राम्री दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्रीले लिए जानकारी

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सोमबार ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

दुर्घटनामा परी घाइते भएकामध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । 


Advertisement

त्यहाँ उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । 

उपचार गराइरहेकामध्ये ३ जना आईसीयूमा रहेका र २ जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचारबारे उपचारमा संलग्न डाक्टरले मुुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत गठन भइसकेको छ ।

कमेन्ट गर्नुहोस्