सकेनन् भने उनीहरूको राजनीतिक अवकाश शुरू हुने कांग्रेसभित्र टिप्पणी हुन थालेको छ ।
कोइराला परिवारले छुट्टै समूह बनाएर महाधिवेशनमा गएमा रामचन्द्र पौडेल समूहले प्रकाशमान सिंहलाई लिएर प्यानल बनाउन सक्ने पूर्वानुमान कांग्रेस नेताहरूले गरेका छन् ।
यसअघि पौडेल समूहबाट शशांकले महामन्त्रीमा चुनाव जितेका थिए ।
कांग्रेसमा ‘एम्बाप्पे’को खोजी !
कांग्रेसको आगामी महाधिवेशनसम्मको राजनीतिक समीकरण कस्तो बन्ला भनेर केही नेताहरूसँग कुरा गर्दा एक नेताले भर्खरै सम्पन्न विश्वकपका खेलाडीको नाम लिए । ‘म्याराडोनाले कठीन समयमा गोल गरे, जसका कारण अहिलेसम्म उनको प्रशंसा भइरहेको छ । सबैको समय आउँछ । मेस्सीको समेत जमाना सकिन लागेको समयमा अब एम्बाप्पेको खोजी गर्नुपर्ने समय आएको छ,’ ती नेताले भने ।
सम्भवतः उनले बीपीलाई म्याराडोनासँग तुलना गरे । एम्बाप्पेको खोजी भएपनि पात्र भने फेला परिनसकेको उनको दाबी छ । ‘कांग्रेसभित्रको एम्बाप्पे भनेर गगनलाई पचाउने अवस्थामा अझै बनिसकेको छैन,’ ती नेताले भने ।
१५औं महाधिवेशनपछि गगन थापालगायतका युवाहरूले नेतृत्वमा हस्तक्षेप गर्ने सम्भावना रहे पनि कृष्ण सिटौला नेतृत्वमा आउने सम्भावना तत्काल नदेखिएको उनको विश्लेषण छ ।
‘सिटौलाजी च्याखेको राजनीति गर्न लाग्नुभयो । देउवासँग बार्गेनिङ गरेर गगन र भीमसेनदासलाई मन्त्री त बनाउनु भयो । अब सिटौलाको गुट नभई गगन—प्रदीपको गुटमा सिटौला रहने अवस्था देखिँदैछ ।’
यसबीचमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे लगायतका ७ नेताले ‘सतभैया समूह’ बनाएर नेतृत्वविरुद्ध चुनौती दिएपनि उनीहरू अहिले लगभग सेलाएका छन् ।
गच्छदार समूह रुष्ट
चुनावको पूर्वसन्ध्यामा ‘लोकतन्त्र बचाउन प्रजातान्त्रिक गठबन्धन बनाउन जरुरी भएको’ भन्दै कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार समूह आफूहरूलाई जिम्मेवारी नदिइएको भन्दै रुष्ट छ । पूर्वसहमति विपरीत आफूलाई उपसभापतिमा मनोनयन नगरिएकोमा गच्छदार देउवासँग रुष्ट छन् ।
गच्छदार समूहले अलग्गिनेसम्मको चेतावनी दिएको छ । तर दल त्याग ऐनका कारण सांसद पद धरापमा पर्नेगरी गच्छदार त्यो तहसम्म उत्रिने सम्भावना छैन । रामजनम चौधरीलगायत संसदमा नभएका नेताहरूले असन्तुष्टि जनाएपनि राष्ट्रियसभामा ६ वर्षे कार्यकालको चिट्ठा परेका जीतेन्द्र देव मौन छन् ।
पार्टीभित्र नेतृत्वको विवाद भएपनि सभापति शेरबहादुर देउवा भने यतिबेला उपचारका लागि विदेश भ्रमणमा छन् । ‘हामीले राज्यको पुनर्संरचना गर्यौं, तर आफ्नै पार्टीको विधानलाई संघीय स्वरूपमा पुर्नसंरचना गर्न नसक्दा सरकारलाई आलोचना गर्ने नैतिक बल गुमाएका छौं,’ कांग्रेसका एक नेता भन्छन् ।
देउवाको कार्यशैलीप्रति उनकै समूहका नेताहरू समेत सन्तुष्ट छैनन् । देउवा समूहको भनेर परिचित पूर्वसांसद रामहरि खतिवडा भन्छन्— ‘कांग्रेसको पुनर्संरचना गरेर जानुपर्ने अवस्था थियो, कांग्रेसलाई २१औं शताब्दी अनुकूलको गतिशील पार्टी बनाउने विषयमा नेतृत्वमा इच्छा शक्ति देखिँदैन । तेरो मेरो होइन, राम्रो रोज्नु पर्नेमा त्यसो भएको छैन ।’
कोइराला परिवारले नेतृत्व दाबी गर्नु स्वभाविक : घिमिरे
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे कोइराला परिवारले नेतृत्व लिन्छु भन्नु स्वभाविक रहेको बताउँछन् ।
‘पार्टी सम्हाल्छौं र नेतृत्व लिन्छौं भन्ने कुरा स्वभाविक हो, तर यसको आन्तरिक व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने हेर्न बाँकी छ,’ घिमिरे भन्छन, ‘तर उहाँहरूलाई पार्टीभित्र गुट बनाउने छुट छैन ।’
कांग्रेस स्थापना र लोकतन्त्रको रक्षाका लागि कोइराला परिवारले ठूलो त्याग गरेको इतिहास रहेका कारण नेतृत्वको दाबी गर्नु नौलो कुरा नभएको घिमिरेको तर्क छ ।
‘विगतमा कोइराला परिवारले सुवर्ण शम्शेर र कृष्णप्रसाद भट्टराईलाई नेतृत्वमा पुर्याएको पनि इतिहास छ, योजनाको नेतृत्व आफूले लिएर पार्टी सम्हाल्ने कुरा पनि हुनसक्छ,’ उनी भन्छन् ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...