भदौ ५, २०७८
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
एउटा अजङ्गको बरको भ्रुणबाट उम्रिएको
ढुङ्यानी भूमिमा जरा फैलाउँदै
पहराको डिलमा हुर्किँदै गरेको
एउटा अपार सम्भावना बोकेको बर
एक दिन उखेलियो
मालीले उसका जराहरू काटेर, हाँगाहरू छाँटेर
एउटा सानो गमलामा रोपिदियो उसलाई।।
खान्कीहरू कटाएर, पानी पनि घटाएर
साथीभाइ छुटाएर, जमिनबाट हटाएर
सानो संसारको सीमि घेरामा
बाँधिदियो उसलाई
विचरा बर ! बोनसाइ बनाइदियो
प्रदर्शनीहरूमा घुमाइयो, दर्शकहरू माझ डुलाइयो
आफ्नो क्षमतामा गौरवान्वित हुँदै रमाइयो।।
एउटा अजङ्गको बर बोनसाइ बन्यो
न साथीभाइ, न बन्धुबान्धव
सानो गमलाको घेराभित्र रमाउन बाध्य भयो ऊ
न जरा फैलाउन जमिन भेट्यो
न हाँगा फैलाउन मलजल भेट्यो
पानीको चुस्किमा ज्यान बचाएर
जीवन काट्न बाध्य भयो।।
बिस्तारै अभ्यस्त भयो होला
अनि बरबाट बोनसाइ बनेपछि
जराको गहिराइ, हाँगाको फैलाइ भुल्यो होला
बोनसाइको उमेरसंगै माली रमाउँदै थियो
उसको काम घट्दै थियो तर दाम बढ्दै थियो
बरलाई बोनसाइ बनाउन सकेकोमा
आफ्नो ख्यातिबाट ऊ मदमस्त थियो ।।
बिस्तारै गमलाहरू फेरिए
ठाउँहरू फेरिए
खुला आकाशमुनि रमाउने बर
कसैको बैठकको सोभा बन्यो
उसको सीमिततामा धेरैले प्रसंशा बटुले
ऊ बेचिँदै गयो, काटिँदै गयो र छाँटिदै गयो
जति सीमित बन्यो, त्यति नै ठाँटिदै गयो।।
अब त बढ्न पनि बिर्सिसक्यो
आफना जराहरू तिर्खा मेट्न सीमित पारेर
सिंगारिएको बैठकको कुनाबाट
पल्याकपुलुक हेर्दै
रमाउन थालेको छ ऊ
नाम फेरियो, काम फेरियो
हजारौं यात्रीहरूलाई शीतलता दिने बर बोनसाइ बन्यो ।।
हिजो कार्यालयबाट फिर्दै थिएँ, अचानक एउटा शब्दले तरङ्गित बनायो । 'बोनसाइ' अजङ्गको ठूलो हुन सक्ने रुखका सन्तानहरूलाई सानो गमलाको सीमित घेरामा कज्याउने एउटा विधि । यो शब्दलाई एउटा विम्बको रूपमा प्रयोग गरेर मैले मेरो वरिपरि म आफैँ, मेरो परिवार, समाज र देशलाई नियाली हेरेँ । अचम्म ! जताततै 'बोनसाइ' प्रविधिको प्रयोग देखेँ । यसको चपेटामा मेरो परिवार, समाज, देश परिरहेको रहेछ ।
माली, मदारीहरू (स्वदेशी/विदेशी) हरेक मानिसलाई, हरेक समाज र देशलाई बोनसाइ बनाउन लागेका रहेछन् । शब्दहरू फुर्दै गए र मैले मोबाइलको किबोर्ड प्रयोग गरेर लेख्दै गएँ । एउटा कविता तयार भयो अनि पोष्ट गरेँ ।
समाजका विभिन्न वर्गका व्यक्तिहरूबाट प्रतिक्रिया प्राप्त भए । मैले देखेको कथा अरू धेरैले आ–आफना वरिपरि देखेको कथा जस्तै रहेछ । आखिर हामी सबै हाम्रो समाज र देश अपार सम्भावनाको भ्रुण बोकेर 'बोनसाइ' बनेका वा बनाइएकाहरू रहेछौं ।
'बोनसाइ' बनिने र बनाइने वास्तविकता हाम्रो समाजको कथा रहेको थाहा पाएपछि यसलाई केलाउन मन लाग्यो । 'बोनसाइ' बनाउनका लागि पहिलो प्रयोग बिरुवालाई उसको परिवार समाजबाट छुटाएर एक्लो बनाइन्छ, बन्जर जमिनमा रोपेर पानीको भरमा बाच्न सिकाइन्छ । जराहरू र हाँगाहरू काटिन्छ, छाँटिन्छ र कुपोषित बाम पुड्को बनाइन्छ ।
उसलाई उसको परिवार, समाज, माटोबाट अलग्याएर निसहाय पारी एक्लै बाच्न बाध्य बनाइन्छ र उसको नियती त्यही हो भनेर सिकाइन्छ । बिस्तारै हाँगाहरू नुहाइन्छ, बटारिन्छ र सानो घेरामा सीमित पारिन्छ । अनि उसको उमेर मात्र बढाइन्छ, जरा, काण्ड, हाँगाबिंगा सबै नियमित काँटछाँट गरेर सानो आकारमा सीमित बनाइन्छ अनि डुलाइन्छ, प्रर्दशित गराइन्छ, बेचिन्छ या सजाइन्छ ।
यस्तै नियतिमा सीमित भएका वा सीमित बनाइएकाहरूको विम्ब हो 'बोनसाइ'। आफ्नो भ्रुणमा अजङ्गको फैलावट धारण गरेका बरहरू, पिपलहरू अभिसप्त छन 'बोनसाइ' जीवन बाँच्नका लागि । कोही 'बोनसाइ' बनाइएका छन्, कोही आफैँ भएका छन् ।
'आफ्नो परिवार समाजबाट अलग्गिएर भेडाको बथानमा हुर्किरहेको बाघको डमरुजस्तै' आफ्नो क्षमता र सम्भावनाबाट बेखबर बनेर भेडाको जीवन बाँचिरहेको छ, हाम्रो समाज । उसलाई ऊभित्र निदाएर रहेको बाघको अस्तित्व जगाउन पनि अरू धेरै बाघहरू गर्जिनुपर्छ अगाडि । यसरी नै निदाउन बाध्य बनेको वा बनाइएको छैन र हाम्रो समाज ? आफ्नो क्षणिक स्वार्थ पूर्तिका लागि धेरै बाघहरू भेडा बनेका र बरपिपलहरू 'बोनसाइ' बनेका छैनन् र हाम्रै वरिपरि ? के हामी अभिसप्त छौं त यसरी बाच्नका लागि ? हाम्रा पुर्खाहरूले बाँचेको गौरवपूर्ण र समृद्ध जीवन के हाम्रा लागि सम्भव छैन त ? एकपटक गहिरिएर सोचौं ।
'बोनसाइ' बनाउनेहरू र भेडा चराउनेहरू सबै युगमा थिए, छन् र रहनेछन् । तर रूपान्तरण सम्भव छ । 'बोनसाइ' बनाइएकाहरूले आफ्नो निजी स्वार्थको घेरा तोड्ने हिम्मत गरे भने उनीहरूले फेरि आफ्नो जरा फैलाउन सक्छन्, आफ्नो जमिन भेटाउन सक्छन् अनि आफ्नो जमिन, समाजसँग जोडिएपछि उनीहरूका हाँगाबिँगा सबै फैलिन थाल्छन् अनि उनीहरू फेरि बरपिपल बनेर धेरैको आश्रय स्थल बन्न सक्छन्, अरू धेरैको छाहारी बन्न सक्छन् ।
'बोनसाइ' बनेकाहरू आफ्नो परिवार समाजबाट अलग्गिएर भेडाको बथानमा हुर्किरहेको बाघको डमरुजस्तै हुन् । उनीहरू जाग्नुपर्छ, बाघलाई आफ्नो अगाडि गर्जिरहेको देखेर भेडाको बथानमा भेडा बनेर रमाइरहेका बाघको डमरु जागेजस्तै । यी दुवै अवस्थामा जाग्नुपर्ने चैँ आ-आफू नै हो ।
जरा फैलाउनका लागि आफ्नो माटो, आफ्नो समाज र आफ्नो देशसंग जेडिनैपर्छ र अरूसँग जोडिन आफ्नो साँघुरो स्वार्थको घेराबाट बाहिर आउनैपर्छ, त्यसैले नयाँ बिरुवा रोप्दा पुरानो बोटको फेदको माटो नयाँ–बिरुवा रोप्ने ठाँउमा मिसाइन्छ ।
'बोनसाइ' धेरै किसिमका छन् । मानसिक 'बोनसाइ' सबैभन्दा खतरनाक हुन्छ, शायद । 'मेरो क्षमता कसैको जी-हजुरी गर्न र कसैको ढोका चाहार्नमै छ, त्यो बाहिर मेरो संसार छैन' भन्ने मानसिकताले गुलामी जन्माउँछ र स्वाभिमान स्खलित गर्छ । यस्ता समाजहरू केही मदारीहरूले सधैँभरी आफ्नो इसारामा चलाउँछन् ।
अर्को 'बोनसाइ' पनि मानसिक नै हो । म सीमित घेराबन्दीमै बाँच्नका लागि जन्मिएको हुँ, ठूलो समाज मेरो लागि होइन भन्ने मानसिकतामा सीमित भएकाहरू आफैँभित्र सीमित हुन्छन् र आफूभित्रै गुम्सिएर जीवन जिउँछन् ।
यिनीहरूले जरा, हाँगाबिँगा फैलाउने चेस्टा नै गर्दैनन्, फैलनु मेरा लागि हानीकारक छ भन्ने सम्झिएर समाज परिवर्तनका अभियानहरूमा निस्क्रिय रहेर समय कटाउँछन् । कोही मानसिकरूपमै कमजोर हुन्छन् र जीवनमा आएका एकदुई असफलता वा कठिनाइबाट अतालिएर अर्को प्रयास नै गर्दैनन् ।
मेरो क्षमता केमा छ भन्ने खोजी पनि गर्दैनन् र धेरैजसो परिस्थिति वा अरूलाई दोष दिएर चित्त बुझाउँछन् । अरू धेरै जातीय 'बोनसाइ'हरू, पदिय 'बोनसाइ'हरू, शक्तिका लागि मरिहत्ते गर्नेहरू शक्ति क्षिण भएपछि बन्ने 'बोनसाइ'हरू हाम्रो समाजमा भेटिन्छन् ।
यसरी कोही 'बोनसाइ' बनाइन्छन् र कोही निजी स्वार्थका कारण आफैँ बनिन्छन् । आफैँ बनिएकाहरू बनाइएका भन्दा परिवार, समाज र देशका लागि खतरनाक हुन्छन् ।
यसरी 'बोनसाइ' नै 'बोनसाइ'हरूले भरिएको छ हाम्रो समाज, देश । 'बोनसाइ' बनाइएकाहरूलाई चेतनाको ज्योतिले जगाउन सकिएला 'बाघको गर्जाइबाट भेडाको बथानमा रमाइरहेका डमरु जागेजस्तै' । अर्को 'बोनसाइ' घटाउने बाटो विभेदरहीत समाजको रूपान्तरण नै हो । यो क्रमिक रूपमा हुँदै जाने कुरा हो । यसको गति बढाउन सकिन्छ, तर एकैपटक हुँदैन ।
'बोनसाइ' व्यवस्थापनमा सबैभन्दा शक्तिशाली रूपान्तरणको पाटो भनेको आर्थिक रूपान्तरण नै हो त्यसपछि बल्ल सामाजिक । त्यसैले जबसम्म आर्थिक रूपले समाज सबल हुँदैन त्यो बेलासम्म अरू सामाजिक रूपान्तरणहरू हात्तीको देखाउने दाँतजस्तो मात्र हुन्छ, जसले चपाउँदैन तर शरीरलाई भार मात्र हुन्छ ।
आर्थिक अभावले जुनसुकै जात, वर्ग, समुदायको मानिस होस ऊ हरेक अवसरमा 'बोनसाइ' बनिरहेको हुन्छ । समाजका हरेक रितिथितिमा, चाडपर्वमा ऊ लुक्न बाध्य हुन्छ र बिस्तारै मानसिकरूपमा 'बोनसाइ' बनेर एउटा सीमित घेरामा बस्न बाध्य हुन्छ ।
यो परिस्थिति मानिस, समााजबाट अगाडि बढेर देशको मामलामा पनि त्यही हो । आथिक रूपमा निर्बल देश सधैँ अरूबाट परिचालित हुन्छ या भनौं एउटा 'बोनसाइ' देशमा सीमित हुन्छ । त्यसैले 'मबाट हामीमा' परिवर्तन हुन सिकौं 'मेरोबाट हाम्रोमा' रूपान्तरण हुन थालौँ अनि बल्ल हामीले 'बोनसाइ' बन्ने बनिने परिस्थितिबाट मुक्ति पाउन सक्छौं र 'बोनसाइ'लाई बरपिपलको विशालतामा परिवर्तन गर्न सक्छौं ।
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...