ठगी आरोपमा पक्राउ परेका सुधीर बस्नेत रिहा

काठमाडौं –ठगी आरोपमा पक्राउ परेका व्यवसायी सुधीर बस्नेत रिहा भएका छन् । 
सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेत सोमबार रिहा भएका हुन् । 


बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । 


Advertisement

बस्नेत गत चैत २० गते पक्राउ परेका थिए भने सहकारीको करोडौं रुपैयाँ ठगी गरेको अभियोग उनीमाथि छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्