×

NMB BANK
NIC ASIA

फेरि जन्मेलान् नारायण गोपाल !

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–
            ‘म त लालीगुराँस भएछु, 
            वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ 

Muktinath Bank

नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाउनुभयो, सबै गीत त्यति नै उचाइका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो र त्यही बेलादेखि नै उहाँले आफ्नो साङ्गीतिक यात्र शुरु गर्नुभएको थियो । सबैभन्दा पहिला उहाँले साथी मणिकरत्न स्थापितको घरमा बसी उहाँका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिक्नुभएको थियो । पहिलो पटक उहाँले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाउनुभएको थियो । 


Advertisment
Nabil box
Kumari

उहाँका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भन्नुभएको छ, “नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उहाँको गीत जति उचाइमा छ, उहाँको मूर्तिको पनि कुनै मूल्य छैन ।” उहाँलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उहाँ आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व हुनुहुन्थ्यो । 

Vianet communication
Laxmi Bank

        ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी
        तिमी नै भनिदेउ ए... जाने नि निठुरी’

नारायण गोपाल स्वयंको शब्द र सङ्गीतमा रहेको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिनुभएको थियो । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उहाँको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताउनुहुन्छ । “उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो”, मुकारुङ थप्नुहुन्छ, “उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।” उहाँलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उहाँलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उहाँ बताउनुुहुन्छ । “आजभोलि नपिउने त को नै होलान र !”, उहाँले आक्रोस पोख्नुभयो । 

नारायण गोपालको भेट दाजर्लिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उहाँको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उहाँहरुको मितेरी साइनोसमेत जोडिएको थियो । नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाउनुभएको थियो । उहाँलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उहाँले दार्जिलिङका हरिभक्त कटुवालका गीतसमेत गाउनुभएको थियो । 

‘जुन फूल मैले टिपेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उहाँले गाउनुभएको थियो । दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उहाँको परिवारिक  सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उहाँ र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उहाँ निःसन्तान हुनुभए पनि उहाँ पारिवारिक कारणबाट कहिल्यै निराश हुनुहुन्नथ्यो ।  

विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपाल भने कहिल्यै चाकडी गर्न रुचाउनुभएन । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उहाँ कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्नुहुन्नथ्यो । सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावको हुनुुहुन्थ्यो । 

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको हुनुभए पनि उहाँ नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहनुभएको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउनुहुन्छ । सङ्गीतकार रायमाझी भन्नुुहुन्छ, “उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।” उहाँले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको उहाँ बताउनुहुन्छ । आफूले एकपटक भेटेको व्यक्तिलाई उहाँ कहिल्यै पनि नभुल्ने उहाँले बताउनुभयो । 

नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिनुभएको थियो । उहाँले गाउनुभएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ ले उहाँलाई अझै चर्चाको शिखरमा पु¥याएको थियो । उहाँले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिनुभएको थियो । ‘हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिनुभएको थियो । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ । 

उहाँले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिनुभएको थियो । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उहाँका गीतका प्रमुख विशेषता हो । उहाँले पहिलोपटक प्रेमध्वज र मणिकको सङ्गीतमा गीत गाउनुभएको थियो । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उहाँमा कहिल्यै पनि घमण्ड भने थिएन । 

नाचघरमा उहाँ कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुग्नुभएको थियो । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्नुहुन्छ । पछि उहाँले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाउनुभएको थियो । 

सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुुुहुन्छ, “सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उहाँ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनुहुन्नथ्यो ।” नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ । मीना घोरसाइने, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x