माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
एक समयका ख्यातिप्राप्त अमेरिकी अर्थशास्त्री जोन केनेथ ग्यालब्रेथलाई राष्ट्रपति जोन एफ् केनेडीले राजदूत जिम्मेवारी दिएर दिल्ली खटाएका थिए । राजदूतको उनको कार्यकाललाई अमेरिकी कूटनीतिकवृत्तले सम्झना गर्नाका दुई प्रमुख कारण छन् : (१) सन् १९६२ को चीन-भारत युद्धकालमा केनेडीका निम्ति निकै भरपर्दो सहयोगी रहनु; (२) आफू राजदूत रहेको देशबारे निकै खह्रो सार्वजनिक अभिव्यक्ति दिनु ।
केनेडी प्रशासन मूलत: छिमेकको क्युबाको सङ्कटमा अल्झेकै बखत एसियाका दुई ठूला देश द्वन्द्वमा फसेका बखत जवाहरलाल नेहरूसित निकट सम्पर्कमा रही यताको सङ्कट छिटै सुल्झाउन ग्यालब्रेथले गहकिलो योगदान गरेको अमेरिकीहरूको मूल्याङ्कन रहिआएको छ । माओत्से तुङ्को साम्यवादी चीनले आक्रामक मानसकिता देखाएको त्यस कालखण्डमा राजा महेन्द्र नेपालका शासक थिए ।
राजदूत ग्यालब्रेथको भारतबारेको चर्चित कथन हो : इण्डिया भनेको येनकेन कृयाशील तर अराजक स्थितिको देश हो (India is a functioning anarchy). सन् १९४७ मा अंग्रेजको उपनिवेशबाट मुक्त भएपछिको यस दक्षिण एसियाली देशको स्थितिमा तात्विक अन्तर देखिँदैन । सरकारी बन्दोबस्त अस्तव्यस्त हुँदा हुँदै पनि देश जेनतेन धानिएकै छ । ग्यालब्रेथको भनाइमा सहमति जनाउने मानिस अहिलेको इण्डियामा पनि छन्; शशी थरुर एक दृष्टान्त हुन् ।
यता छिमेकको नेपाललाई हेरौं : यहाँको अस्तव्यस्तता अकल्पनीय स्थितिमा छ, ग्यालब्रेथले इण्डियामा देखेको ‘कृयाशीलता’ समेत अहिलेको नेपालमा छैन । छ भने त्यो हो अराजकता मात्र । मुलुक ‘असाधारण सङ्क्रमणमा छ’ भन्ने शंकर पोखरेलको कथन सत्ताधारी दलको सबैभन्दा ताजा स्वीकारोक्ति हो । यही आशयका अभिव्यक्ति पोखरेलका नेताहरूबाट बराबर आइरहेकै छन् । र, समकालीन परिस्थितिको झलक रेशम चौधरीको नाटकीय शपथमा सीमित छैन । संविधान जारी हुँदैमा, तीन तहको चुनाव सम्पन्न गरिँदैमा वा दुईतिहाईको संसदीय बहुमत जुट्दैमा स्थायित्व आएको मानिने भए शंकर पोखरेलले इङ्गित गरेजस्तो असाधारण सङ्क्रमणमा नेपाल फस्नु वा अल्झिनु नपर्ने हो । भन्नै परेन, नाङ्गो सत्य सबैसामु छ । संघीय गणतन्त्र नेपालको धर्मनिरपेक्षतालाई सत्ताधारीहरूले आफैंलाई युनिफिकेसन चर्चको कार्यक्रम मार्फत् हास्यास्पद तहमा पुर्याए । हामी कम्युनिष्ट भौतिकवादी हौं, अध्यात्म मान्दैनौं भन्ने प्रवक्ताको कथनलाई व्यवहारले पुष्टि गरेको अवस्था छैन । दोहोरो तेहोरो मापदण्डको सर्वत्र चर्चा छ ।
मुलुकभर असुरक्षाको वातावरण छ, र त्यो निर्मला पन्त हत्या प्रकरणमा सीमित छैन । चौतर्फीको महँगीले जनतालाई पिल्स्याएको छ तर शासकवर्ग सुविधामाथि सुविधा थप्ने काममा व्यस्त छ । घूसखोरी र कमिसनको जालो दिनहुँ फैलिँदो छ, इमान्दार राष्ट्रसेवकलाई छाक टार्न दिनप्रतिदिन कठिन भइरहेको छ । शिक्षा र स्वास्थ्य सेवाहरू एकातिर महँगा र अर्कोतिर गुणस्तरहीन भएका छन् । लोकतन्त्रका परिचायक संस्था, न्यायपालिका, सेना, प्रहरी सर्वत्र अनिश्चयको स्थिति व्याप्त छ । छिमेक र अन्य देशसंगका सम्बन्धहरू सन्तुलनमा छन् भन्ने भरपर्दा सूचक देखिँदैनन् । आलोचनात्मक दृष्टिकोण राख्ने बौध्दिक समुदायलाई थला पार्ने सन्देश प्रवाह गरेर लोकतन्त्रका मूल्य मान्यताको अवमूल्यन गरिँदैछ ।
सबैभन्दा टड्कारो अन्तर्विरोध त हिंसात्मक माओवादी विद्रोहको पृष्ठभूमिमा थोपरिएको परिवर्तनलाई ‘महान् उपलब्धि’ को संज्ञा दिने क्रान्तिकारीकै ती अभिव्यक्तिमा भेटिन्छ जसमा नेपाल अस्तित्वको सङ्कटमा परेको देश भैसकेको जनाउ दिइएको हुन्छ । प्रश्न उठिहाल्छन् : के त्यसो भए मुलुक सङ्कटको संघारमा पुग्नुलाई उपलब्धि मान्ने ? के सामाजिक सद्भावमा युगौंदेखि टिकेको नेपाली समाजलाई जातिगत, क्षेत्रगत आधारमा विभाजन ल्याउने गलत नीति उद्देश्यलाई राष्ट्रिय एकताको सबल उपाय ठान्ने ? के जाति, समुदायका पर्व र उत्सवलाई सार्वजनिक विदा दिने सन्दर्भ आउँदा राष्ट्रनिर्माताको संस्मरणमा मनाइने एकता दिवसको उपेक्षालाई स्वस्थ मष्तिष्कबाट निस्केको सोच ठह~याउने ? प्रश्नहरूको फेहरिस्त लामो हुन जान्छ ।
असहज परिस्थितिका विरुध्द विद्रोह गर्ने हक हरेक नागरिकसित हुन्छ । असन्तोषबाट जन्मेको जन-आक्रोशको आगोले सुरक्षित किल्लामा छु भन्ने भ्रम बोकेका कसैलाई पनि छोड्दैन । इतिहासका घटनाक्रमबाट पाठ सिक्न नचाहने मानिस गलत कार्यमा लागिरहन्छ जस बापत उसले अन्ततोगत्वा चर्को मूल्य चुकाउनु पर्ने हुन्छ । यसमा भौतिकवादी सोचका मानिस चाहिँ अपवादमा पर्छन्, जोगिन्छन् भन्नु भूल हुनेछ ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...