माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
विराटनगर – विक्रम संवत् २०२७ सालमा विराटनगरमा जन्मिएका किरण गिरी २०४५ सालदेखि फुटबल खेल क्षेत्रमा लागे । त्यसअघि नै उनी विद्यालय पढ्दादेखि नै फुटबलमा रम्न मन पराउँथे ।
उनी साथीहरूसँग मिलेर फुटबल खेल्न खाली जमिन भएको ठाउँमा पुगिहाल्थे । २०४५ सालदेखि नियमित खेलमा लागेका उनी १ वर्षपछि २०४६ सालदेखि रेफ्रीको रुपमा काम गर्न थालेका हुन् । उनले २०४८ सालमा राष्ट्रिय रेफ्रीको मान्यता पाए ।
फुटबलमा लाग्नुभन्दा उनले स्केटिङलाई आफ्नो खेलकुदको आधार मान्थे । पछि उनले स्केटिङलाई छाडेर कराँते खेल्न शुरू गरे । स्केटिङलाई उनले अरुको अगाडि लाजले छाडेको बताए ।
गुडाउनको लागि ठाउँ नहुने, कि विमानस्थल जानुपर्ने कि मुख्य राजमार्गमा नै जानुपर्ने माध्यताले गर्दा स्केटिङ छाडेको उनले बताए । शुरूमा रमाइलोको लागि स्केटिङमा लागेका उनी सेल्फ डिफेन्सको रुपमा कराँते खेलमा लागेका सुनाउँछन् ।
१ वर्षमा कसरी रेफ्री भए ?
रेफ्री हुनको लागि खेल्नुपर्छ भन्ने हैन नियम जान्दा हुने उनले बताए । आत्मविश्वास बोकेर रेफ्रीमा लागेको सुनाउँदै उनले त्यसका लागि कन्फिडेन्स हुनुपर्ने उनले बताए ।
‘रेफ्री हुनको लागि लामो समयसम्म खेल खेल्नुपर्छ भन्ने हैन । मैले पनि खेल्दै गर्दा केही नियम जाने,’ उनले भने, ‘अनुशासन, फिजिकल फिटनेस, आत्मविश्वासले मलाई रेफ्री हुन उर्जा थप्यो ।’
उनले फुटबल खेल्दै गरेको बेलामा विराटनगरकै पोखरीयामा फुलवल प्रतियोगिता भएको थियो । रेफ्री गर्ने कोही पनि थिएनन् । अलिअलि जानेकाहरू खोज्दै जाँदा किरणको नाम आयो । रेफ्रीको रुपमा काम गराउन सक्ने कोही नहुँदा सन्तोष बानियाँले उनलाई रेफ्री गर्नको लागि प्रतियोगिताको मैदानमा छिराए । कहिल्यै पनि रेफ्रीको काम नगरेका उनलाई मैदानमा छिरेपछि कतिबेला प्रतियोगिता सकाएर निस्कने भन्ने तनाव भयो । तर मैदानमा छिरेपछि प्रतियोगिताभित्र भएका फल, हेन्ड, गोल, आउट सबै लिएर खेल खेलाउन सफल भएपछि बाहिरबाट पनि प्रशंसा भयो । त्यसपछि रेफ्री गराउन सक्ने आत्मविश्वास आएको उनले बताए ।
‘बाहिरबाट मेरो तारिफ भयो, मलाई अन्य प्रतियोगिताहरूमा पनि पठाउन थालियो । त्यसैले थप हौसला बढ्यो,’ उनी भन्छन्, ‘त्यसलाई निरन्तरता दिँदै जाँदा म रेफ्रीको रुपमा परिचित भएँ ।’
हारजितको फैसला गर्न पाइने भएकाले रमाइलोको रुपमा रेफ्री गर्न थालेका गिरी जब नियममा बलिया भए, उनको रेफ्री गर्ने शैलीलाई सबैले रुचाए । शुरूमा मनोरञ्जनको रुपमा लिइएको फुटबल रेफ्रीको काम पछि पेशाको रुपमा स्थापित भएको उनको ठम्याइ छ ।
गिरी भन्छन्, ‘कराँतेले नै मलाई फुटबलको रेफ्री बनायो, गुण्डा टाइपका मान्छे, अरुसँग भिड्न सक्ने, निडर खालका व्यक्तिलाई मात्र त्यो बेला रेफ्रीको रुपमा हेरिन्थ्यो । कराँतेले गर्दा मलाई सबैकुरा सिकाएको थियो ।’ जसले गर्दा रेफ्रीको रुपमा काम गराउन सजिलो भएको उनले बताए ।
‘मसँगै कराँते खेलेका साथीहरू कोही पनि खेलकुदमा छैनन् । सबै आफ्ना पेशा र व्यवसायमा छन् । यदि म रेफ्रीमा गएको थिइनँ भने म खेल क्षेत्रमा नै हुन्न थिएँ होला,’ गिरीले भने ।
२२ वर्षमा राष्ट्रिय रेफ्री
धरानमा फुटबल रेफ्रीहरूको तालिम र काठमाडौंमा भएको अर्को तालिमकै आधारमा उनलाई राष्ट्रिय रेफ्रीको रुपमा मान्यता दिइएको हो । काम गर्दै, सुधार हुँदै, खेलका नियमलाई कडाइ गर्दै जाने क्रममा २०४८ सालमा राष्ट्रिय रेफ्रीको मान्यता पाएपछि उनले रेफ्रीलाई पेशाकै रुपमा अँगाले ।
सन् १९९७ मा फिफाको असिस्टेन्ट रेफ्रीको रुपमा एन्फामा काम गर्ने अवसर प्राप्त गरेको उनले बताए । लामो समयसम्म एन्फामा रहेर काम गरेका गिरीले २०६९ सालसम्म नियमित एन्फाको रेफ्रीको रुपमा काम गरे । फुटबल खेलेको मान्छे मात्र रेफ्री हुन्छ भन्ने व्यवस्था आफ्नो पालादेखि हटेको र नयाँ युवा रेफ्रीको रुपमा आएको उनले बताए ।
२०६९ सालसम्म रेफ्रीको रुपमा काम गरेका गिरीले ४३ वर्षको उमेरमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएपछि एन्फाको रेफ्रीबाट राजीनामा दिए ।
२२ देशको अनुभव
नेपाली फुटबलको विकाससँगै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धेरै फरक रहेको भएपनि नेपालले धेरै फड्को मारिसकेको उनले बताए । २२ देशमा फुटबलको रेफ्री गराउन सफल भएको बताउने उनले अन्तर्राष्ट्रिय स्तरमा रेफ्रीको रुपमा प्रतियोगिता गराउँदा निकै नै रमाइलो हुने बताए ।
पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका किरणले रेफ्रीमा धेरै राम्रो पैसा कमाएको बताए । ‘रेफ्रीबाट नै मेरो जीवन स्टाइलमा परिवर्तन आएको हो,’ गिरीले भने, ‘रेफ्रीमा पैसा छैन हैन, मेहनत र लगनशील भयो भने पैसा खोज्न जानु पर्दैन, आफैं खोज्दै आउँछ ।’ उनले १ खेलको ७५ रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म लिएको बताए ।
गाउँका क्लबलाई शुरूका दिनमा ७५ रुपैयाँ लिएर खेल खेलाएको भएपनि वर्ल्डकपको दोस्रो क्वालिफाइड राउन्डमा खेल खेलाउन जाँदा ५ सय डलर प्राप्त भएको बताए । ‘फुटबल रेफ्रीमा पैसा छैन भन्ने कुरै हैन,’ उनले भने, ‘ईमान्दार भयो भने धेरै पैसा कमाउन सकिन्छ ।’
झोलामुनि बुट !
२०४६ सालदेखि ५२ सालसम्म खेलकुदको क्षेत्र धरासायी भएको थियो । त्यो बेला खेलकुद अस्तव्यस्त अवस्थामा थियो । खेलाडी पाउन पनि गाह्रो, पाएका खेलाडीलाई टिकाइराख्ने समस्या थियो । उनी पनि त्यहीँ बीचमा खेलाडीसँगै निस्किएका रेफ्री हुन् ।
उनलाई घर परिवारले फुटबलमा कुनै पनि हालतमा लाग्न दिँदैन्थे । उनी आदर्श माध्यमिक विद्यालयमा पढ्दा फुटबलको बुट लुकाएर झोलामा हालेर विद्यालय जान्थे । अनि विद्यालय गएको बेलामै फुटबल खेल्ने दाउ बनाउँथे । ‘साँझ घर फर्कियो, त्यो बुट जोगाउने चिन्ता हुन्थ्यो । बुबा आमाले थाहा पाउने डरले घरमा भेटिने झोला तथा बोराले जुत्ता लुकाउने गर्थें,’ उनले भने, ‘अहिले फुटबल खेलेर भविष्य बनाउँछु भन्ने दिन आएका छन् ।’
उनका अनुसार रेफ्री भनेको धन्यवादरहित जागिर हो । त्यसैले जतिसुकै राम्रो खेलाएपनि हारेकाले कहिल्यै राम्रो गरिस् नभन्ने उनले बताए । ‘१ जना रेफ्रीले मैदानभित्र रहेका बिसौं हजार दर्शकका आँखालाई कन्फिडेन्स दिलाउन सक्नु भनेको त ठूलो कुरा हो नि !’ उनी भन्छन्, ‘हाम्रा २ आँखाले खेलाएको प्रतियोगितालाई बाहिरका बिसौं हजारले हेरिरहेका हुन्छन् । तर पनि उनीहरूलाई विश्वस्त पार्न खेलका नियम इमान्दारीपूर्वक खेलाउन सक्नुपर्छ ।’ खेल इमान्दारिता साथ खेलाउन सक्यो भने त्यो जतिको आनन्द केहीमा नआउने उनले बताए ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...