×

NMB BANK
NIC ASIA

कथा : सपनामा भौतारिएको समिर

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

समिर निम्न वर्गीय किसान परिवारमा जन्मिएको एउटा साधारण गाउँले केटा हो । उसका बाआमा गाउँमा खेतीकिसानी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका हुन्छन् । तर समिरमा सानैदेखि उच्च महत्त्वाकांक्षा रहेको हुन्छ ।
हुन त उ कम बोल्ने नम्र स्वभावको हुन्छ । तर उसको सोच र कल्पना आकाशको बादलभन्दा पनि माथि पुग्ने गर्छ ।  गाउँको एउटा सीमित र साँघुरो घेरामा बाँधिएर आफ्नो सम्पूर्ण जीवन गाउँमै व्यतित गर्न उ चाहँदैन । उ ठूलो ठाउँ र ठूला मान्छेको संगत गरेर आफू पनि एकदिन ठूलो मान्छे बन्ने सपना बुनेर बसेको हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

एउटा साधारण किसान परिवारमा २ जना दाजु र २ दिदीपछि उ बाआमाको पाँचौं सन्तानको रुपमा जन्मियो । घरको कान्छो सदस्य भएकाले उसले सबैको माया र स्नेह पाएको हुन्छ । तर उसको मनमा पलाएको ठूलो शहर र ठूला मान्छेको संगत गर्ने अनि आफू पनि एकदिन ठूलो मान्छे बन्ने महत्त्वाकांक्षा दिनानुदिन बढ्दै गरेको हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकदिन छिमेकीको घरमा आएका आफन्तले समिरलाई काठमाडौं लगेर राम्रो विद्यालयमा पढाइ दिएर ठूलो मान्छे बन्न सहयोग गर्ने प्रस्ताव गर्छन् । खेतीकिसानी गरेर भएपनि दुःख–सुख झेलेर परिवार पालिरहेका उसका बाआमाले त्यस प्रस्तावलाई अस्वीकार गर्छन् ।


Advertisment
Nabil box
Kumari

‘दुःख–सुखले आफ्ना सबै सन्तान पालेकै छौं । साधारण सरकारी विद्यालयमा भएपनि छोराहरूलाई पढ्न पठाएकै छौं । अन्जान शहरमा, अन्जान मान्छेसँग आफ्नो छोरा पठाउँदैनौं,’ समिरका बाआमाले छिमेकीका आफन्तलाई भने । तर समिर शहर गएर, धेरै पढेर ठूलो मान्छे बन्ने आफ्नो सपना पूरा गर्नका लागि ती व्यक्तिसँग काठमाडौं पढ्न जाने जिद्दी गर्छ । 

Vianet communication
Laxmi Bank

छोराको जिद्दीसामु समिरका बाआमा हार खान्छन् र समिरलाई काठमाडौं पठाउन राजी हुन्छन् । माघ महिनाको मध्य जाडोमा समिर पहिलोपल्ट नेपालको राजधानी काठमाडौं शहरमा आइपुग्छ । ठूलाठूला घरहरू, फराकिला र चिल्ला कालोपत्रे सडक अनि सुकिलामुकिला मान्छेको भीड देख्दा समिर दङ्ग पर्छ । 

धुलोमैलो, पुराना र थोत्रा लुगा लगाउने गाउँले परिवेशबाट आएको समिरलाई काठमाडौं शहरको चमकधमक, ठूलाठूला बंगला, चिल्ला गाडीको ताँती अनि झिलिमिलीले रोमाञ्चित बनाउँछ । काठमाडौंको कलंकीमा रात्रीबसबाट झरेर उ तिनै छिमेकीका आफन्तसँग ट्याक्सी चढेर काठमाडौं शहर घुम्दै नयाँ वानेश्वरको एउटा ठूलो घरमा पुग्छ ।

जीवनमा पहिलोपल्ट गरेको रात्रीबसको यति लामो यात्राबाट उ निकै नै थकित बनेको हुन्छ । मुग्लिङ–काठमाडौंको घुमाउरो बाटोमा उसलाई निकै पटक बान्ता पनि भएको हुन्छ । काठमाडौं आइपुगेको रात लामो यात्राको थकानले गर्दा होला उ भुसुक्कै निदाउँछ । सोही रात उसले आफू धेरै पढेर ठूलो मान्छे बनेको, ठूलो बंगलामा शानसँग बसेको अनि गाउँबाट आफ्ना बाआमालाई पनि काठमाडौं बोलाएको निकै नै मिठो सपना देख्छ । भोलिपल्ट उसलाई गाउँबाट ल्याउने मान्छेले काठमाडौंको न्यूरोडमा लगेर नयाँ स्वीटर, टोपी र मोजा किनिदिन्छन् । 

काठमाडौंको कठ्यांग्रिँदो जाडोमा नयाँ स्वीटर, टोपी र मोजा पाएर उ दंग पर्छ । शुरू–शुरूमा उसलाई नयाँ शहर अनि नयाँ परिवेश निकै नै रमाइलो लाग्छ । नजिकै देखिने हरियाडाँडा अनि मौसम खुलेको दिन देखिने सुन्दर हिमालको दृश्यले उसलाई रोमाञ्चित बनाउँछ । किनकि उसको गाउँबाट यस्ता पहाड र हिमाल यति नजिकै देखिने गर्दैन्थे ।

केही दिनपछि उसलाई घरपरिवार अनि गाउँमा सँगै खेल्ने बालसखाको याद आउन थाल्छ । घरको न्यास्रोका अगाडि शहरको चमकधमक फिक्का लाग्न थाल्छ । आज नै आफ्नो गाउँ फर्केर जाउँ अनि साथीहरूसँग भेटौंझै हुन्छ । उ टोलाएर बसेको देखेर उसलाई काठमाडौं ल्याउने मान्छेले ‘के भयो ?’ भनि सोध्छन् ।  उ रुन्चे अनुहार लाउँदै बाआमा अनि घरको याद आएको बताउँछ र घर फर्केर जान मन लागेको कुरा भन्छ ।

त्यसपछि काठमाडौं ल्याउने मान्छेले फकाउँदै उसलाई सोध्छन्, ‘अनि तिमी त ठूलो शहरमा गएर धेरै पढेर एकदिन ठूलो मान्छे बन्ने सपना छ भन्थ्यौ त ! फेरि त्यहीँ सानो गाउँ अनि तिनै साथीसंगतमा रमाउन जाने ? यति चाँडै आफूले देखेको सपना अनि राखेको लक्ष्यबाट भाग्ने ?’ 

‘तिमीलाई गाउँ नै फर्किने मन छ भने अर्को हप्ता तिमीलाई तिम्रो गाउँ पठाइदिन्छु । तर २–४ दिन सोच । तिमी के चाहन्छौ ? घर फर्कने कि आफूले देखेको सपना पछ्याउने ?’ उनले थप भने, ‘अफिसको कामले ४ दिनको लागि म पोखरा जाँदैछु । उताबाट फर्केर आएपछि तिमीलाई तिम्रो गाउँ पुर्याउने व्यवस्था गरिदिन्छु । त्यतिन्जेल धैर्यतापूर्वक आफ्नो सपना, घरपरिवार अनि साथीसंगत विचमा केलाई रोज्ने विचार गरेर म फर्केर आएपछि मलाई भन्नु ।’

व्यावसायिक यात्राको पहिलो खुड्किलोमा नै समिरलाई ठूलो झट्का लाग्छ

समिरको बालकमन दोधारमा पर्छ – परिवार, साथीसंगत, सपना अनि लक्ष्यका विचमा केलाई रोज्ने ? ४ दिनपछि ती मान्छे पोखराबाट फर्कन्छन् । कौसीमा बसेर घाम ताप्दै पत्रिका पढिरहेका हुन्छन् ।
तिनको छेउमा गएर समिरले भन्छ, ‘अंकल म अब काठमाडौंमै बसेर पढ्छु अनि एकदिन ठूलो मान्छे बनेर आफ्नो बाआमालाई पनि काठमाडौंमै ल्याउँछु ।’

समिरको कुरा सुनेर ती मान्छे प्रसन्न हुँदै भन्छन्, ‘समिर तिमीले एकदम सही निर्णय गर्यौ । सपना एवं लक्ष्य पछ्याउनका लागि धेरै कुरा त्याग गर्नुपर्ने हुन्छ । आजको सही निर्णयले नै भोलिको तिम्रो सुन्दर भविष्य निर्माण गर्न मद्दत गर्नेछ ।’

‘अर्को महिनादेखि नयाँ शैक्षिकसत्र शुरू हुन्छ । अनि तिमीलाई विद्यालय भर्ना गरिदिन्छु । राम्ररी पढ्नू, लक्ष्य प्राप्तिको दिशामा पहिलो पाइला चालिसक्यौ, यसलाई निरन्तरता दिनू ।’

अर्को महिना समिरलाई ती मान्छेले कोटेश्वरको एउटा विद्यालयमा ९ कक्षामा भर्ना गरिदिन्छन् । नयाँवानेश्वरबाट अलि टाढा पर्ने भएकाले विद्यालय जान–आउन समिरलाई एउटा साइकल पनि किनिदिन्छन् । यसप्रकार समिरको सपना पछ्याउने यात्रा त्यही दिनबाट शुरू हुन्छ ।

विद्यालयबाट उसले एसएलसी पास गर्छ । त्यहीँ विद्यालयमा सञ्चालित कलेजबाट बीबीएससम्मको अध्ययन सक्छ । बीबीएस सकेर बसेको उसलाई अब काम गर्न शुरू गर्नुपर्छ भन्ने लाग्छ । गाउँमा आफ्ना बाआमालाई पनि घरव्यवहार चलाउन आर्थिक रुपमा मद्दत पुर्याउने विचार गर्छ । उसकै गाउँतिरका एकजना दाजु काठमाडौंमा सानोतिनो व्यापार गरिरहेका हुन्छन् । त्यहीँ गएर उसले काम गर्न थाल्छ । उसको मेहनत, लगन र इमान्दारिताबाट ती दाई खुशी हुन्छन् । एवम् रितले समिरको जिन्दगीको गाडी अघि बढिरहेको हुन्छ । तर समिर सानैदेखि ठूलो सपना एवं लक्ष्य बोकेको केटो ती दाईकोमा काम गरेर तलबको भरमा जीवन बिताउन चाहँदैन । सानै भएपनि आफ्नै व्यापार–व्यवसाय शुरू गर्ने सोच बनाउँछ ।

उसलाई काठमाडौं ल्याएर पढाइदिने तिनै अंकलसँग गएर सल्लाह र सहयोग माग्छ । सानैदेखि उसलाई राम्ररी चिनेका ती अंकलले उसको इच्छा र चाहनालाई प्रोत्साहन गर्दै आफ्नै व्यापार गर्न केही रकम सहयोग गर्छन् । त्यसपछि समिरले एउटा सानो पसलबाट आफ्नो व्यावसायिक यात्राको शुरूवात गर्छ, अन्य दुईजना साथीहरूसँग साझेदारीमा ।

उसको व्यापार राम्रैसँग चलिरहेको हुन्छ । साझेदारी व्यापार एउटा कठिन कार्य हो । हरेक साझेदारका आ–आफ्नै सोच हुन्छन् । ती फरक–फरक सोचलाई समेटेर साझेदारी अगाडि बढाउन त्यति सहज हुँदैन । केही समयको अन्तरालपछि बिस्तारै समिरका साझेदारबीच आपसी खटपट शुरू हुन्छ । उसको राम्ररी चलिरहेको व्यापार डामाडोल हुन्छ । साझेदारी व्यापार अब अगाडि बढ्न नसक्ने अवस्थामा पुग्छ । त्यसपछि समिर साझेदारी व्यापारबाट बाहिरिन्छ ।

व्यावसायिक यात्राको पहिलो खुड्किलोमा नै समिरलाई ठूलो झट्का लाग्छ । आफ्नै व्यापार गर्न भनि उसले ती अंकलसँग लिएको पैसा पनि फिर्ता गर्न सकेको हुँदैन । उ हतास अनि निराश हुन पुग्छ । अचानक आफ्नो भविष्य अन्धकार देख्न थाल्छ । जागिर खान उ चाहँदैन । किनभने उसलाई थाहा छ कि उ १०–५ को जागिरमा रमाउने खालको मान्छे नै होइन । तर व्यापार गर्न उसँग अब पैसा हुँदैन । फेरि हात फैलाएर तिनै अंकलसँग नयाँ व्यापार गर्न पैसा माग्न पनि असहज मान्छ । त्यहीँ असमञ्जस एवं असहजबीच उसले निर्णय लिन्छ – अब केही समयका लागि जागिर खाने, त्यसपछि पुनः आफ्नो व्यापार शुरू गर्ने ।

त्यसपछि उ एउटा ठूलो व्यावसायिक संगठनमा आफ्नो चिनजानको व्यक्तिको सिफारिसमार्फत् जागिर खान पुग्छ । त्यहाँ पनि उसले मेहनतका साथ काम गर्छ, अनि छोटो समयमा नै सबैको मन जित्छ । ठूलो संगठनमा कर्मचारी बढी हुन्छन् । अनि बढी कर्मचारी भएको ठाउँमा राजनीति पनि बढी नै चल्ने गर्छ । अर्काको खुट्टा तानेर लडाउने अनि पछार्न खोज्ने खुरापाती कर्मचारी पनि बढी नै हुन्छन् । अर्काको प्रगति भएको देख्न नचाहने नीच कर्मचारी पनि प्रशस्तै हुने गर्छन् ठुला संगठनमा । आफ्नो लक्ष्य एवं सिद्धान्तमा हिँड्ने अनि मेहनत र ईमान्दारिताका साथ काम गर्ने समिरलाई त्यो वातावरणले ठूलो संगठनप्रति वितृष्णा एवं निराशा पैदा गराइदिन्छ ।
इमान्दारितालाई संगठनमा चल्ने राजनीतिले धुमिल बनाएको महसुस गर्छ, त्यसकारण संगठनबाट पनि समिर बाहिरिन्छ । 

फेरि एक पटक समिर अन्यौल अनि दोधारको अवस्थामा पुग्छ ।  हिजोका कठिन एवं संघर्षपुर्ण दिनहरु भन्दा आजको कठिनाइ र संघर्ष ठुलो र गाह्रो भएको महशुस गर्छ किनकि भर्खरै उसको बिबाह भएको हुन्छ । हिजो पो उ एक्लो थियो आज उस्को साथ र भरमा उस्की श्रीमती पनि छिन् जो सँग भर्खरै उस्ले प्रेम बिबाह गरेको 
हुन्छ । यस कठिन परिस्थितिबाट उम्कने उपायबारे उ सोच्न थाल्छ । उस्का मनमा अनेक विचारहरू आउँछन् ।  एकमनले सोच्छ देशका अन्य युवाहरुजस्तै पैसा कमाउन खाडीमुलुक जाउँ अथवा ईपीएस परीक्षा दिएर दक्षिण कोरिया जाउँ ! तर फेरि सोच्छ हैन जति दुःख संघर्ष गर्नु परेपनि आफ्नै स्वदेशी भूमि मै गर्छु । त्यति ठूलो दुःख एवं संघर्षका साथ यहाँसम्म आइपुगेको मान्छे म कसरी विदेश पलायन हुन सक्छु ?
 बरु आफ्नै देशमा फेरि प्रयास गर्छु (किनकी प्रयास अनि संघर्षपछी निश्चय नै एकदिन सफलता हात लाग्छ ।)

तर फेरि आफ्नै केही गर्न उसँग तत्काल पुँजी पनि हुँदैन । साथै विगतमा गरेको ब्यापारबाट नराम्रो झट्का समेत खाएको हुन्छ । त्यसकारण तत्काल उस्ले ब्यापार गर्ने मन गर्दैन । त्यसपछि उस्ले विचार गर्छ – अझै केही समय जागिरै गर्छु, पुँजी, अनुभव र जनसम्पर्क बटुल्छु तत्पश्चात मात्र आफ्नो ब्यापार शुरू गर्छु । 

‘जीवनमा अगाडि त्यही मान्छे मात्र पुग्छ जसले अनेकौं कठिनाइ एवं चुनौतीका बावजुद पनि नयाँ कुरा सिक्ने र जान्ने आँट गर्छ ।’

यसैक्रममा उ एउटा भर्खरै सञ्चालनमा आएको नयाँ संस्थामा जागिरका लागि अन्तर्वार्ता दिन जान्छ ।

अन्तर्वार्ताका क्रममा उस्ले आपÞm्नोकुरा अनि अनुभव नढाँटिकन बताउँछ । उस्को कुरा सुनेर त्यस संस्थाका प्रमुखले भन्छन्, ‘हाम्रो संस्था नयाँ छ यहाँ धेरै काम गर्न बाँकी छ, संस्थालाई स्थापित गराउनु छ । तिमी त धेरै ठाउँमा ठक्कर खाएर अनि असफल भएर आएका छौ तिमी यस संस्थालाई स्थापित गराउने कार्यमा कसरी मद्दत गर्न सक्छौ ?’

ती व्यक्तिको कुरा सुनेर समिरले यस प्रकार जवाफ दिन्छ –

प्रयास नगरी असफलतासँग डराउनु अनि प्रयास गर्दागर्दै पनि सफलता हात नलाग्नुमा निकै नै अन्तर रहेको हुन्छ सर । प्रयास गर्दागर्दै पनि सफल हुन नसकेका मजस्ता मान्छेले विगतमा असफलता मात्र भोगेर आएका हुँदैनौं । विगतका असफलताबाट ज्ञान र अनुभव पनि राम्रैसँग बटुलेर आएका हुन्छौं । आफ्ना गल्ती र कमीकमजोरीसँग राम्ररी परिचित भइसकेका हुन्छौं । जसले आगामी दिनमा हामीलाई सफलता प्राप्तिका लागि मार्ग पहिल्याउन र मार्ग पहिल्याउने क्रममा आउन सक्ने चुनौतीलाई सहज ढंगले पार गर्न अवश्य मद्दत गर्नेछ । 

मेरो विगतको अनुभवले हजुरको संस्थालाई अगाडि बढाउन र स्थापित गराउन अवश्य मद्दत पुग्नेछ । यस संस्थामा म मेहनत, लगन र इमान्दारी साथ काम 
गर्नेछु ।

समिरको जवाफ सुनेर संस्थाका प्रमुख निक्कै प्रभावित हुन्छन् अनि उसलाई त्यस संस्थामा काम गर्ने अवसर दिन्छन् । समिरले आफ्नो स्वभावानुसार संस्थामा पनि मेहनत र लगनका साथ काम गर्न थाल्छ । यसअघिको संस्थाभन्दा आकारमा सानो भएपनि यो संस्था निकै नै फरक हुन्छ ।

संस्थाका प्रमुख एकदमै राम्रो नेतृत्व क्षमता भएका असल व्यक्ति हुन्छन् । कर्मचारीको कामलाई मूल्यांकन गर्ने एवं अझै राम्रो काम गर्न प्रेरित गर्ने खालका हुन्छन् । छोटो समयमा नै समिरले त्यहाँ आफ्नो राम्रो पहिचान स्थापित गर्न सफल हुन्छ । संस्थामा काम गर्दागर्दै उसले अरु थप जिम्मेवारीहरू पनि पाउँदै जान्छ । केही समयको अन्तरालपछि संस्थाले ल्याएको नयाँ प्रोजेक्टमा समिरले प्रोजेक्ट प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी समेत पाउँछ । एवम् रितले समिरले प्रगति गर्दै जान्छ ।

केही वर्ष संस्थामा काम गरिसकेपछि समिरलाई लाग्छ – अब उचित समय आयो आफूले सानैदेखि देखेको सपना र लक्ष्य प्राप्तिको बाटोमा हिँड्ने । त्यसपछि समिरले संस्थाबाट अलग भएर आफ्नै केही शुरू गर्ने मनसाययुक्त राजीनामा पत्र बोकेर त्यस संस्थाका प्रमुख समक्ष जान्छ । समिरको राजिनामा पत्रलाई संस्थाका प्रमुखले अस्वीकृत गर्छन् । सट्टामा बरु त्यही संस्थाको भगिनी संस्थामा पार्टनरशीप प्रस्ताव गर्छन् ।  किनकि उनलाई थाहा हुन्छ, उनको संस्थाले आजको समयमा समिर जत्तिको मेहनती र इमान्दार मान्छे पाउँदैन । समिरले पनि प्रस्ताव सहर्ष स्वीकार गर्छ । किनकि उसलाई त दुवै हातमा लड्डु भनेझैं भएको हुन्छ । एकातिर आफ्नै व्यवसाय अर्काेतिर मार्गदर्शकका रुपमा त्यति असल गुरू पनि पाउने भएको हुन्छ ।

बिस्तारै समिरले थालेको व्यावसायिक उडानले निकै उचाई समात्छ । काठमाडौंमा उसले आफ्नै घर बनाउँछ, गाउँबाट आफ्नो बाआमालाई पनि यतै बोलाउँछ । गाउँका आफ्ना धेरै साथीहरूलाई आफ्नै संस्थामा रोजगारी पनि दिन्छ । समिर नेपालको कहलिएको सफल व्यवसायीमा गनिन पुग्छ । यसप्रकार समिरको सपना, संघर्ष र सफलता प्राप्तिको कथा सही गन्तव्यमा पुगेर टुंगिन्छ ।  

भनिन्छ, ‘अरुले विश्वास गरोस्, नगरोस् तर आफूले देखेको सपनामाथि तपाईलाई शतप्रतिशत विश्वास छ भने त्यो सपना एकदिन अवश्य साकार हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x