कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं– संसारभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञ एकै ठाउँमा उपस्थित भए के होला? कहिल्यै सोच्नुभएको छ? परिवर्तन सम्भव हुन्थ्यो भन्दा अत्युक्ति नहोला । त्यस्तै परिवर्तनको वातावरण गतहप्ता ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले मलेशियाको कुवालालुम्पुरमा बनायो ।
१७ देखि २० डिसेम्बरमा आयोजना भएको ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले संसारभरिका ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दियो । नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिए । यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करणदेखि चिनाउँदै आइरहेको छ । यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको ब्याङ्कक र इन्डोनेसियाको जाकार्तामा भएका थिए ।
ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिम दिइने भएकाले विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको थियो । विजेता टिमले ’रिमार्क–रिलायबल एंड रिलेटेबल मार्केटिंग’ नामको बिजनेस मोडेल बनाएको थियो । जसको अवधारणा कुनै पनि सामानका खरिदकर्तालाई उक्त समान किनेपछिको अनुभवका बारेमा मोबाइल फोनको स्क्रीनमा जानकारी दिने थियो ।
त्यसैगरी ’बोन फ्र्याक्चार डिटेक्टर’को अवधारणा ल्याउने टिमलाई उत्कृष्ट टिमको उपाधि पायो । बूटक्याम्पमा १७ वटा बिजनेस आइडिया प्रस्तुत भएका थिए । आयोजकका अनुसार अधिकांश बिजनेस आइडियाहरू बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन् । “समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउनेछन्,“ आयोजक समितिकि प्रबन्ध निर्देशक पार्शु अर्यालले बताइन् ।
बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भए पनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन । “हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन । उद्यमशीलता सम्बन्धि बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भैसकेको छ,“ ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने । “हामीले सुरुवातदेखि नै अन्तरक्रिया कार्यक्रम, युवालाई विज्ञको निर्देशन एबम् युवा, विज्ञ र उद्यमीहरूको परिवार निर्माण लागयतलाई प्राथमिकतामा राखेका छौं। आचार्यले बूटक्याम्पमा आएका उद्यमी र लगानीकर्ताले युवाहरुका बिजनेस मोडेल रुचाएको र भविष्यमा उनीहरु संग काम गर्न इच्छुक रहेको बताए ।
चारदिने बूटक्याम्पका सह–आयोजक लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन् । एशिया स्कूल अफ बिजनेसको नवीनता एबम् उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायरले ’आइडीयेशन’ र ’डिजाइन थिन्किंग’ विषयमा सहभागीहरू संग अन्तरक्रिया गरे । लिंकन युनिभर्सिटी कलेजकि प्रो–चान्सलर दतुक अब्दुल्लाह र इनसाइटमेन्टका सी.ई.ओ डानिएल दे ग्रुइतजर पनि बूटक्याम्पमा वक्ताका रूपमा उपस्थित भएका थिए ।
वर्ल्ड इकोनोमिक फोरम विज्ञ सञ्जालका डा. रेनार्ड सिऊले जलवायु परिवर्तनको वास्तविकता र त्यसका समाधानबारे सहभागीहरूसंग अन्तरक्रिया गरेका थिए । उद्यममा पैसा मात्रै सबैकुरा होइन भनेर दि बिजी बिजी इनिसेटिवका प्रविधि तथा बिक्रि–साझेदारी प्रमुख म्यथिउ मारटेन्सले बताए । एशिया स्कूल अफ बिजनेसको एम.बि.ए कि सह–निर्देशक जुलियाना रोथले सहभागी युवालाई प्रोत्साहित गरिन भने एशिया स्कूल अफ बिजनेसकै बरिष्ठ कार्यक्रम व्यावस्थापक पोन्स अर्नेस्ट समनिगोले दिगो विकासका १७ उद्देश्यहरूका बारेमा प्रस्ट पारे। रियोसुके इशी, डा. के.के. सिंह, एङ्गुयेन क्वांग हुइ, डा. अन्ना बर्चेत्ति दुरिस्च, चित आइन थु, बुना दाहाल, अभिनव गौतम, दक्शील सोनी, मुहम्मद सुमोन मोल्ला सलिम र यिन यिन बोएय पनि वक्ताका रूपमा बूटक्याम्पमा उपस्थित थिए ।
“सहभागी युवाहरूको आत्मविश्वास बूटक्याम्प सुरू हुदाको तुलनामा अन्त्य तिर उनीहरूले बिजनेस मोडेल प्रस्तुत गर्ने बेलामा एकदमै बढेको देखियो,“ आचार्यले भने । “वक्ताहरूले तिनको मनमा भएको दुविधा आफ्ना अनुभव सुनाएर हटाएकाले आत्मविश्वास बढेको हो ।“ अहिलेको विश्वमा आन्टरप्रनारशिपलाई अर्थतन्त्र हाँक्ने तत्वका रूपमा लिइन्छ। त्यसैले ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प जस्ता कार्यक्रमलाई महत्त्वका साथ हेरिन्छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...