×

NMB BANK
NIC ASIA

घाइतेलाई आफन्तको चिन्ता

वीरगञ्ज पुर्‍याइएको घाइते छोराको चिन्तामा कलैया अस्पतालमा तड्पिँदै बुवा

चैत १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बारा – पर्शुराम पासवान कलैया उपमहानगरपालिका वडा नम्बर १२ स्थित धर्मनगरमा किराना पसल सञ्चालन गरेर बस्थे ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार पनि उनको दिनचर्या पहिलेजस्तै थियो । बेलुका पसल बन्द गरेर दिनभरिको व्यस्ततालाई बिसाउने तयारी हुँदैथियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्कासि जोडले हावा चल्यो । फूसको घर हावाले उडायो । उनको टाउकोमा पनि केही चीज आएर बज्रियो । सँगै रहेका छोरा सचन पासवान पनि घाइते भए ।


Advertisment
Nabil box
Kumari

हावाहुरी त पहिले पनि चल्थ्यो, तर आइतवारको हावाहुरी पहिले भन्दा विनाशकारी भएर निस्कियो ।

Vianet communication
Laxmi Bank

पर्शुराम अहिले जिल्ला अस्पताल कलैयामा उपचाररत छन् । आफैं अस्पतालको बेडमा रहेका उनलाई आफ्नो भन्दा चिन्ता छोराको छ ।

उनलाई प्रहरीले उद्धार गरी कलैया अस्पताल ल्यायो । छोरालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पुर्‍याइएको छ ।

पर्शुराम छोराको अवस्था थाहा नपाएर चिन्तित छन् । आफ्नो भन्दा चिन्ता उनलाई छोराको छ ।

बाराकै फेटा गाउँपालिका भरबलियाका पर्मा कुर्मी पनि कलैया अस्पतालमा उपचाररत छन् । उनको परिवारका अन्य सदस्यहरू समेत घाइते भएका छन् ।

उनी कलैयामा छन्, आफन्तहरूलाई वीरगञ्ज र काठमाडौं पुर्‍याइएको छ । आफ्नो चोट त छँदैछ, त्यो भन्दा बढी चिन्ता उनलाई आफन्तको छ ।

घाइते हुनेमा भारतीय नागरिकहरू पनि छन् । त्यसमध्ये एक हुन्, मोतिहारी बकुलियाका विश्वनाथ पटेल । उनी धर्मनगरमै इँटा भट्टामा काम गर्थे ।

हावाहुरीसँगै खसेको असिनाले टाउकोमा चोट लागेको छ, भाग्न खोज्दा खुट्टा पनि भाँचिएको छ ।

‍बेड नपुग्दा भुइँमै राखेर उपचार !

करीब साढे ३ सय जनाको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको छ ।

बेड नपुगेपछि भुइँमा राखेर समेत उपचार भइरहेको देख्न सकिन्छ ।

अधिकांशको टाउको र हातखुट्टामा चोट रहेको अस्पतालको आकस्मिक कक्षमा कार्यरत अहेव नवलकिशोर पण्डितले बताए ।

अर्का अहेव मनोजकुमार यादवले पनि टाउकोमा चोट लागेकाहरूमा रिंगाटा लाग्ने, बेहोस हुन्, बान्ता हुनेजस्ता समस्या पनि देखिएको बताए ।

निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. त्रिभुवन झा, ७ जना मेडिकल अधिकृत, ५ अहेव र ५ जना स्टाफ नर्स उपचारमा खटिएका छन् ।

मृतकमध्ये १८ जनाको शव अस्पतालमै राखिएको छ ।

हेर्नुहोस्, घाइतेहरूको तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x