माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
पुस ३०, २०७५
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको प्रमुख ठेकेदार इटालियन कम्पनी सीएमसी काममा नफर्किने भएको छ ।
गत मंसिर २९ गते आयोजनास्थल छाडेर प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोली भागेपछि परियोजनामा अन्यौलता थपिएको थियो ।
क्रिसमस मनाउन भनेर इटाली फर्किन लागेका उनीहरूलाई आयोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै सरकारले नियन्त्रणमा समेत लिएको थियो । पछि काममा फर्किने शर्तमा उनीहरू इटाली उडेका थिए । तर इटाली गएपछि प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोली सम्पर्कविहीन भएको खानेपानी मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘हामीले उनीहरूलाई विभिन्न चरणमा इमेलमार्फत पत्र पनि पठाएका छौं । तर उनीहरूले कुनै पनि इमेलको जवाफ पठाएका छैनन्,’ खानेपानी मन्त्रालय स्रोतले भन्यो, ‘अब उनीहरू नफर्किने निश्चित भएको जस्तो देखिन्छ ।’
सरकार धरौटी जफत गर्ने योजनामा
इटालियन कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र सटकिट राख्ने, सुरुङभित्र ढलान गर्ने, सुरुङ भित्रको हावा पास गराउनका लागि ३ ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने, सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पु¥याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउटको संरचना बनाउने ठेक्का पाएको थियो ।
जसमध्ये उसले सुरुङ खन्ने, सुरुङभित्र सटकिट राख्ने, ढलान गर्ने काम सम्पन्न गरिसकेको थियो । सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पु¥याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउट बनाउने काम चलिरहेकै बेला सीएमसीले आयोजनास्थल छाडेको थियो ।
सीएमसीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौताअनुसार गर्नुपर्नेमध्ये ७८ प्रतिशत काम सकेको थियो । बाँकी २२ प्रतिशत काम नसक्दै उसले लगभग ठेक्का तोडिसकेको छ ।
सीएमसीले ठेक्का तोडेको औपचारिक घोषणा नगरेपनि सरकारले भने उसको धरौटी जफतको प्रक्रिया शुरू गरिसकेको छ । सीएमसीका ठेकेदारले आयोजनास्थल छाडेकै समयमा सरकारले उसको साढे २ अर्ब रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया शुरू गरेको थियो ।
तर सीएमसीले पुस ४ गते पाटन उच्च अदालतमा रिट दायर गर्दै धरौटी जफतको कार्य रोक्न अन्तरिम आदेश माग गरेको थियो । रिटको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले तत्काल धरौटी रोक्का नराख्न आदेश जारी गरेको थियो ।
अदालतले दुवै पक्षको छलफलपछि सीएमसीको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको थियो । पछि पुस १२ गते न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश कृष्णबहादुर थापाको इजलाशले सीएमसीको माग अनुसार अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको थियो ।
उच्च अदालतको आदेशपछि सरकारलाई बैंक ग्यारेन्टी जफत गर्ने बाटो खुलेको थियो । अदालतको आदेशपछि सीएमसीको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अगाडि बढिसकेको खानेपानी मन्त्रालय स्रोतले जानकारी दियो ।
खानेपानी मन्त्रालयले सीएमसीको बैंक ग्यारेन्टी जफत गरी उसले नियुक्त गरेका सहायक ठेकेदार र मजदुरले पारिश्रमिकबापत पाउनुपर्ने रकम तिर्ने जनाएको छ । ‘आफूले नै नियुक्त गरेका सहायक ठेकेदार कम्पनीलाई पनि सीएमसीले भुक्तानी नदिएको भेटियो, करीब २ जना मजदूरले पनि विगत ३ महिनादेखि पारिश्रमिक नपाएको कुरा आएको छ,’ खानेपानी मन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘सीएमसीको बैंक ग्यारेन्टी जफत गरी सहायक ठेकेदार र मजदूरको पारिश्रमिक तिर्न पुग्ने देखिन्छ ।’
२ अर्ब बराबरको काम अझै बाँकी
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायत निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समिति र सीएमसीबीच ३१ असार २०७० मा ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदा सीएमसीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा ठेक्का सम्पन्न गर्ने भनिएको थियो । तर विभिन्न समयमा अग्रिम भुक्तानी र क्षतिपूर्ति भन्दै सीएमसीले १० अर्ब ५३ करोडभन्दा बढी रकम लिइसकेको छ ।
ठेक्का सम्झौताभन्दा २ अर्ब ८१ करोड रुपैयाँ बढी भुक्तानी खर्च भइसकेको मेलम्चीको सुरुङ, बाँध लगायतको निर्माणमा थप २ अर्ब रुपैयाँ लग्ने देखिएको छ ।
सीएमसी कम्पनीले ठेक्का रद्द गर्ने लगभग पक्का भइसकेपछि सरकारले बाँकी रहेको कामको लागत अनुमान गरिरहेको छ ।
परामर्शदाता कम्पनी इप्टिसाले गरेको अध्ययनअनुसार अब प्रमुख बाँध (हेड वर्क्स, भेन्टिलेशन साफ्ट, अडिट टनेलको गेट, सेन्सर क्यामेरा राख्ने तथा फ्लस आउट बनाउनका लागि थप २ अर्ब रुपैयाँ लाग्ने देखिएको हो ।
‘सीएमसीले काम छाड्ने लगभग निश्चित भइसकेको छ । हामीले अहिले बाँकी कामको अध्ययन गरेर अब काम गर्न लाग्ने समय र बजेटको इस्टिमेट बनाइरहेको छौं,’ मेलम्ची खानेपानी आयोजनाका एकजना अधिकारीले भने, ‘परामर्शदाता कम्पनी इप्टिसाले अझै २ अर्ब रुपैयाँ बजेट र सबै काम सक्न डेड वर्षको समय लाग्ने भनेको छ ।’
मेलम्ची आयोजनामै कार्यरत प्राविधिकहरू तुरुन्तै अर्को ठेकेदारलाई निर्माण गर्ने जिम्मा दिए सबै काम सम्पन्न हुन अझै २ वर्ष लाग्ने बताउँछन् ।
‘नयाँ ठेकेदारको खोजी गरेर तत्काल काम शुरू गरियो भने पनि मुख्य र सहायक बाँध बनाउन डेढ वर्षको समय लाग्ने देखिन्छ,’ मेलम्ची खानेपानी आयोजनाका एकजना इन्जिनियरले लोकान्तरसँग भने, ‘बाँकी रहेका अन्य सामान्य काम सकेर नियमित रूपमा पानी ल्याउन २ वर्ष समय लाग्ने देखिन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...