मंसिर ४, २०८०
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
दिल बहादुर थापा
मुग्लानी भएको पनि धेरै वर्ष भैएछ् क्या हो।
बाध्यताको ताइफुले जीवनका सपनाहरुलाई
बेजोडले उडाउन खोज्दानी
आशाको मधुसमा राखेर बचाएको पनि धेरै वर्ष भैएछ क्या हो ।
यो परदेशको भूमिमा सेती नदीझै
भित्रभित्रै हराएको पनि धेरै वर्ष भैएछ क्या हो ।
सानो छदा धूलो माटोमा घर बनाई खेल्दा
त्यो तेरो घर
यो मेरो घर
भन्दै खेलेको सम्झेए छ क्या हो ।
मेरो भाईले
बेला बेलामा बोल्न मन लागेर फोन गर्दानी सोध्छ ।
नेपाल कैले आउने हो ?
पासपोट बनाउन जांदा काठमाडौंमा भेटेको
भेडाच्याँङ्ग्रासंग हिमाली विश्वविद्यालयमा
खुला शिक्षा पढेका भोटे भाई
लोक आयोगको म्याराथुनमा
भाग लिइरहने जनईधारी भाई
नश्लराजधानीले आफ्नो नागरिक नसम्झने मधेशी भाई।
ब्रिटिश आर्मी र इन्डियन आर्मी हुने मनोभुतले
बिहान चार बजेबाटै गाउँका गोरेटोहरुलाई उठाउने मगर भाई
हाम्रो पासपोट जन्मेको मिती एउटै हो है।
हामी हिजोआज परदेश छौं ।
आफ्नो देशबाट धेरै टाढा ।
अनि अलग अलग ।
यी सबै भाईहरुसंग मेरो भातृत्वको साइनो छ।
त्यसैले म बेला बेलामा
भाइहरुलाई फेसबुकबाट सम्झन्छु ।
मदिराका चुस्कीसँगै
भाईहरुले सोधी हाल्छन् ।
नेपाल कैले जाने हो ?
सहरमा कलेज पढ्दा ।
किताबका शब्दभन्दा पनि
विद्यार्थी संगठनका सङख्या गन्ने हामी ।
प्रशासनको विरोधमा आफैँ पढ्ने कलेजको
झ्यालका सिसामा ढुङ्गा हान्ने हामी ।
कयौं रात त राजनीतिको कुरा गरेरै बिताथ्यौ हामी।
सकिन लाको ग्याँसको सिलिन्डर हेदै ।
कुहिएको काउली तरकारीको सुगन्ध लिदै ।
समयले मलाई परदेश हुट्टाएको छ।
मेरो साथी नेपालतिरै छ ।
कैले मार्क्सवादको शब्द गन्न खोज्छ ।
कैले पुँजीवादको शब्द गन्न खोज्छ ।
ठूलो भैसीको बथानमा अल्मलिएको बाख्राजस्तै ।
वादको धुलोमा अल्मलिएको छ।
तर पनि मेरो साथीले
हरेक वर्ष
मेरो जन्म दिनमा सम्झन्छ।
जन्म दिनको शुभकामनासँगै
वर्षको एक दिन सोधी रहन्छ।
नेपाल कैले आउने हो ?
प्रियसी सपनाको भन्दा पनि यादको ठूलो हुदो रहेछ भारी।
प्रियसी मायाँको भन्दा पनि प्रर्खाइको ठूलो हुदो रहेछ भारी ।
यो दुई हरफको वाक्याशमा
मैले हाम्रो माया पोखाउन खोजको होइन ।
रक्सी पारेर फालेको माटहरुजस्तै ।
न त आंशुसंगै बगाएको छु।
न त वैशंका यौवन बेच्ने मन्दिरमा चढाएको छु।
आफ्नो जीवनबुटी सम्झी मुटुमा राखेको छु।
त्यसैले मेरो आयुहरु लम्बिएजस्तो लाग्छ।
म सात समुन्द्र टाढा भए पनि
तिम्रो बोलीको हावा मसम्म आएजस्तो लाग्छ ।
हर प्रहर ।
तिमीले पनि त पठाउँछौ ।
उल्लिखित शब्दलाई संगीत भरेर ।
गीतमै सोधि रहन्छौँ
नेपाल कैले आउने हो भनेर ?
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...