जेठ १६, २०८०
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
मंसिर ३, २०७५
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि नेपाली कांग्रेस अहिले महासमिति बैठकको तयारीमा छ । सरकारका कामकारवाहीमाथि खबरदारी गर्नुपर्ने कांग्रेस आन्तरिक वादविवादमा अल्झिएको छ ।
अर्काे आम निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुने भएकाले पनि कांग्रेसभित्र नेतृत्वमा पुग्ने कसरत शुरू भइरहेको छ । कांग्रेसको आन्तरिक राजनीति र सरकारका कामकारवाहीबारे कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीडा. प्रकाशशरण महतसँग लोकान्तरकर्मीअजय अनुरागी ले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे तपाईको विश्लेषण के छ ?
संघमा दुईतिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकार बनेको छ । संविधानको कार्यान्वयन हुँदै देश अब स्थिरताको बाटोमा अघि बढ्यो, देश अब आर्थिक समृद्धिको दिशामा अगाडि बढ्छ भन्ने जनताको सामान्य अपेक्षा शक्तिशाली सरकारसँग थियो । तर कम्युनिस्ट सरकारको पछिल्लो ९ महिनाको कामकाज हेर्दा त्यो ठाउँमा देश पुग्ने लक्षण देखिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीजीले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा त दिनुभयो । तर कुरा गर्न मात्र सजिलो काम गर्न सकिएको छैन । ५ वर्षको लागि निर्वाचित सरकारको ९ महिनाको कार्यकालमै सरकारबाट जनता वाक्कदिक्क भइसकेका छन् । मूल्यवृद्धि भइरहेको छ । करमाथि कर थपिएको छ । विगतमा केन्द्रमा २६ प्रतिशत कर हुन्थ्यो । तर अहिले ३६ प्रतिशत भएको छ । तीनै तहमा जनताले दोहोरो कर तिर्नुपरिरहेको छ । बैंकको ऋणको ब्याज दर उच्च छ । शान्ति सुरक्षाको अवस्था पनि त्यस्तै छ । मान्छेहरू मारिएका छन् । कानून अनुसार चल्दा पनि जनतालाई सुख छैन । हत्या, हिंसा, बलात्कार बढेको छ ।
निर्मला पन्तको जघन्य बलात्कार र हत्या घटनाको ढाकछोप गर्ने काम भइरहेको छ । रक्षक नै भक्षक भएको छ । कानूनको रखवाला पुलिस प्रशासन, शासन, सत्ताको काम भनेको जनताको जिउधनको सुरक्षा प्रदान गर्नु हो । तर उसैले सारा प्रमाण नष्ट गर्ने काम गर्छ । कसरी प्रमाण नष्ट गरियो त्यो छर्लङ्ग भइसक्यो । अझै अनुसन्धान गरिरहेको छु भनेर भनिएको छ । तर परिणाम शून्य छ ।
सर्लाहीमै हाम्रो कार्यकर्ताको हत्या गरियो । स्वःस्फूर्त राजनीतिक आस्थामा लाग्नेलाई पार्टी परिवर्तन गर्न दबाब दिने, नमान्दा हत्या नै गरिदिने नेकपाको प्रवृति देखिएको छ । समग्र देशको परिवेश हेर्ने हो भने महंगाई बढेको छ । राज्य संरचनालाई कानून अनुरुप होइन कि व्यावसायिकता अनुरुप होइन कि पार्टीप्रति ‘लोयल’ भएर सत्तामा बसेका व्यक्तिको अनुसार काम गर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । न्यायपालिकाले पार्टीको कुरा मान्नुपर्ने भनिँदैछ ।
विश्व बैंकको प्रतिवेदनले के भन्यो भने नेपालमा ७५ प्रतिशत वैदेशिक लगानी घटेको छ । विगतभन्दा ५ तह तल झरेको छ लगानी । उद्योग व्यवसाय गर्ने माहोल घट्दै गएको छ । त्यति मात्र होइन, नेपालमै रहेको नेपाली पूँजी विदेश पलायन भइरहेको छ । नेपालकै नेपाली लगानीकर्ताले नेपालमा पूँजी लगानी गर्न छोडेको छ ।
लगानीकर्ताले सत्ताधारी दलका शक्तिशाली मानिसलाई चित्त बुझाउनुपर्यो । त्यसपछि बैैंकको व्याजदर हाबी, करको मार । प्रतिफल नै नभएपछि कसले लगानी गर्ने ?
लगानी वृद्धि नभई उद्योग व्यापार बढ्दैन । उद्योग व्यापार नबढे उत्पादन बढ्दैन । उत्पादन नबढे रोजगारी बढ्दैन । रोजगारी नबढे समृद्धि कसरी आउँछ ? त्यसैले नारा दिएर मात्र हुँदैन । घरघरमा ग्यास पाइपलाइन जोड्छु भनिरहेका थिए, अब विद्युत् लाइन पुर्याउँछु भन्दैछन् । त्यसैले यो ओली सरकार बोल्न मात्र सिपालु छ, काम गर्न जान्दैन । संविधानलाई मिच्ने काम गरिरहेको छ । फरक दल र लिङ्गको सभामुख र उपसभामुख हुनुपर्ने संविधानमा व्यवस्था भएपनि मिचेको छ ।
ओली सरकारले जसरी काम गरिरहेका छन्, त्यसैगरी हामी कांग्रेसले गरेको भए हायलकायल भइसकेको हुन्थ्यो । यिनीहरूले हामीलाई थाल खानु कि भात खानुसम्मको अवस्थामा पुर्याउँथे । एयर बसमा त्यत्रो घोटाला भएको छ । चिनीकाण्डमा त्यस्तै घोटाला भएको छ । १ अर्ब ६५ करोड रुपैयाँको घोटाला भएको भनेर कम्युनिस्ट पार्टीकै सांसदले भनेका छन् । घोटालाको प्रमाण समेत उनीहरूले प्रस्तुत गरेका छन् । बुढीगण्डकीमा त्यस्तै प्रक्रिया मिचिएको छ ।
नेपाली कांग्रेस पराजित हुनुको कारण के के थियो, समीक्षा त गर्नुभयो ?
२०७० सालको चुनावभन्दा हाम्रो मत प्रतिशत बढेकै हो । २०७० सालमा २९ प्रतिशत मत ल्याएर हामी देशको पहिलो पार्टी बनेका थियौं । तर यस पटक ३३ प्रतिशत समानुपातिक र ३६ प्रतिशत प्रत्यक्षतर्फ मत ल्याउँदा पनि हामी हार्यौं । मधेशमा मधेश केन्द्रित दलले गठबन्धन गरे । उता नेकपा एमाले र माओवादीले गठबन्धन गरे । त्यो नै हाम्रो हारको मुख्य कारण बन्न पुग्यो ।
हामीले एक्लै लड्यौं । हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीको ध्यान भने जसरी पनि सफलतापूर्वक निर्वाचन गराउनेतर्फ नै केन्द्रित रह्यो । हामीले पनि गठबन्धन गरेर जानुपर्छ भन्नेतर्फ कम समयका कारण केन्द्रित हुन सकेनौं । त्यसैले अब हामीले कम्तिमा पनि १० देखि १२ प्रतिशत मत बढाएर ४५ प्रतिशतसम्म पुर्याउनेतर्फ केन्द्रित भएका छौं ।
आगामी निर्वाचनमा मत प्रतिशत ४५ पुर्याउने के–के आधार छन् ? त्यसै त भोट बढ्दैन होला ?
नेकपा र मधेशी गठबन्धनलाई जनताले दिएको भोट फिर्ता गराउने हो । दुवै गठबन्धनले जनतालाई सपना बाँड्ने काम मात्र गर्यो । तर काम गर्न सकेन भनेर जनताले हेरिरहेका छन् । कुरा त उनीहरूले जनतालाई प्रशस्तै पिलायो । तर काम गर्न सकेन ।
हामीले विगतका कामको विज्ञापन गर्न सकेनौं । हाम्रो गल्ती पनि के हो भने हामीले गरेका त्यत्रा राम्रा–राम्रा काम पनि जनतासम्म पुर्याउन सकेनौं । हामीले गरेका काम पनि उनीहरूले नै गरेको भनेर झूटा प्रचारसम्म गर्दा रहेछन् । त्यसैले अब हामी जनतासामु गएर सबै कुरा प्रष्ट रूपमा भन्ने छौं । ओली सरकारको गलत काम र जनविरोधी कामको पर्दाफास गर्नेछौं ।
प्रतिपक्षको भूमिका कांग्रेसक सशक्त हुन किन सकेन ?
भोट प्रतिशत हामीले प्रशस्त पाएपनि संख्याको आधारमा सदनमा हाम्रो उपस्थिति अत्यन्तै न्यून छ । फेरि कम्युनिस्ट पार्टीको शक्तिशाली दुईतिहाईको तामझामबीच हामीले कराएपनि कम देखिनु स्वभाविक नै हो ।
त्यसैपनि कम्युनिस्ट सत्ता हो । हा...हु गरेर आएको परिवेशमा मिडियाले पनि हाम्रो कुरालाई महत्त्व दिएको छैन । हामीले सदनमा बोलेका कुरा मिडियामा आउँदैन । मिडियामा पनि नियन्त्रण र निषेध छ । प्रेसलाई खबरदारी गरिएको छ । हेरौंला, देखौंला भन्ने भएको छ ।
पार्टीको महासमिति बैठकअघि सुजाता कोइरालाको निवासमा कोइराला परिवारसँगै केही नेताहरुले लन्च मिटिङ गर्नुभयो, त्यसलाई संस्थापन पक्षले कुन रूपमा लिएको छ ?
लन्च, डिनर, चिया, कफी खान त कसले रोकेको छ र ? तर सबैभन्दा पहिले देश, त्यसपछि पार्टी र अनि मात्रै व्यक्ति हुनुपर्छ । पार्टीभन्दा पनि ठूलो कसैले आफूलाई ठान्नुभएन । नभए आफैलाई सभापति घोषणा गरेर गए भइहाल्यो नि ! हाम्रो पार्टीमा अर्को ठूलो समस्या के देखिएको छ भने पार्टी संगठनको परिधी, सीमा नाघेर जे भनेपनि हुने, जे गरेपनि हुने । एक किसिमको त्यो स्वतन्त्रता नै छ । तर पार्टीमा चाँडै अनुशासन समिति बनाएर त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।
नेपाली कांग्रेसका सभापति देउवाले एकल निर्णय गरी लाध्न खोज्यो भनेर आरोप लागेको छ....
केन्द्रीय समितिको बैठकमा त्यस्तो कुरा कहिल्यै उठ्दैन । तर मिडियामा साथीहरूले त्यस्तो गुनासो गर्दा म पनि छक्क पर्छु । पार्टी सभापतिलाई विधानले जे अधिकार दिएको छ, त्यसको त प्रयोग गर्न सक्नुभएको छैन ।
जस्तैः सम्पादन समिति बनाउने, विभाग गठन गर्ने लगायतको काम गर्न सभापतिले बहुमतको आधारमै पनि गर्न सक्नुहुन्छ । तर उहाँ चाहिँ सबै साथीको मन बुझेर सबैलाई चित्त बुझाएर सर्वसम्मत गर्नेतर्फ जानुहुन्छ । बरु मेरो बुझाई त के हो भने उहाँ अनिर्णयको बन्दी बन्नुभएको छ । त्यो उहाँको कमजोरी हो । मेरो भनाइ त झन् के छ भने – हो उहाँले सबै साथीको भावनालाई समेट्न कोसिस गर्नुपर्छ । तर त्यसैको नाउँमा अनिर्णयको बन्दी भने बन्नु हुँदैन । निर्णयमा ढिलासुस्ती गर्नुभएन । जसले गर्दा संगठनको गतिशिलतामा ब्रेक लाग्छ ।
महासमितिको बैठकमा के कुरा हुँदैछ ?
संघीय संरचना अनुसार हाम्रो पार्टीको विधान परिवर्तन हुँदैछ । विधानलाई संशोधन गर्दै अझ थप समावेशी संरचना बनाउने कुरा हुन्छ । उपसभापति बिमलेन्द्र निधिको संयोजकत्वको कार्यदलले ल्याउने राजनीतिक प्रस्ताव, म आफैं संयोजक रहेको कार्यदलले ल्याउने आर्थिक प्रस्ताव पारित हुनेछ । हाम्रो आफ्नै पार्टीको सबल र कमजोर पक्षका बारेमा छलफल हुनेछ । ओली सरकारको काम कारबाहीबारे छलफल हुनेछ ।
संघीयता कार्यान्वयनको अवस्थाबारे कांग्रेसको धारणा के छ ?
हामीले संघीयता एउटा नयाँ परीक्षण गरेका छौं । संघीयतालाई सफल बनाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । तर सत्ताधारीले भने धेरै चाख राखेको छैन । नयाँ संरचनालाई अन्डरमाइन गर्ने बाटोमा हिँडिरहेको छ । यो बेठीक हो । संघीयतालाई सफल पार्नुपर्छ । संविधानले परिभाषित गरेको आधारमा ऐन, कानून बनाउनुपर्नेमा ओली सरकार चुकिरहेको छ ।
संघीय ऐनदेखि वित्तीय आयोग तत्कालै बनाएर जानुपर्नेमा ओली सरकारले तत्परता देखाएको छैन । वित्तीय आयोग बनाएर तत्काल छानबिन गर्नुपर्यो, दोहोरो कर हटाउनुपर्यो । भारतजस्तो देशमा त जीएसटी लागू गरेर एउटा कर प्रणालीमा गएको छ ।
धर्मनिरपेक्ष राष्ट्र भनेर संविधानमा लेखिसकेपछि कांग्रेसभित्र अहिले हिन्दू राष्ट्रको बहस चलिरहेको छ होइन ?
नेपाल हिन्दू बहुल राष्ट्र हो । सनातन धर्मदेखि बौद्ध धर्म, प्रकृति धर्म, मुस्लिम धर्म लगायत विभिन्न धर्म मान्ने धर्मावलम्बी छन् । हरेकले आ–आफ्नो आस्था अनुसार धर्म मान्न पाउनुपर्छ । तर जोरजबर्जस्ती गरेर, आर्थिक प्रलोभनमा पारेर, चलनचल्तीको धर्म संस्कृतिलाई गालीगलौज गरेर, अर्को धर्मलाई नराम्रो ढंगले प्रस्तुत गरेर धर्मान्तरण गर्ने प्रवृत्ति भने ठीक होइन । त्यसको त खिलाफ गर्नैपर्छ ।
जहाँसम्म हिन्दू धर्मको कुरा हो, हाम्रै संविधानमा धर्मनिरपेक्ष भनेर लेखिएको भएतापनि ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको रक्षा गर्ने दायित्व राज्यको हो’ भनेर तल प्रष्ट लेखिएको छ । त्यसैले हाम्रो धर्म संस्कृतिमाथि कहीँकसैबाट यदि आक्रमण भइरहेको छ भने त्यसलाई राज्यले रोक्नुपर्छ ।
बेलायतको लोकप्रिय पत्रिका गार्जियनमा नै आइसकेको कुरा के हो भने चितवनमा कसरी धर्मान्तरणका लागि रुपैयाँ आइरहेको छ । चितवनको उदाहरण दिँदै त्यो पत्रिकाले लेखेको छ कि ५ वटा मन्दिर भएको ठाउँमा ३० वटासम्म चर्च बनिसकेका छन् । पश्चिमा मिडियाले नै त्यो रिपोर्ट प्रकाशित गरिसकेको छ । आर्थिक प्रलोभनको आधारमा धर्मान्तरण गर्न नपाउने भनेर कानूनले पनि निषेध गरेको छ । त्यसैले राज्यले धर्मान्तरणलाई रोक्नुपर्छ ।
तपाई पूर्व परराष्ट्रमन्त्री समेत भएकाले अहिलेको ओली नेतृत्वको सरकार राष्ट्रियताको मुद्दामा वा राष्ट्रवादी छवि कायमै राख्न सफल भएको छ कि छैन ?
ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद हो । सत्तामा जाने भर्याङ मात्र हो । उदाहरण स्वरूप म भन्न चाहन्छु कि माओवादीले जनयुद्ध शुरू गर्नु अगाडि प्रस्तुत गरेको ४० बुँदे मागमा त ९ बुँदे माग भारतसँग सम्बन्धित थियो । यहाँसम्म कि नेपालमा भारतीय सिनेमा समेत बन्द गरिनुपर्छ । गोर्खा भर्ती केन्द्रदेखि लिएर भारतको पूरै लगानी प्रतिबन्ध गरेर राष्ट्रियकरण गरिनुपर्छ भन्ने थियो । तर बाबुराम भट्टराई प्रधानमन्त्री बनेर भारत भ्रमणमा जाँदा भारतको लगानीलाई संरक्षण गर्नुपर्छ भन्दै विप्पा सम्झौता गरेर आउनुभयो ।
जनताको भावनासँग खेलेर असुरक्षाको भावना सिर्जना गरेर हामी मात्र गर्न सक्छौं भनेर जनताको समर्थन लिने र सत्तामा पुगेपछि ठीक उल्टो काम गर्ने गरेका छन् । ओलीजीले पनि पहिले धेरै चर्को–चर्को कुरा गर्नुभयो । तर अहिले त उहाँको सबै राष्ट्रवाद त कुरा मत्रै काम त केही पनि गर्नुभएन ।
बरु मधेश आन्दोलनको बेला नाकाबन्दी भएको बेला हामीले कुटनीतिक तहमा कुटनीतिक तरिकाले कुरा गर्यौं । ओलीजीले चर्को स्वरमा भारतको विरोध सार्वजनिक रुपमा नै गर्नुभयो । चुनावमा त्यसको फाइदा पनि लिनुभयो । तर सत्तामा पुगेपछि त्यस्तो कुनै लक्षण देखाउनुभएको छैन ।
म परराष्ट्रमन्त्री भएको बेलामा हामीले भारत सरकारसँग कारण, आधार, तथ्यांकको आधारमा मोदीजीसँग आँखामा आँखा जुधाएर हाम्रो कुरा राख्यौं । काठमाडौंमा मोदीजी आउँदा हाम्रो पार्टी डेलिगेसन गएको बेला मोदीजीले भन्नु पनि भयो कि ‘आप के परराष्ट्र मन्त्रीजी तो लगे के लगे रहते थे’ । तराई मधेशमा डुबानको समस्या छ भनेर प्रष्ट रूपमा कुरा राखेपछि दुवै देशको परराष्ट्रमन्त्री तहको संरचनामा ‘ज्वाइन्ट इन्सपेक्सन’ टीम बनेर काम शुरू भएको थियो ।
नेपालमा विदेशी शक्तिको चलखेल कति बढेको ठान्नुहुन्छ ?
बढेकै छ । उनीहरू त जहिले पनि चलखेल गर्न खोजिहाल्छन् । तर हामीले हाम्रो आफ्नो देशको हितलाई ध्यानमा राखेर चनाखो बस्नुपर्ने हुन्छ । हामी जुनसुकै पार्टीमा लागेपनि, जुनसुकै पार्टीको सरकार रहेपनि परराष्ट्र मामिलामा एक भएर जानुपर्छ ।
मेरै पालामा नेपालको परराष्ट्र नीतिलाई रिभ्यू गर्नका लागि १७ जना जति विज्ञलाई राखेर समिति बनाउन लगाएको थिएँ । प्रधानमन्त्री शेरबहादुरजीले त्यसलाई बुझ्नु पनि भएको थियो । तर अहिलेको ओली सरकारले त्यसलाई थन्काएर राखेका छन् ।
ओली सरकारको कदमलाई कसरी हेर्नुभएको छ ?
वर्तमान ओली सरकारले भारतको विषयमा त चुइक्क बोल्नुभएको छैन । चीन सरकारले बेल्ट एण्ड सिल्क रोडको प्रस्ताव ल्याउँदा मैले पटक–पटक अध्ययन गराएँ । मेरो आलोचना पनि भयो । तर त्यो हाम्रो देशको हितमा हुनेछ कि छैन भन्ने विषयमा अर्थशास्त्रीदेखि विभिन्न विद्वानसँग छलफल गराएर, अध्ययन गराएर मात्र सैद्धान्तिक सम्झौता गर्नुपर्छ भन्दै सम्झौता गरेको हो ।
अबको ओली सरकारले के ध्यान दिनु जरूरी छ भने कुन–कुन विषयमा कस्तो सम्झौता गर्ने भन्नेबारे ख्याल गरेर परियोजना चयन गर्नुपर्छ । बुढीगण्डकी जस्तै आँखा चिम्लेर काम गर्नु हुँदैन । जुन आयोजनाले देशको हित गर्दैन, अर्बौंको ऋणको प्रतिफल केही पनि नआउने आयोजनामा काम गर्नुभएन, चीन सरकारसँग सम्झौता गर्दा । जथाभावी प्रोजेक्ट चुन्नेतिर सरकार गयो भने देश ऋणमै डुब्छ । तर प्रतिफल केही पनि नआउन सक्छ ।
मोदीजीले रक्सौलदेखि काठमाडौंसम्म रेल बनाउने र चीन सरकारले केरुङदेखि काठमाडौंसम्म रेल बनाउने कुरा भएको छ । मैले नै सबैभन्दा पहिले त्यस विषयमा बोलें कि त्यो दुवै आयोजना अनुदानमा मात्र बनाउनुपर्छ । हामीले ऋण लिएर त्यो आयोजना बनाउनु हुँदैन । सयौं वर्षपछि मात्र प्रतिफल नेपालले पाउने हुनाले अन्य पूर्वाधार विकासको काम पछाडि पर्न सक्छ ।
ओली सरकारले मन्त्रिपरिषद्को निर्णय तत्कालै सार्वजनिक नगर्ने विषयबारे तपाईको के प्रतिक्रिया छ ?
मन्त्रिपरिषद्को निर्णय लुकाउनुपर्ने कुनै कारण नै छैन । हाम्रो कांग्रेस नेतृत्वको सरकारको पालामा निर्णय हुने बित्तिकै तत्कालै सरकारको प्रवक्ताले निर्णय मिडियामा सार्वजनिक गर्थे । तर अहिले मिलाएर मात्र भन्ने भनेर भनिएको छ ।
मन्त्रिपरिषद्को निर्णय परिपक्व हुन पनि ७२ घण्टा समय चाहिन्छ रे नि !
त्यो त राजपत्रमा प्रकाशित गर्नको लागि समय लाग्ला । तर निर्णय गरेको कुरा जनतासामु सार्वजनिक गर्न के अप्ठ्यारो भयो ? सरकारको यो सबै लक्षण भनेको जनतालाई नियन्त्रण र निषेध गर्नेतिर अग्रसर भएको हो । ओली सरकार अधिनायकवादी दिशातर्फ अग्रसर छ । समृद्धि सिर्जना गर्नेतर्फ जानुपर्नेमा कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको लक्षण हो । कम्युनिस्ट सरकारले वैकल्पिक भिजन समेत दिन सकेको छैन ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...