कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पोखरा- पोखरा सञ्चालन हुने भाडाका सवारी साधनहरुमा ई–टिकेटिङ सिस्टम लागू हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा पोखरामा सञ्चालित बस व्यवसायी समिति र काठमाडौँको एनक्लाउड कम्पनीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
तृपक्षीय सम्झौता अनुसार नयाँ वर्षको शुरूदेखि नै पोखरा क्षेत्रमा सञ्चालन हुने सबै बसहरुमा स्मार्ट कार्डमार्फत भाडा तिर्न मिल्ने गरी व्यवस्थापन थालिएको हो । प्रविधि शुरू भएपछि व्यवसायीले प्रत्येक यात्रुलाई विशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् ।
यात्रुलाई उपलब्ध कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराएपछि यात्रुको भाडाबापतको रकम कार्डबाट सिधैं बैंकमा ट्रान्सफर हुनेछ ।
शुरूमा यात्रुले कार्डलाई १ सय ५० रुपैयाँ तिरेर खरिद गर्नु पर्ने छ । खरिद गरेको कार्डमा एकपटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । ‘बसवालासँग १ सय ५० रुपैयाँ तिरेर कार्ड लिएपछि त्यस कार्डमा एकपटकमा १ हजार सम्म पैसा राख्न मिल्छ,’ उनले भने, ‘प्रत्येक पटक गाडी चढ्दा तोकिएअनुसारको पैसा त्यही कार्डबाट काट्छ । पैसा बोक्ने र खुद्धा पैसाको टेन्सन भएन ।’
मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्न कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले सर्भिस वापतको रकम लिनेछ।
सरकार र व्यवसायीको अगुवाइमा देश भर यही प्रणाली लागू गर्न सक्ने हो भने निकै प्रभावकारी हुने कम्पनीका सिईओ श्रेष्ठले बताए । ‘यो यात्रुसँग कार्ड मात्र बोक्ने प्रणाली निकै प्रभावकारी माध्यम हो । हामी त्यसका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा करिब १ हजार गाडीहरुमा सिस्टम जडान गरेर कार्ड वितरण गर्छौं । आवश्यकता अनुसार यसलाई बिस्तार गर्दै लग्ने छौ ।’
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले यो सिस्टम लागू भएपछि यात्रुहरु घरैपिच्छे झर्ने र बस चढ्ने परिपाटीको अन्त्य हुने बताए । यस प्रणाली लागू भएपछि निश्चित स्टेसन कायम हुने उनले बताए । ‘अहिले घरको ढोका-ढोकामा बस रोकिन्छन् । भाडामा ठगिएको गुनासो पनि दिनहुँ सुन्नुपरेको छ,’ प्रमुख जिसीले भने, ‘प्रविधिको जडानपछि निश्चित स्टेसन राखिनेछन् । तोकिएको भन्दा बढी भाडा बुझाउनु पर्दैन । ठग्ने र ठगिने प्रथाको अन्त्य हुन्छ ।’
प्रमुख जिसीले पोखराको ट्राफिक व्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए । उनका अनुसार पोखरामा चल्ने गाडीहरुको स्तरवृद्धिमा पनि महानगरले जोड दिएको छ । ‘कालो धुवाँ फ्याँक्ने र प्रदुषण बढाउने गाडीलाई रोक्ने पक्षमा महानगर लागेको छ,’ उनले भने, 'पोखरालाई स्मार्ट सिटी बनाउन व्यवसायीसँग समन्वय गरेर अगाडी बढ्न महानगर तयार छ ।’
पहिलो चरणमा पोखरामा रहेका पृथ्वी बस समिति सहित पोखरा बस ब्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, स्थानीय श्रृंगा यातायात, पोखरा फेवा यातायात प्रालि, विन्ध्यवासिनी बस ब्यवसायी समिति र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टम लागु गर्ने छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...