×

NMB BANK
NIC ASIA

काठमाडौं – एघारौं जनगणना (२०६८) अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । विश्व जनसंख्या दिवस (जुलाइ ११) काे अवसर पारेर २६ असार २०७२ मा तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको देखिन्छ । 

Muktinath Bank

यही आधारमा नेपालको जनसंख्या ३ करोड पुगेको पनि बताइन्छ । त्यसो भए नेपाली नागरिक कति छन् त ? जनसंख्यामा गणना हुने सबै मानिस नेपाली नागरिक नहुन पनि सक्छन् (नागरिकता लिएका व्यक्तिले मात्रै नागरिकको हक उपभोग गर्न पाउँछन् ।) 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली नागरिकको विवरण राख्ने जिम्मेवारी गृह मन्त्रालयको हो । गृह मन्त्रालय अन्तर्गतकै जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्छ । तर गृह मन्त्रालयसँग नेपाली नागरिकता लिएका (जिउँदा) व्यक्तिको संख्या कति छ भन्ने यकिन तथ्याङ्क नै छैन । 


Advertisment
Nabil box
Kumari

लोकान्तरकर्मीले नेपाली नागरिकता लिने व्यक्तिको संख्या बुझ्न गृह मन्त्रालयका अधिकारीसँग जिज्ञासा राख्दा जवाफ आयो, ‘२ करोडको हाराहारीमा नागरिकता लिएका व्यक्ति होलान् । तर यकिन तथ्याङ्क छैन ।’

Vianet communication
Laxmi Bank

राज्यले प्रवाह गर्ने सेवा र सुविधाको वितरण नागरिकको संख्याका आधारमा नै हुने हो । तर त्यसको जानकारी राख्ने निकाय नै यसबारे बेखबर छ । 

नेपालमा शहीदको संख्या कति छ ? 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको वर्तमान अवस्थासम्म आइपुग्दा नेपालमा धेरै खाले राजनीतिक आन्दोलन भए । अहिलेको राजनीतिक अवस्थासम्म आइपुग्दा धेरै नेपालीले आफ्नो ज्यानको आहूति दिएका छन् । राजनीतिक परिवर्तनमा बलिदानी दिएकालाई ‘शहीद’ दर्जा दिइन्छ । 

नेपालमा भएका राजनीतिक परिवर्तन र विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सरकारलाई शहीद घोषणा गर्दै पनि आएको छ । पछिल्लो समय मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिदेखि नेपाल भारत–सीमा क्षेत्र (कञ्चनपुरको पुनर्वास)मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर निधन भएका गोविन्द गौतम पनि शहीदको सूचीमा समावेश भएका छन् । तर वास्तविक रूपमा शहीदको संख्या कति छ भन्ने जानकारी सरकारसँग छैन । 

गृह मन्त्रालयको सुरक्षा समन्वय माहाशाखाका एक अधिकारीले अनौपचारिक तथ्याङ्कअनुसार नेपालमा करीब ९ हजार ५ सयको हाराहारीमा शहीद रहेको बताए । तर यस विषयमा पनि यकिन हुन नसक्ने उनको भनाइ थियो । 

‘जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा रहेका शहीदको सूची बनाएर मन्त्रालयमा पठाउनुपर्ने हो । तर त्यस्तो भएको छैन,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘हामीले मन्त्रालयमा उपलब्ध विवरणको अध्ययन गरेर ९ हजार ५ सय जना शहीद रहेको भन्ने अनुमान गरेका छौं ।’

गृह मन्त्रालयसँग शहीद घोषणा भएका व्यक्तिको नाम, उनीहरूलाई शहीद घोषणा गरिनुपर्ने आधार लगायत विषयको विवरण नै छैन । पछिल्लो समय विभिन्न आन्दोलन र घटनाका क्रममा शहादत प्राप्त गरेका व्यक्तिलाई शहीद घोषणा गरेर सरकारले परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने गर्छ । तर शहीदकै तथ्याङ्क नहुँदा शहीदका नाममा दिइएको क्षतिपूर्तिको विवरण पनि मन्त्रालयसँग छैन । 

थाहा छैन कैदीको संख्या 

विभिन्न अपराधमा सजाय पाएका र मुद्दाको पुर्पक्षका लागि अदालतले थुनामा पठाएका व्यक्ति देशका विभिन्न कारागारमा कैद छन् । नेपालको कारागारमा नेपालीसँगै विदेशी नागरिक पनि कैद भुक्तान गरिरहेका छन् । एक अनौपचारिक तथ्याङ्कअनुसार नेपालका कारागारमा करीब १८ हजार व्यक्ति कैद रहेको बताइन्छ । 

तर कारागारको व्यवस्थापन र कैदीहरूको विवरण राख्ने निकाय गृह मन्त्रालयसँग कैदीको संख्याबारे पनि यकिन तथ्याङ्क छैन । कुन व्यक्ति कस्तो प्रकारको अपराधमा कस्तो सजाय पाएर कति समयसम्मका लागि कारागार चलान भएको हो भन्ने विषयबारे स्पष्ट तथ्याङ्क गृह मन्त्रालयसँग छैन । 

कारागार र कैदीहरूको व्यवस्थापन गर्न भनेर गृह मन्त्रालय मातहत छुट्टै कारागार व्यवस्थापन विभाग छ । त्यस मातहत देशभर करीब ७४ वटा कारागार कार्यालय छन् । तर कैदीको यकिन विवरण भने न त विभागसँग हुन्छ, न गृह मन्त्रालयसँग नै । 

‘नेपालमा कतिजना मुद्दाको पुर्पक्षका लागि थुनामा छन्, कतिजनाले कस्तो प्रकारको अपराधमा कस्तो सजाय पाएर कैद भुक्तान गरिरहेका छन्, हामीसँग यी सबै विषयलाई स्पष्ट जवाफ दिनका लागि तथ्याङ्क नै छैन,’ गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका एक अधिकारी भन्छन्, ‘अहिले कारागार कार्यालय र कारागारमा रहेका कैदीको दैनिक नियमन हुने गरी हामीले केही प्रयास थालेका छौं । यसपछि केही सजिलो होला ।’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x