चीनको एक किन्डरगार्टेनमा शिक्षिकाले २३ बच्चालाई दिइन् विष

काठमाडौं – चीनको हेनान प्रान्तमा एक किन्डरगार्टेन शिक्षिकालाई २३ जना बालबालिकाको खानामा नाइट्राइट हालेर विषालु बनाएको आरोपमा पक्राउ गरिएको मंगलवार प्रकाशित मिडिया रिपोर्टमा उल्लिखित छ । 

यो घटना मार्च २७ मा भएको हो । जियाओजुओ शहरको मेङमेङ किन्डरगार्टनमा घटना भएको स्थानीय सार्वजनिक सुरक्षा विभागले जनाएको छ । 


Advertisement

बालबालिका अचानक बिरामी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । वाङ नामक शिक्षिकाले बालबालिकाको पोरिजमा नाइट्राइट हालेको पाइएको सरकारी समाचार संस्था शिन्ह्वाले जनायो । 

एक बच्चाको उपचार चलिरहेको छ भने अन्य सात अझै अस्पतालमा छन्, अधिकारीहरूले जनाए । अन्य १५ बालबालिकालाई घर पठाइएको छ । 


Advertisement

आरोपित शिक्षिकालाई हिरासतमा लिइएको छ र थप अनुसन्धान जारी छ । 

सोडियम नाइट्राइट प्रशोधित मासु र माछामा प्रयोग हुन्छ र यसको अत्यधिक मात्रा पशुपंछी र मानिसका लागि विषालु हुन्छ । 

एजेन्सी

कमेन्ट गर्नुहोस्