कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पुस १३, २०७५
काठमाडौं - 'काठमाडौं स्कूल अफ ल'का प्राध्यापक एवं पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाको पुस्तक 'साउथ एसिया चाइना जिओ-इकोनोमिक्स' शुक्रवार सार्वजनिक भएको छ ।
५७६ पृष्ठको उक्त पुस्तक १५ वर्षको अथक प्रयासपछि तयार भएको प्राध्यापक संग्रौलाले बताए । सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पुस्तक प्रकाशन पूर्व आफूले नेपालका तीनवटै सुरक्षा निकायसँग छलफल गरेको उनको भनाइ छ ।
‘पुस्तक प्रकाशन भएपछि मलाई मार्छन् कि झैं लागेको थियो । मैले यस बारेमा तीनवटै सुरक्षा निकायसँग सल्लाह गरेँ,’ संग्रौलाले भने, ‘हामी तपाईंलाई मर्न दिन्नौं भनेपछि मैले किताब छाप्ने निर्णय लिएको हो ।’
चीन र भारतको सम्भावित उदय रोक्न नेपाली भूमि प्रयोग गरी पश्चिमाहरूले के-कस्ता गतिविधि गरे र त्यसको मारमा नेपाल कसरी फस्यो भन्ने विषयमा पुस्तक केन्द्रित । पुस्तकमा सन् १९८० को दशकपछि चीन र भारत कसरी विकसित हुँदै गए र नेपाल कसरी अधोगतिमा धकेलियो भन्ने विषयलाई सुक्ष्म ढंगले केलाइएको छ ।
‘चीनको प्रगतिका कारण शुरू भएको नयाँ विश्व संरचना र शक्तिको परिवर्तित समीकरण समेतलाई पुस्तकमा सविस्तार प्रस्तुत गरिएको छ,’ संग्रौलाले भने, ‘यो पुस्तकमा पूर्वीय र त्यसमाथि पनि एसियन संस्कृति र व्यवहारमा आधुनिक राजनीतिले वकालत गर्ने कानूनी राज्य, समता विकास लगायतका अधिकांश धारणाहरूको सघन आत्मसात रहेको छ ।’
पश्चिमाहरूले विभिन्न एनजीओ र आईएनजीओ मार्फत् नेपाली समुदाय, रहन सहन, संस्कृति, मौलिकता खल्बल्याउने काम गरे भन्ने विषयलाई विभिन्न आंकडा, तथ्य, उद्धरणसहित गहिरो विश्लेषण यस पुस्तकमा गरिएको छ ।
पुस्तक विमोचन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य झलनाथ खनालले यस्ता पुस्तकहरू अझै लेखिनुपर्ने बताए । ‘नेपालको बारेमा लेख्दा विदेशी किताबको सन्दर्भ लिने प्रचलनलाई कम गर्नुपर्छ,’ खनालले भने, ‘मैले धेरै समयपछि एउटा यस्तो किताब पढ्न पाएँ, जुन किताब नेपाली पाठकका लागि मात्र नभएर विदेशी पाठकका लागि पनि उत्तिकै उपयुक्त छ ।’
पुस्तकमाथि समीक्षा गर्दै काठमाडौं स्कूल अफ लका सह-प्राध्यापक अतिन्द्र दाहालले लेखकले अमेरिकाको वर्तमान अन्तर्राष्ट्रिय राजनीतिका बारेमा विराट चर्चा गरेको बताए । ‘अमेरिकाको अन्तर्राष्ट्रिय नीतिप्रति आशावादी नरहेका लेखमा चीनको अन्तर्राष्ट्रिय नीति र घरेलु अभ्यास दुवैले सकारात्मक उत्प्रेरणा भरेको देखिन्छ,’ दाहालले भने ।
कार्यक्रममा वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र युवराज घिमिरे, अधिवक्ता विश्वकान्त मैनाली लगायतले पुस्तक अहिलेको पुस्तालाई मात्र नभएर आगामी पुस्ताका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...