मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
पुस १९, २०७५
काठमाडौं –संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतमा पेशी पाउन छाडिसकेका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘संसदीय सर्वोच्चताको सम्मान’ भन्दै पदभार सम्हालेको दिनदेखि नै जोशीका लागि पेशी तोकेका छैनन् ।
बुधवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदभार सम्हालेका राणाले जोशीलाई राजीनामा दिएर ‘मार्ग प्रशस्त’ गर्न आग्रह गरिसकेका छन् । तर जोशी भने आफू प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि न्यायधीशका रूपमा काममा रहिरहने अडानमा छन् ।
जोशीको चेम्बर सारियो
जोशी यसअघि सर्वोच्च अदालतको मूख्य भवनअन्तर्गत इजलाश नम्बर १ को चेम्बरमा बस्ने गर्दथे । सर्वोच्चका वरिष्ठतम् न्यायाधीशले प्राय १ नम्बर इजलाशको चेम्बर पाउँछन् ।
तर राणाले इजलाश नदिएपछि जोशी बुधवारदेखि चेम्बरमा बसेर घर फर्किने गर्दथे । बिहीवार भने सर्वोच्च अदालत प्रशासनले जोशीको चेम्बर नै सारिदिएको छ ।
‘जोशी श्रीमानले इजलाश नपाउने भएपछि १ नम्बर इजलाशमा अन्य श्रीमानले पेशी हेर्ने हुनुभयो,’ सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँले चेम्बरमा बसिरहँदा अन्य श्रीमानलाई इजलाशमा छिर्नै समस्या भयो । त्यसैले उहाँको चेम्बर सारिएको छ ।’
सर्वोच्च प्रशासनले जोशीको चेम्बर सर्वोच्च अदालतको एनेक्स भवनमा स्थानान्तरण गरेको छ । जोशी बस्ने चेम्बर भने सर्वोच्चका न्यायाधीश दीपकुमार कार्कीले पाएका छन् । वरिष्ठताका हिसाबले कार्की जोशी पछिको दोस्रो वरीयताका न्यायाधीश हुन् ।
सर्वोच्चबाट फर्केर घरमा ध्यान गर्दै जोशी
नवनियुक्त प्रधानन्यायाधीश राणाले पेशी नतोक्ने घोषणा गरेपनि न्यायाधीश जोशीले आफू नियमित रूपमा सर्वोच्च आउने जनाएका थिए । बुधवार लोकान्तरसँगको कुराकानीमा जोशीले आफू न्यायाधीशमा अस्वीकृत नभएकाले नियमित रूपमा सर्वोच्चमा हाजिर हुने बताएका थिए ।
बिहीवार पनि जोशी नियिमितजस्तै सर्वोच्च पुगेका थिए । तर उनी पुग्दा सर्वोच्चका कर्मचारीहरू उनको कार्यकक्षका सामान एनेक्स भवनमा सार्दै थिए । जोशीले कर्मचारीसँग जिज्ञासा राख्दा आफ्नो चेम्बर सारिएको जानकारी पाए । आफ्नो चेम्बर सारिएपछि कार्यालयमा हाजिर मात्रै गरेर घर फर्किए ।
जोशी घर फर्किएपछि ध्यानमा रहेको उनको पारिवारिक स्रोतले लोकान्तरलाई जानकारी दियो । जोशीको चेम्बर सारिएको विषयमा बुझ्न खोज्दा उनको पारिवारिक स्रोतले भन्यो, ‘उहाँ बिहानै कार्यालय गएर घर फर्किनुभएको थियो । अहिले उहाँ ध्यानमा हुनुहुन्छ ।’
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...