×

NMB BANK
NIC ASIA

ठगी मुद्दाका आरोपित रुप ज्योतिलाई पक्राउ गर्न प्रहरीको आलटाल

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ठगी मुद्दाको अभियोगमा जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारि गरिसके पनि प्रहरीले व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष रुप ज्योति (कंसकार)लाई पक्राउ गर्न आलटाल गरेको छ । 

Muktinath Bank

महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले बिहीवार रुप ज्योतिविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर, पक्राउ पूर्जी जारी भइसकेपछि भने प्रहरीले रुप ज्योतिलाई पक्राउ गर्न आलटाल गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रालिमार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो । 


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रालिलाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

Vianet communication
Laxmi Bank

रुप ज्योतिले २०७१ सालमा ल्याण्डमार्क डेभलपर्स प्रालिका नामबाट बाँसबारीमा निर्माण हुने हाउजिङमा मल्लका लागि ७ आना क्षेत्रफलको जग्गामा घर बनाइदिने भनेर २ करोड ७० लाख रुपैयाँ लिएका थिए । त्यतिबेला ३५ लाख रुपैयाँ प्रतिआना रहेको जग्गाको मूल्य बढेर १ करोड पुगेपछि रुप ज्योतिले उक्त जग्गा मल्ललाई बिक्री गर्न मानेन् । 

मल्लबाट पैसा लिइसकेपछि रुप ज्योतिले उल्टै क्वालिटी डेभलपर्स प्रालिका नाममा उक्त जग्गा नामसारी गरिदिए । एउटा व्यक्तिलाई बिक्री गर्ने भनेर पैसासमेत लिइसकेको जग्गा अर्कै कम्पनीलाई बिक्री गरेको भेटिएपछि अदालतले ठगी मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिन प्रहरीलाई आदेश समेत दिएको थियो । 

तर, प्रहरीले भने रुप ज्योतिलाई ‘भेटेपछि मात्रै पक्राउ गर्ने’ भन्दै अदालतको आदेश कार्यान्वयनमै आलटाल गरिरहेको छ । ‘अदालतले पक्राउ पूर्जी जारी गरिसकेपछि प्रहरीले जसरी पनि अभियुक्त (आरोपित)लाई पक्राउ गर्नु नै पर्ने हुन्छ,’ एकजना अधिवक्ताले लोकान्तरसँग भने, ‘पक्राउ पूर्जी जारी भइसक्दा समेत रुप ज्योतिलाई पक्राउ नगरेर प्रहरीले अदालतको आदेशको अवमूल्यन गरेको देखिन्छ ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले भने अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा रुप ज्योतिको ‘खोजी’ भइरहेको बताए । रुप ज्योति फेला परे पक्राउ गर्ने उनको भनाइ छ । 

‘अदालतको आदेशानुसार हामीले उनलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइसकेका छौं,’ एसएसपी लामाले लोकान्तरसँगको कुराकानीमा भने, ‘उनको खोजी भइरहेको छ । फेला पर्नेवित्तिकै पक्राउ गर्छौं ।’

सम्पत्ति रोक्काको प्रक्रिया शुरु : प्रहरी

ठगी मुद्दाका आरोपित रुप ज्योतिको सम्पत्ति रोक्काको प्रक्रिया समेत शुरु भएकाले पक्राउ गर्ने प्रक्रियामा केही विलम्ब भएको प्रहरीको भनाइ छ । 

‘हामीले रुप ज्योतिको नाममा रहेको चल अचल सम्पत्ति र बैंक खाता रोक्काका लागि राष्ट्र बैंक र भूमि व्यवस्था विभागमार्फत मालपोत कार्यालयमा पत्राचार गर्ने तयारी पनि गरेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडाैं स्रोतले लोकान्तरसँग भन्यो, ‘यो सबै प्रक्रिया पूरा गर्न सोमवारसम्मको समय लाग्न सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x