×

NMB BANK
NIC ASIA

नेपालजीत लामाको ‘मन्थन’ पुस्तक लोकार्पण

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — राजनीतिकर्मी तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक सोमवार लोकार्पण गरिएको छ । 

साहित्यकार तथा पूर्वसांसद नारायण ढकाल, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ३ का माननीय सांसद कृष्ण राई, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ३ का प्रदेश सांसद रामेश्वर फुँयाल, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ३ का प्रदेश सांसद छिरिङ दोर्जे लामा, जापानका लागि नेपाली पूर्वराजदूत डाक्टर गणेश योन्जन , घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रमुख अतिथि नारायण ढकालले संसारमा राजामाहाराजाको मात्र ईतिहास बनेकोमा घोष्टराईटिंगका कारण सामान्य मान्छेको कथा आउन थालेकोमा खुशी ब्यक्त गर्नुभयो र भन्नुभयो नेपालजीत लामाको  बौद्ध क्षेत्रमा अतुलनीय समाजिक योगदान रहेको छ । राजनीति र समाजसेवामा उहाँको योगदान बारे यो किताबमा त्यति नबोले पनि अरु कुरा साहसिक ढंगमा आएको छ । 

किताबमाथि समिक्षा गर्दै पुर्व राजदुत गणेश योन्जनले किताबले नेपालजीत लामाको सम्पुर्ण ब्यक्तित्व नसमेटे पनि उहाँको ब्यक्तित्व बारे राम्रै बोलेको बताउनुभयो । अर्का वक्ता काठमाडौ क्षेत्र नम्बर ३ प्रदेश सभाका सांसद रामेश्वर फुँयालले राजनीतिमा समकक्षी नेपालजीत लामाको साहसका कथा किंवदन्ती जस्तो लाग्ने बताउदै राजनीतिबाट उहाँ किनारमा रहन नुहने बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सांसद कृष्ण राईले नेपालजीत लामाको पुस्तक पुर्वी काठमाडौ क्षेत्रकै लागि उर्जा भएको बताउदै भन्नुभयो “नेपालजीत लामाको धेरै कार्य स्तुत्य छन , राजनीतिमा उहाँ भएको भए म अहिले सांसद भएर बोलिरहेको हुने थिएन मन्चमा बसेर उहाँको भाषण सुनिरहेको हुने थिए , नयाँ पुस्तालाई चान्स दिएर उहाँले बाटो खाली गरेपनि सधैव सल्लाह सुुझाव लिने नै छौ ।”

घोष्टराईटिंग नेपालका अध्यक्ष कमल ढकालले समाजमा आत्मवृतान्त मपाईको पुलिन्दा भईरहेकोमा यो किताब फरक रहेको बताउदै भन्नुभयो “कोहि लेखकले मैले गुन्डागर्दी गर्थे , म मुर्ख थिए मैले टयाब र रक्सि खान्थे भन्ने पुस्तकमा नलेखेको उहाँले त्यो कुरा वर्णन गर्दै आफु सुध्रेको कहानी लेखेको बताउनुभयो ।”घोष्टराईटिंग नेपालले समाजका फरक क्षेत्र र ब्यक्ति समेटदै किताब लेखिरहेकोमा यो किताबमा पनि फरक प्रेरणा रहेको बताउनुभयो । काठमाडौ क्षेत्र नम्बर ३ का प्रदेश सभा सांसद छिरिग दोर्जे लामाले नेपालजीत लामा आफ्नो काका र फरक पार्टीको भएपनि बौद्ध क्षेत्र नेपालजीतको प्रेरणाले बाचेको बताउनु भयो । आज पनि नेपालजीत लामाले चुनाव लड्छु भने यहाँ एक नम्बरमै जित्ने उनले बताए । 

लेखक नेपालजीत लामाले जीवनगाथा लेख्ने बेला नभए पनि घोष्टराईटिङ नेपालले पटक पटक घचघचमएको कारण आफु किताब लेख्न लागेको बताउनुभयो । नेपाली समाजमा देखेको कुरा आफुले केही नाम सहित र केही नाम विनाका सत्य कुरा लेखेको उनले बताए । आफ्नो किताबले समाजमा केही प्रेरणाका चिज थप्न सके आफुले केही राम्रो काम गरेको ठान्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

आत्मवृतान्तमा आधारित मन्थन घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको हो । पुस्तकको मुल्य ३५० रुपैंया रहेको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x