पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गरेका छन् ।
नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६ औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गरे ।
‘जनताको लामो संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान पनि जारी भएको छ, अब विकास नगर्नका लागि दलहरुले कुनै बहाना बनाउन पाउँदैनन्, व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासमा लाग्नुको विकल्प छैन,’ उनले भने ।
मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य गरी सुशासन कायम गर्दै देशमा शान्ति र समृद्धि कायम गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ छ ।
निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको सन्दर्भमा पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘तपाईं अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ ।’
कार्यक्रममा प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले गरीब, दलित, दुर्गम, वा आर्थिक–सामाजिक हरेक क्षेत्रबाट पछाडि पारिएको समुदायलाई सरकारले शिक्षामा पूर्ण निःशुल्क गर्नुपर्नेमा जोड दिए ।
सरकारद्वारा राष्ट्रभरिमै सर्वोकृष्ट विद्यालय घोषित भई लगातार ३ पटकसम्म राष्ट्रिय र क्षेत्रीय पुरस्कारद्वारा विभूषित नाइटिङ्गेल स्कूल विक्रम सम्वत् २०४९ मा स्थापना भएको हो । कार्यक्रममा विभिन्न विधामा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...