कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
सुर्खेत – संविधान अनुसार गठन भएका स्थानीय तहलाई ‘गाउँका सिंहदरबार’ पनि भनिन्छ । सिंहदरबार नै गाउँगाउँमा पुगेपछि सेवासुविधा समेत गाउँमा पुग्ने अपेक्षा गरिएको थियो ।
स्थानीय निर्वाचन भएको डेढ वर्षभन्दा बढी भइसक्दा समेत स्थानीय सर्वसाधारणले सिंहदरबार गाउँमा पुगेको अनुभूति गर्न पाएका छैनन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले कार्यालय भवनमा नयाँ रंग प्रयोग गरेर आकर्षक बनाएको छ । नगरपालिकाले बाहिरी रुप फेरेको छ । तर जनताको घरदैलोसम्म सेवासुविधा पुग्न सकेको छैन ।
‘नगर क्षेत्रका सडकमा खाल्डा खुल्डी पर्याप्त छन् । नगरपालिका जाने, विभिन्न मन्त्रालय जाने सडकलाई कालोपत्रे भन्नुभन्दा धुलोपत्रे र खाल्डोपत्रे भन्न सुहाउँछ,’ अधिवक्ता दुर्गा सापकोटाले भने, ‘वीरेन्द्रनगरको बसपार्क नजिकै रहेको सडकमा भ्वाङ परेको छ । धेरै सवारीसाधन चल्ने सडकमा परेको भ्वाङले जुनसुकै बेला पनि दुर्घटना गराउने सम्भावना छ ।’
उनले नगरपालिकाले हालसम्म गरेको कामलाई आधार मान्ने हो भने सन्तुष्टिको मापन गर्ने कुनै पनि आधार नदेखिएको बताए । ‘मंगलगढी चोक र जुम्ला रोडमा नालीको पानी बिच सडकमै बगेको छ । नगरपालिका क्षेत्रमा फेरि व्यवसायीले जग्गा अतिक्रमण गरेर व्यापार गर्दै आइरहेका छन्,’ उनले भने, ‘फोहोरको डंगुर बढेको बढ्यै छ । नगरमा खानेपानी अभाव छ । रोजगारी पर्याप्त मात्रामा सिर्जना गर्न नगरपालिकाले सकिरहेको छैन । जताततै अभावै–अभाव छ । नगरपालिकाले डेढ वर्षमा देखाउन लायक काम गर्न सकेको छैन ।’
वीरेन्द्रनगर नगरपालिका–६ का ठम्मर कार्कीले नगरपालिकाले सडकको खाल्डा पुर्न आइतवार कुरिरहेको बताए । ‘केही स्थानीय तहमा विकास गरेको देखिएको छ । तर हाम्रोमा नगरपालिकाका जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन ठिक्क छ,’ उनले भने, ‘कार्यक्रममा सहभागी हुनुभन्दा देखिने गरी काम गरेको भए हुने थियो ।’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट उपप्रमुखमा उम्मेदवारी दिएकी हरिमाया शर्माले नगरपालिकाको काम हेर्दा ४० नम्बर दिन मिल्ने बताइन् । ‘केही सकारात्मक काम भएका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि काम भइरहेका छन्,’ उनले भनिन्, ‘छोरी बचत कार्यक्रम राम्रो हो । तर अन्य सबै काम हेर्दा नगरपालिकालाई ४० नम्बर दिन सकिन्छ ।’
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका नगर प्रमुख देवकुमार सुवेदीले जारी गरेको घोषणापत्रमा पर्यटनको हव बनाउने, भूमिहीन किसानको समस्या समाधान गर्ने, बाढीपीडितलाई व्यवस्थापन गर्नेजस्ता महत्वाकांक्षी योजना थिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकाल नगरपालिकाको काम हेर्दा जनताका सपना चकनाचूर भएको आफूले महसुस गरेको बताउँछन् । ‘लामो समयपश्चात् उहाँहरू आउनुभएको हो । उहाँहरूसँग जनताका अपेक्षा धेरै थिए,’ उनले भने, ‘तर ती अपेक्षा चकनाचुर भइसकेका छन् ।’
उनले अहिले पनि संक्रमणकाल जारी रहेको बताए । ‘बन्नुपर्ने सबै कानून न संघीय सरकारले बनाएको छ, न प्रदेश र स्थानीय सरकारले,’ उनले भने, ‘जसका कारण केही समस्या भने भएकै होला । सबै संघीय सरकारले कानून निर्माण नगरिदिँदा अलमलमै परेका छन् । म यसलाई संक्रमणकाल नै ठान्छु ।’
जनताले अपेक्षा गरे अनुसारको काम नहुनु सरकारकै दोष भएको उनको दाबी छ । ‘चुनाव पहिले केन्द्र, त्यसपछि प्रदेश र स्थानीय तहको हुनुपर्ने थियो,’ उनले भने, ‘यदि यसरी चुनाव गर्न सकेको खण्डमा सबैले अपेक्षा अनुसार काम गर्न पाउँथे र जनताले परिवर्तनको आभास गर्न पाउँथे ।’
नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी काम केही नगरेको भन्ने कुरालाई अस्वीकार गर्छन् । उनले गत वर्ष शहरका गुरूयोजना बनाइएको बताए । वीरेन्द्रनगर नगरपालिकाले गत वर्ष १८ वटा वडा गौरवका आयोजना निर्माण सम्पन्न गरेको, बुलबुले तालमा २ वटा शौचालय र बजार क्षेत्रमा एउटा शौचालय निर्माण गरेको उनले बताए ।
बुलबुलेको गुरूयोजना बनाएर निर्माण कार्य प्रारम्भ भएको छ भने देउती बज्यैको कम्पाउन्ड वाल निर्माण गर्ने योजना बनाइएको छ । ‘यो वर्ष एयरपोर्टदेखि गणेश चोकसम्म २ लेन सडक निर्माण पूरा हुनेछ भने घण्टाघरको सडक पनि निर्माण सम्पन्न हुनेछ,’ उनले भने ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...