×

NMB BANK
NIC ASIA

विप्लव र प्रकाण्ड सुरक्षा निकायको पहुँचभित्र, काठमाडौंमा बर्डफ्लु

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरूको पहुँचभित्र नै रहेको दावी गरेको छ । हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

Muktinath Bank

केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ । सो पार्टीका प्रवक्ता समेत रहेका विश्वकर्मा अहिले दाङमा रहेकाले उनको गतिविधिलाई समेत निगरानी गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

कांग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ ।

Vianet communication
Laxmi Bank

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ– विधेयकको मस्यौदाले सेना परिचालन गर्ने संवैधानिक व्यवस्थाको उल्लङ्घन गरेको छ, प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक हो । “मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो तर कुनै निश्चित विषयलाई कारणका रूपमा अघि सारेर राज्यले नै संविधानको प्रष्ट प्रावधान, मर्म र भावनाको बर्खिलाफ हुने गरी विधेयक प्रस्ताव गर्नु अत्यन्तै गम्भीर विषय हो”, विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंमा बर्डफ्लु 
काठमाडौंको तारकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिए ।

उनका अनुसार गत वर्ष पनि त्यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए । बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह
विभिन्न राजनीतिक दलका नेताले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गरी अवरुद्ध संसद् खुलाउन आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरूले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइतबार संसद् अवरुद्ध गरेपछि नेपाली काङ्गे्रस र राजपाका नेताहरूले पत्रकारसँग कुरा गर्दै सरकारले जतिसक्दो चाँडो प्रतिवेदन सार्वजनिक गरी संसद् खुलाउनुपर्ने माग गरे ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार आफैँले बनाएको आयोगले तयार गरेर प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यसलाई सार्वजनिक गर्नुको सट्टा मधेश आन्दोलनबारे जनतालाई अन्धकारमा राख्ने काम गरेको भन्दै आपत्ति जनाए । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले भने, “प्रतिवेदन सरकारले अविलम्ब सार्वजनिक गरिसक्नुपर्ने थियो, तर सरकारको चाहना संसद्को धेरै सामना गर्न नपरोस् र यस्तै अवरोध आइराखोस् भन्ने छ, नभए सदन खोल्नका लागि पनि र प्रतिवेदन सार्वजनिक गर्नका लागि पनि गम्भीर बन्नुपर्ने थियो ।” नेपाल कम्युनिट पार्टी (नेकपा) का नेता देव गुरुङले राजपाले राखेका मागप्रति सरकारले गम्भीरतापूर्वक सोचिरहेको बताए ।

पारवहन वार्ता नयाँदिल्लीमा
नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक भारतको राजधानी नयाँदिल्लीमा हुँदैछ । यही चैत ४ र ५ गते हुने सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ (एलओई) को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा र गुजरातको ढाम्रा बन्दरगाह सञ्चालन र जलमार्गबारे छलफल हुनेछ ।
 
बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजु नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सहसचिवका साथै कोलाकाताका लागि नेपालका महावाणिज्यदूत, नयाँदिल्लीस्थित नेपाली दूतावासका सहसचिव रहेका छन् । 

युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह
नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँगको त्यस्तो अनुरोध गरेका हुन् । 

मन्त्री ज्ञवालीले नेपालको भ्रमणमा रहेकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला पाम्पाओलिनीसँग परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालले नागरिक उड्डयन सुरक्षाका कुनै पनि विषयमा सम्झौता नगरेको र त्यसप्रति अति संवेदनशील रहेको बताए । नेपालको विकासको भरपर्दो साझेदार युरोपेली सङ्घलाई कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा लगानी गर्न सङ्घका सदस्य देशका लगानीकर्तालाई आह्वान गर्दै मन्त्री ज्ञवालीले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा अधिकाधिक युरोपेली उद्यमी–व्यवसायीलाई सहभागिताका निम्ति अभिप्रेरित गर्न आग्रह गरे ।

एक दिवसीय वरियतामा नेपाल यथावत्
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महिनापछि नेपाल १५औँ स्थानमा रहेको थियो ।

नेपाल गत महिनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो ।
 
यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  ।     आइसिसीले प्रत्येक महीना ती देशहरूले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्नेगर्दछ ।

साफ महिला फुटबलमा भारत विजयी
पाँचौँ साफ महिला फुटबलअन्तर्गत हिजो भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलङ्काबीच सेमिफाइनल खेल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x