फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
जनकपुरधाम – एक समय थियो – जब कल्पना ढकाल सिवाकोटीको घरमै तत्कालीन नेकपा एमालेका शीर्ष नेता आउने गर्थे । काठमाडौंबाट केन्द्रीय नेता महोत्तरीको जलेश्वर आउने कार्यक्रम तय हुँदा उनको घर नपुग्ने नेता नै हुँदैन्थे ।
एमालेका चर्चित नेता मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, विद्यादेवी भण्डारीसहित तत्कालीन एमालेका शीर्ष नेतालाई उनले घरमै खाना पकाएर समेत खुवाएकी थिइन् ।
ईश्वर पोखरेल घरमा आउँदा उनको कपडा फोहोर भएको बेला सफा गरेर आफ्नो श्रीमान्को कपडा लगाउन दिएको स्मरण कल्पनाको मनमा ताजै छ । उनले भनिन्, ‘मदन भण्डारीदेखि विद्या भण्डारीसम्म, मनमोहन अधिकारीदेखि माधव नेपालसम्मलाई खाना पकाएर खुवाएको यही हात हो ।’ तर पछिल्लो दशकमा उनको हालखबर सोध्ने पनि कोही छैन । सबै ‘भीभीआईपी’ नेताले उनलाई चटक्क बिर्सिएका छन् ।
ती दिन र अहिलेका दिनमा आकाश–पातालको फरक आइसकेको बताउँदै उनले भनिन्, ‘ती बितेका दिन सम्झन्छु र अहिलेको बदहाल जिन्दगी हेर्दा विश्वास नै लाग्दैन ।’ जिन्दगीले यतिसम्म कोल्टो फेर्न सक्छ भन्ने कुरा कहिल्यै सपनामा पनि नसोचेको उनले बताइन् ।
संघर्षशील नेतृ
महोत्तरी जलेश्वर नगरपालिका–१ की ५० वर्षीया ढकालको जन्म मकवानपुर जिल्ला भैसेखानी नामटार गाविस–१ खाँडेधारमा भएको हो । उनका बुवा नन्दप्रसाद शिवाकोटी र आमा देवकीप्रसाद सिवाकोटी सामान्य किसान थिए । कल्पना पढाइ सँगसँगै विद्यार्थी राजनीतिमा लागिन् ।
विद्यार्थी राजनीति हुँदै अखिल नेपाल महिला संघमा समेत आवद्ध भएकी उनी पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सहभागी हुन थालिन् । गाउँगाउँ पुगेर संगठन बनाउने काममा लागिन् । २०४३ सालसम्म एमालेमा भूमिगत भएर राजनीति गर्दै बारा, पर्सा, मकवानपुर, चितवन लगायतका जिल्लामा संगठन बनाउने काममा सक्रिय भएको उनले बताइन् ।
पार्टीमा सक्रिय भएर लागेपछि पार्टीले नै पार्टीका एक जना कमरेडसँग उनको बिहे गराइदियो । महोत्तरीको जलेश्वरका बालकृष्ण ढकालसँग उनको बिहे भयो । मकवानपुरको मदन आश्रित स्मृति प्रतिष्ठान नवलपुरस्थित माथि सरस्वतीमा २०४४ मंसिर २५ गते उनको बिहे भएको थियो ।
‘मनमोहन अधिकारी, मदन ढुंगेल, मुकुन्द न्यौपाने, केदार न्यौपाने लगायतले आदर्श र प्रगतिशील बिहे गराउनुभएको थियो,’ कल्पनाले लोकान्तरसँग भनिन्, ‘मनमोहन अधिकारीले हामीलाई आशिर्वाद दिँदै अब दुवै जना पार्टीको सम्पत्ति हो । पार्टीको लागि आन्दोलनमा कम्मर कसेर लाग्नुपर्छ भनेर भनेका थिए ।’
पार्टीले नै बिहे गराउँदा २२ वटा कम्युनिस्ट बाजा समेत बजेका उनले सम्झिइन् । त्यहीँ दिन मुकन्द न्यौपानेकी बहिनी जानकी न्यौपानेको पनि पार्टीले नै बिहे गराएको उनले बताइन् ।
त्यसपछि २०४६ सालको जनआन्दोलन शुरू भयो । कल्पना गर्भवती थिइन् । तैपनि उनले त्यो आन्दोलनमा कमान्डरकै भूमिका निर्वाह गरिन् । उनी बारा जिल्लाको गञ्ज भवानीपुरबाट प्रत्येक दिन ४ सयजति प्रदर्शनकारीको जुलुसको नेतृत्व गर्दै सदरमुकाम कलैया आउने गर्थिन् ।
उनले भनिन्, ‘हामी प्रत्येक दिन आउथ्यौं, सीडीओ कार्यालय, एसपी कार्यालय घेराउ गर्थ्यौं र फर्किन्थ्यौं ।’ त्यही आन्दोलनको क्रममा उनले छोरालाई जन्म दिइन् ।
आन्दोलनमा लागेका कारण प्रहरीले उनको नाममा वारेन्ट जारी गरेकाले अस्पतालमा गोप्य रुपमा बच्चा जन्माएकी थिइन् । उनले भनिन्, ‘अस्पतालमा मैले जन्माएको बच्चा पनि लावारिस छोडेर लुक्नुपर्थ्यो । अस्पतालमा एक जना चिनेको नर्सका कारण अलि सजिलो भएको थियो ।’ निर्दलविरुद्ध बहुदलको संघर्ष चलिरहेकै कारण छोरा जन्मिएपछि उनको नाम पनि पार्टीले नै ‘प्रतिरोध’ राखिदियो ।
श्रीमान्को जनसेवा
पछि उनी ससुराली महोत्तरीको जलेश्वर आइन् । श्रीमान् त्यसैपनि पूर्णकालीन राजनीतिमा लागेका थिए । उनी आंशिक राजनीतिकर्मी भएर काम गर्दै रहिन् । २०५४ सालको स्थानीय निकायको चुनावमा श्रीमान् जलेश्वर नगरपालिकामा मेयर पदमा चुनाव पनि जिते । त्यसअघि उनी वडाध्यक्ष भएर स्थानीय निकायमा काम गरिसकेका थिए । मेयर भएपछि उनले थुप्रै विकास निर्माणका काम पनि गरे ।
कल्पनाका अनुसार उनका पतिले जलेश्वरमा थुप्रै विकास गरे । ‘सडक बनाउनुभयो, गरीब विपन्नको घरमा शौचालय बनाउन लगाउनुभयो, बरुण सर पोखरीको घेराउ गर्नुभयो, पग्ला बाबा धर्मशाला निर्माण गर्नुभयो । संसारी माईको मन्दिर बनाउनुभयो, तरकारी बजारमा खरन्जा लगाउनुभयो, शहरमा भेपर लाइट लगाउनुभयो,’ कल्पनाले सम्झिइन् ।
यसबीच कल्पनाका अन्य सन्तान पनि जन्मिए । प्रतिरोध जन्मिनुअघि नै छोरी प्रतिमा जन्मिएकी थिइन् । पछि छोरा अनुरोध पनि जन्मिए । श्रीमान–श्रीमती दुवैले राजनीतिमै बढी ध्यान दिएका कारण छोरा प्रतिरोध र अनुरोधलाई राम्रो तरिकाले पालनपोषण गर्न सकेनन् । सन्तानका लागि समय नै दिन नसकेका कारण छोराहरूको पढाइलेखाइ त्यति राम्रो तरिकाले हुन नसकेको उनले बताइन् ।
श्रीमान्को निधनपछि फेरियो अवस्था
२०६९ सालमा एमालेको राष्ट्रिय सम्मेलन जनकपुरमा आयोजना गरिएको थियो । सम्मेलनको पहिलो दिन दुवै जना सहभागी भएका थिए । त्यसपछि कल्पना जलेश्वर फर्किइन् । दोस्रो दिन बालकृष्णको निधन भयो । घर आउनुअघि उनले रक्सी सेवन गरेका थिए । त्यसैमा कसैले उनलाई विष खुवाएर मारेको हुनसक्ने उनको आशंका अहिलेसम्म हटेको छैन ।
श्रीमान पार्टीमा महोत्तरीको जिल्ला कमिटीको सदस्य हुनुका साथै विद्यार्थीको राष्ट्रिय अध्यक्ष समेत भएका कारण देशैभर उनको लोकप्रियता थियो । २०६९ असार २३ गते श्रीमानको निधन हुँदा कल्पना लोकसेवा आयोगको जनकपुरको परीक्षामा गार्ड थिइन् ।
श्रीमानको निधन भएपछि पार्टीले झण्डा ओढाएर सम्मान गरेको थियो । ‘अब कल्पना र उसको सन्तानको जिम्मेवारी पार्टीको हो, अब सारा जिम्मेवारी पार्टीले उठाउँछ भनेर त्यतिबेला आश्वासन दिइएको थियो । तर अहिलेसम्म कोही पनि हेर्न आएनन्,’ उनले गुनासो गरिन् ।
राजनीतिमै हुँदा उनको परिवारले पैतृक सम्पत्तिबाट ३ बिघा खेत बेचेका थिए । ‘२ छोरा, १ छोरी र सासुलाई पालनपोषणमा निकै दुख झेल्नुपर्यो,’ उनले भनिन्, ‘ज्याला मजदुरी गर्नेदेखि लिएर विभिन्न कामहरु गरें । बचत तथा ऋण सहकारी संस्थामा पैसा संकलन गर्ने काम गरेर परिवारको गुजारा चलाएकी छु ।’
गुजारा चलाउन अन्य काम गरेपनि निरन्तर पार्टीमा लागिरहेको उनले बताइन् । ‘त्यत्रो मधेश आन्दोलन भयो, धेरैले जलेश्वर छोडेर गए । तर म डटेर बसिरहें । किनभने मलाई यो मधेशी समाजले पनि धेरै माया गरेको छ,’ उनले भनिन् ।
स्थानीय तहको चुनावमा उनले उपमेयरमा टिकट मागेकी थिइन् । तर पहाडी समुदायको भएकाले टिकट नदिइएको उनले बताइन् । ‘अहिले पनि दाबाका साथ भन्दैछु, मलाई टिकट दिएको भए म जित्ने थिएँ,’ उनले भनिन् ।
‘छोरीको बिहे गराइसकेकी छु, छोराहरू पनि जागिर खाँदैछन्, त्यसैले अब मेरो दायित्व भनेको सासुको स्याहारसुसार मात्र हो, त्यति गर्न सकेकी छु,’ उनले भनिन्, ‘सम्पत्तिको नाउँमा फुसको घरबाहेक केही पनि छैन । आन्दोलनमा मेरो श्रीमानलाई पाखुरामा गोली पनि लागेको थियो । पटक–पटक जेल पनि बस्नुभयो । तर पार्टीले हामीलाई सम्झन सकेको छैन ।’
हाल उनी नेकपाको महोत्तरी जिल्ला कमिटी सदस्य छिन् । तर स्पष्ट जिम्मेवारी पाएकी छैनन् । लामो राजनीतिक यात्रामा थुप्रै संघर्ष गर्दा पनि जिम्मेवारी नपाउँदा उनी खिन्न हुने गरेकी छन् । तर अझै पार्टीमै संघर्ष गर्ने उनको इच्छा छ ।
‘मलाई अवसर नदिएकोमा खासै चिन्ता छैन । एउटा रुखमा फलेको फलहरूमध्ये कोही कुहिन्छ, कोही मिठो हुन्छ, कोही अमिलो, गुलियो । त्यस्तै मलाई एमालेको सन्तान भएर बस्नुमा पनि गर्व भएको छ । पार्टीप्रति मेरो आस्था रहिरहने छ,’ उनले भनिन्, ‘सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थप्रति समर्पित हुनुस् भनेर मात्र भन्न चाहन्छु ।’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...